हामी यहाँ छौ

हाम्रो साथमा

Wednesday, October 13, 2010

PostHeaderIcon अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको तर्फबाट बडा दशैं र तिहारको साहित्यिक सुभकामना !!

"देश विदेशमा छरिएर रहनु भएका अथवा पुर्व मेची ,देखी पश्चिम महाकाली, हिमाल, पहाड ,तराइसम्म रहनु भएका हाम्रा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी ,आमाबुवाहरुमा तथा यस कुवैत नगरीमा पेशारत तथा विश्व भरिका सम्पूर्ण आदरणीय नेपाली जनहरुलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको तर्फबाट यस महान पर्व श्री बिजया दशमीको शुभ-अवसरमा सुस्वास्थ्य,दिर्घायु, शान्ति, समृद्दी एबम प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ! "


"दशैको बेला आयो आउ एउटा हिसाब गरौ सबैलाई फाईदा हुने हामी एउटा निसाब गरौ। मित्रतामा शक्ती हुन्छ, जोडौ सबै मित्रुहरु बैरभाब छोडौ अब घटाऊ सबै शत्रुहरु। सबै हामी बराबरी अबसर लाई भाग लगाऔ गुणा गरौ सम्बृदीलाई गरिबीलाई दुर भगाऔ। आशिष थाप मान्यजन्को तिम्रो शक्ती जोडीनेछ जस्ले तिम्रो रिस गर्छ उस्को शेखी तोडिनेछ। फरक यहाँ कोही छैन हामी सबै एकै थरी फुल धेरै माला एउटै हामी सधैं भरी। मान,बुद्धि,धर्म,बिबेक,ज्ञानको होस् फलीफाप रोग्,ब्यदि,दुख ,कष्ट हटुन सबै महापाप । चम्क तिमी सुर्य जस्तै ,फुल तिमी सधैंभरी नाम जस्तो काम तिम्रो,बास्ना आओस वरिपरी दशैं आओस खुशी ल्यओस तिम्रो घरभरी ईष्टमित्र जम्मा हुन सधैं यसै गरी।"


"शान्ती होस्,सफल होस् तिम्रो मनकामना सुख तिम्रो झोलिभरी, यही हाम्रो सुभकामना "

अध्यक्ष राजन रिमाल "अभिलाषी"
सचिव मनोज काफ्ले "मनसुन" तथा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टर, परिवार
Saturday, October 9, 2010

PostHeaderIcon कथाकार मधुवन पौडेलको कृती समिक्षा



- राजन रिमाल कुवैत



कृती समिक्षा कथाकार मधुवन पौडेलको आफ्नै अतित दोहोरिए जस्तो भित्रको अन्तर्दाह


हप्ता दिन लगाएर कथाकार मधुवन पौडेलको आफ्नै अतित दोहोरिए जस्तो पुस्तक पढि सके पछि यस कथा संगालो बारे केहि नलेखी मनै मानेन । स्वदेश होस् या विदेश, मान्छेलाई अपुग समयले दौर्डाई रहेको हुन्छ हतारमा । भनौं वर्षा याममा निस्केका छिटिमिराहरु खान हतार भएको भ्यागुतालाई जस्तै भएको छ हाम्रो वर्तमान । शायद यही सान्दर्भिक समयसंग मेल खाने दोभान हो यो कथा संगालो । समय यति अगाडि बढिसकेको छ कि लामा लामा कथा पढ्ने समय र कथाका पात्रहरुको संबादलाई केलाउने समय नभए पनि साँघुरो समयको ग्यापमा ठिक्क मिल्ने १५ वटा कथाहरुले कथा संगालोले गलामा सून्दर माला उनेको छ । ठूल-ठूला सपनाको महल र राजनीतिको डिङ हाँक्ने पात्र पात्राहरुको उपस्थिति गरिएको छैन । कथाका पात्र पात्राहरु वास्तविक धरातलमा उभिएर आ-आफ्नो दुःख सुःख बोलेका छन् । भन्नुको अर्थ तपाई हामी जस्तै वर्तमान भोगेर बाँच्ने पात्र पात्राहरुले कथाको मञ्चमा आफ्नो भूमिका जिवन्त निर्वाह गरेका छन् ।




तर कथा यति मिहिन सन्दर्भिक र सन्देश मुलक छ कि कतै न कतै पाठकहरुको मन छोई रहेको हुन्छ । उखान-टुक्का, जीवन्त संवाद, भाषा, शैली र विचारको तालमेल मिलाएर कलात्मक ढंगको प्रस्तुतिले यो संग्रह साँच्चीकै उत्कृष्ट कथा संग्रहको रुपमा प्रस्तुत हुन सकेको छ । कथा संग्रह भित्र देशको राजनीतिक विश्लेषण भनौ वेरोजगारिले गाडेको जरो उखेल्नका लागि गाँउनै शुन्य बनाएर बिदेशिएका युवा पिडिहरुको कथालाई सिलपकारले जस्तै कथाकारले शब्द द्वारा बुनेका छन भने विस्तारवादले कोपरेको जर्जर देश, विवशताको पराकाष्ठा, गरिबीका दर्दनाक चित्रण, समाजको बन्धनमा चिमोटिएको महिला स्वाभिमान भनौ या गरिबिले आफ्नै सन्तानलाई पैसा सँग साट्नु पर्ने आमा बाबुको विबशता, आधुनिक युगको बिहानीमा प्रदेश लाग्नु पर्ने बाध्यता जस्ता वर्तमानको ऐना बनेको छ सँगालो । यस सँगालोमा आफ्नै अरु प्रकाशित कथा सँग्रह बाट लिईएका १५ बटा कथाहरुको माला तयार गरिएको छ । कथाकारले हाम्रो जिवनको यथार्थमा आधारित घटनाहरुलाई सँगालेर सरल र स्थानिय लोक शब्दहरुको प्रयोग गरेका छन । यसैले गर्दा यो कथा सँगालो जिवन्त भएको महशुश हुन्छ ।पुस्तकको आवारणमै लेखिएको छ कथा सँगालो यसले यो कुरा थाहा हुन्छ कि अन्त कतैबाट संकलन गरिएको भन्ने कुरा तर यी कथाहरु २०४१ सालमा प्रकाशित बाँच्नुको विबशता २०४९ मा प्रकाशित नलिनी भाउज्यू २०५० मा म र मेरो परिवेश २०५३ मा चपाएको दन्त्य कथा २०५८ मा प्रकाशित अवतरण र अरु कथाहरु बाट लिईएका हुन ।



कथाकारले संङक्रमणकालमा लधालिङ्ग र भताभुङ्ग भएको सान्तनुराजको परिवारको उदाहरण दिदै हाम्रो समाजमा कसैले पनि नचाहादा नचाहादै पनि संङ्क्रमणकाल दोहोरि रहेको कुरा जनाएका छन यो कुरा हामिले आजको हाम्रो नेपाललाई पनि लिन सक्छौ र मानव समाजमा घट्ने घटना हो भन्न सकिन्छ । श्यामलाल नाउमा ठुला भनिने जातिहरुले साना भनिएका जातिहरुलाई शोषण गरेको कुरा स्पष्टदेखिएको छ । शुन्यसमय मा हाम्रैजिवन पद्दतिमा सिर्जना हुने बाध्यात्मक अबस्था र विबशतामा जकडिएको सामाजिक ब्यथालाई म भन्ने पात्र बाट मञ्चन गरिएको छ । निरिह भएर बाँच्नु पर्दामा अगाध माया र प्रेम हुदाँ हुदै पनि आफु जिउदो लाँश भएर बाँच्नु पर्दाको मानशिक पिडा भनौ या आत्मकथा लाई उध्दृत गरिएको छ । ज्यानमारमा संम्रान्त बर्गले गरिब माथि गरिने ब्यबहार र यौन पिपासुहरुले महिला माथि लगाउने गिध्दे नजर लाई कथाकारले कथाको माध्यम बाट प्रश्तुत गरेका छन । नलिनि भाउज्यूमा यौनवादि पात्र म को उपस्थिति गराई मनोविश्लेषणात्मक बनाईएको छ । यौनवादि पात्रले भाडामा बस्ने र बसाउनेका आत्म बिश्लेषण जस्तको तस्तै गरेको पाईन्छ ।कथा पुरानो भएपनि पाठकलाईपुरा खुराक दिईएको छ ।समय भन्दाबलवान अरु केहि छैन, मानव जिवनमा घट्ने घटना र परिघटनालाई जस्तो सुकै परिबन्धमा परे पनि स्विकार्नु पर्छ भन्ने सन्देश दिएको छ । भिड भाषण र खुल्ला मञ्चमा नेपाली राजनितिमा घुमाउरो पाराले व्याङ्य गरिएको छ, जुन २०४६ सालको जनआन्दोलन को सन्दर्भमा लेखिएको छ । लाहुरेको दशैं मा गरिबिमा बाँचेका नेपालीहरुको दशैं जस्तो चाडमा पनि चुलो चिसै रहेको कुरा लाई चित्रण गरिएको छ । त समरबहादुरको बहादुरिमा बिर गोर्खालिहरुको कथालाई समर बहादुर पात्रको उपस्थिति गराई खान्दानि लाहुरेको चरित्र चित्रण गरिएको छ । जन्मभूमि देखि टाढा पुगि फोक्ल्याण्डको टापुमा पुगेर जिवन लिला समाप्त पार्ने बहादुर सिपाहिको कथा कथाकारले राम्ररी उनेका छन ।



प्रत्यावर्तनमा पाश्चात्य जिवनशैलिले शिरिषको मनमा परेको खुलदुलिलाई सरल भाषामा प्रस्तुत गरेका छन भने आफ्नै अतित दिहोरिए जस्तोमा मानव मनका कोमल भावना र सामाजिक संम्बन्धको कुरा देखाईएको छ । वास्तविकताको जगमा उभिएर कथाहरुको यात्रा उकाली ओराली गरेको छ । कथाकार जहाँ जहाँ पुग्छन त्यहाँ कथाको जन्म भएको छ । चाहे युरोपेलि देशहरु हुन या एशियाकादेशहरु कथाकार पौडेलले जहाँ बसेर लेख्छन केहिन केहि त्यहाँको जिवन शैलि सग पनि आफ्ना भावनाहरु साटेको कथामा स्पष्ट देख्न पाईन्छ चाहे भारत बसाईको क्रमहोस या क्यानाडाको हिउ सँग खेलेको मौका होस फक्ल्याण्डटापुको सेताम्मै हिउँमा अथवा वाल्यकालमा बितेका खेतका कुलोमा, गरा, पाखा पखेराका भनौ या वातावरण र समयले मान्छेको जीवन डोर्‍याए झैं त्यहींको वास्तविकतालाई बुझेर आफ्नो कथाका पात्र पात्राहरुलाई आफ्नो भूमिका निर्बाह गर्न लगाएका छन् । बीच बीचमा बीपीका कथामा यौनवादी कथा जस्तै प्रेम र यौनका रङहरु मिसाइएको छ, सान्दर्भिक र प्राकृतिकरुपले । जसरी हाम्रो सृष्टिक्रमको निरन्तरतालाई छाडा भन्न सक्दैनौं त्यसरिनै यसलाई हामि स्विकार्नुपर्ने हुन्छ ।



यो कथाकारको कथा बुन्ने सुन्दर कलात्मक र सटिक प्रस्तुति हो । उनले समस्त पाठकहरुले बुझने गाउँ घरमा प्रयोग हुने धेरै झर्रो नेपाली शब्दहरुलाई कथा भित्र संग्रह गरेका छन् । उनको सबै कथाहरु पढि सक्दा जीवन साँच्ची कति धेरै रङले रंगिएको हुँदो रहेछ भन्ने जस्ता तरङ्गहरु मनमा आउछन, समस्तमा नेपाली माटो र नेपाली मनको यर्थाथ चित्र नै आफ्नै अतित दोहोरिए जस्तो लाग्छ को सक्कली अनुहार हो । यस संगालोको अन्तर्दाहहरुलाई बुझन सकियो भने हाम्रो वर्तमानको ऐना आफ्नै अगाडी र्छलङ्ग देखिन्छ ।

PostHeaderIcon तिमीसंगको त्यो पहिलो रात

- गजल


ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन

रातो लाली मेरो ओठमा सरेको भुल्या छैन



झरना सरी झरेको केश, मुहारबाट हटाएर

चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन



तिमी नौलो म नी नौलो, हामी थ्यौ नौलो

नयाँ तरङ्ग नयाँ बास्ना छरेको भुल्या छैन



साह्रै थ्यौ तिर्खाएका, हामी दुई एक प्यासी

मेटाई तिर्खा टन्न आत् भरेको भुल्या छैन



अनौठो थ्यो त्यो अनुभब्, हामी छक्क थ्यौ

स्वर्गकै आभास् भई दंग परेको भुल्या छैन



तिम्रो मस्ती मेरो मस्ती,खै के के भो मस्ती

भोलीपल्ट सर्माई लाजले मरेको भुल्या छैन



आँखा आँखा जुधेर मैले के के ईशारा दिदाँ

ओठ टोकी लजाई आँखा तरेको भुल्या छैन




- भीमराज पाराङ
Friday, October 1, 2010

PostHeaderIcon वेदना - राजु थापा "व्यथा"

वेदना


तिर्खा लाग्यो पानी खान पंधेरिमा गा'छु
ऋण लाग्यो धन कमाउन कुवेतमा आ'छु
कस्तो काम थाहा छैन कुवैतीको घर जानु
हिजो देखि खा'को छैन दुखि सक्यो गानु


अफिसले भन्यो मलाई बाबा संग जानु अब
खबुज़ बाहेक केहि छैन लौ न के पो खानु
बल्ल आज कान्छो छोरो दुइ वर्षको भयो
पल्लाघरे स्यानी च्यापी श्रीमान मुग्लान गयो


झ्याल धोका बन्द गरि साहु बाहिर गयो
आधी काम सक्या छैन आधा रात भयो
कोठा सफा साला सफा भाँडा पनि धुन्छु
आफ्नै भाग्य सम्झी सम्झी राती भरि रुन्छु



राजु थापा "व्यथा" / कुवैत