हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
अझै पिडा देऊ मलाई....! राजेन्द्र शर्मा "राजन" कुवैत
विछोडको पीडाले छाती चर्केको बेला नुनचुक बनेर आउनु
म चिच्चाई रहनेछु पिडामा तिमि डिस्को पार्टी धाउनु
अतितको यादले जलेको बेला तिमि आगो बनेर आउनु
गोठालेको निधनमा अनेसास कुबेतद्रारा समवेदना व्यक्त
कंक्रिड कविता - मेरी प्रिय प्यारी संगिनी
bhs_grg@yahoo.com
मेरी प्रिय प्यारी संगिनी
जब मेरो मृत्यु हुन्छ भने
मेरो मृत्युमा तिमी धुरु धुरु नरुनु
मेरो मृत शरिर
तिम्रो सामु तेर्सिएको हुन्छ भने
अलाप बिलाप बेदनामा नबहनु ॥
श्रष्टा परिचय
मेरो कलम राजन रिमाल
Add caption |
उसको मुख खोल्दै मैले प्रश्न गरे
किन ?
कलमले भन्यो
म स्वतन्त्र भएर बाँच्न चाहान्छु ।
कस्तो स्वतन्त्रता ?
मैले फेरी सोधे
तर
नारि - बालक गुरुङ
नारि तिमी कुनै खेलौना होईनौ नबस दराज भित्र सजिएर
कौशीमा फुल्ने सयपत्रि मात्र होईनौ फुलि देउ गुलाव पनि भएर
नारि नबस विलाशिताको सजावट सरि सिमित कसैको अंङ¨ भएर
शब्दहिन् प्राणी होईनौ तिमी बस्नु पर्दैन बन्धित प्राणी भएर ॥
नारि तिमी पिजंडा भित्रको मैना होईनौ
नबस पंखेटाहरु कुंजाएर
नारि अब तिमी रुढिबाद समाजकी छोरी होईनौ
बस्नु पर्दैन डर त्रास र पावन्दि सहेर
तिमी कुनै ब्यक्तिको अंग होईनौ
बढ्न सक्छौ अघि हेपाहा मान्छेहरुको अहंकारलाई कुल्चेर ॥
महाकविको साहित्य संझनामा -- केदार नाथ खरेल
ज्ञानको ज्योति फैलाउन सहयोगी बन्ने
मित्र नै हो शिक्षा हाम्रो बाटो पहिल्याई दिने
त्यो वृक्ष हो साहित्य फाँट राम्रो फल दिने ।।
(१)
प्रसिद्धी पाएका छौ साहित्य फाँटमा तिमीले
त्यही पथमा लाग्नु पर्छ टेवा दिन हामीले सबैले
सामुन्द्रिक छाल झैं ज्ञानका ज्योति थल्कि रहेछ आज
तिमी साथ नभएपनि ढुक-ढुकीमा गरेका छौ राज ।।
(२)
दर्पण झैं सामने छन, आज दिएका उपहार तिमीले
अमृत झैं रसास्वादन गर्न पाई राख्या छौं हामीले,
देशका कुना काप्चामा जब फैलायौ ज्ञान तिमीले
बल्ल खुल्यो ढोका शिक्षाको पढ्न पायौं आज हामीले ।।
(३)
कोही पनि भूल्ने छैनौं हामीहरु तिम्रा ज्ञानका पारखी
टाढा किन हुन खोज्छौं र हामीहरु साहित्यका सारथि,
चलाउने छौं संघर्ष गर्न विस्तार सँधै साहित्य पथको
सबै मिली हाँकौ आजै देखि साहित्यीक यात्रा रथको ।।
१०१ औ देवकोटा जयन्तिमा अनेसास कुबेतमा वाचन गरेको कविता
कुबेतमा कविता प्रतियोगिता सम्पन्न
कुबेतमा बिशिष्ठ साहित्यकारहरुको स्वर्णिम जमघट
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको तर्फबाट बडा दशैं र तिहारको साहित्यिक सुभकामना !!
"शान्ती होस्,सफल होस् तिम्रो मनकामना सुख तिम्रो झोलिभरी, यही हाम्रो सुभकामना "
अध्यक्ष राजन रिमाल "अभिलाषी"
सचिव मनोज काफ्ले "मनसुन" तथा
कथाकार मधुवन पौडेलको कृती समिक्षा
- राजन रिमाल कुवैत
कृती समिक्षा कथाकार मधुवन पौडेलको आफ्नै अतित दोहोरिए जस्तो भित्रको अन्तर्दाह
हप्ता दिन लगाएर कथाकार मधुवन पौडेलको आफ्नै अतित दोहोरिए जस्तो पुस्तक पढि सके पछि यस कथा संगालो बारे केहि नलेखी मनै मानेन । स्वदेश होस् या विदेश, मान्छेलाई अपुग समयले दौर्डाई रहेको हुन्छ हतारमा । भनौं वर्षा याममा निस्केका छिटिमिराहरु खान हतार भएको भ्यागुतालाई जस्तै भएको छ हाम्रो वर्तमान । शायद यही सान्दर्भिक समयसंग मेल खाने दोभान हो यो कथा संगालो । समय यति अगाडि बढिसकेको छ कि लामा लामा कथा पढ्ने समय र कथाका पात्रहरुको संबादलाई केलाउने समय नभए पनि साँघुरो समयको ग्यापमा ठिक्क मिल्ने १५ वटा कथाहरुले कथा संगालोले गलामा सून्दर माला उनेको छ । ठूल-ठूला सपनाको महल र राजनीतिको डिङ हाँक्ने पात्र पात्राहरुको उपस्थिति गरिएको छैन । कथाका पात्र पात्राहरु वास्तविक धरातलमा उभिएर आ-आफ्नो दुःख सुःख बोलेका छन् । भन्नुको अर्थ तपाई हामी जस्तै वर्तमान भोगेर बाँच्ने पात्र पात्राहरुले कथाको मञ्चमा आफ्नो भूमिका जिवन्त निर्वाह गरेका छन् ।
तर कथा यति मिहिन सन्दर्भिक र सन्देश मुलक छ कि कतै न कतै पाठकहरुको मन छोई रहेको हुन्छ । उखान-टुक्का, जीवन्त संवाद, भाषा, शैली र विचारको तालमेल मिलाएर कलात्मक ढंगको प्रस्तुतिले यो संग्रह साँच्चीकै उत्कृष्ट कथा संग्रहको रुपमा प्रस्तुत हुन सकेको छ । कथा संग्रह भित्र देशको राजनीतिक विश्लेषण भनौ वेरोजगारिले गाडेको जरो उखेल्नका लागि गाँउनै शुन्य बनाएर बिदेशिएका युवा पिडिहरुको कथालाई सिलपकारले जस्तै कथाकारले शब्द द्वारा बुनेका छन भने विस्तारवादले कोपरेको जर्जर देश, विवशताको पराकाष्ठा, गरिबीका दर्दनाक चित्रण, समाजको बन्धनमा चिमोटिएको महिला स्वाभिमान भनौ या गरिबिले आफ्नै सन्तानलाई पैसा सँग साट्नु पर्ने आमा बाबुको विबशता, आधुनिक युगको बिहानीमा प्रदेश लाग्नु पर्ने बाध्यता जस्ता वर्तमानको ऐना बनेको छ सँगालो । यस सँगालोमा आफ्नै अरु प्रकाशित कथा सँग्रह बाट लिईएका १५ बटा कथाहरुको माला तयार गरिएको छ । कथाकारले हाम्रो जिवनको यथार्थमा आधारित घटनाहरुलाई सँगालेर सरल र स्थानिय लोक शब्दहरुको प्रयोग गरेका छन । यसैले गर्दा यो कथा सँगालो जिवन्त भएको महशुश हुन्छ ।पुस्तकको आवारणमै लेखिएको छ कथा सँगालो यसले यो कुरा थाहा हुन्छ कि अन्त कतैबाट संकलन गरिएको भन्ने कुरा तर यी कथाहरु २०४१ सालमा प्रकाशित बाँच्नुको विबशता २०४९ मा प्रकाशित नलिनी भाउज्यू २०५० मा म र मेरो परिवेश २०५३ मा चपाएको दन्त्य कथा २०५८ मा प्रकाशित अवतरण र अरु कथाहरु बाट लिईएका हुन ।
कथाकारले संङक्रमणकालमा लधालिङ्ग र भताभुङ्ग भएको सान्तनुराजको परिवारको उदाहरण दिदै हाम्रो समाजमा कसैले पनि नचाहादा नचाहादै पनि संङ्क्रमणकाल दोहोरि रहेको कुरा जनाएका छन यो कुरा हामिले आजको हाम्रो नेपाललाई पनि लिन सक्छौ र मानव समाजमा घट्ने घटना हो भन्न सकिन्छ । श्यामलाल नाउमा ठुला भनिने जातिहरुले साना भनिएका जातिहरुलाई शोषण गरेको कुरा स्पष्टदेखिएको छ । शुन्यसमय मा हाम्रैजिवन पद्दतिमा सिर्जना हुने बाध्यात्मक अबस्था र विबशतामा जकडिएको सामाजिक ब्यथालाई म भन्ने पात्र बाट मञ्चन गरिएको छ । निरिह भएर बाँच्नु पर्दामा अगाध माया र प्रेम हुदाँ हुदै पनि आफु जिउदो लाँश भएर बाँच्नु पर्दाको मानशिक पिडा भनौ या आत्मकथा लाई उध्दृत गरिएको छ । ज्यानमारमा संम्रान्त बर्गले गरिब माथि गरिने ब्यबहार र यौन पिपासुहरुले महिला माथि लगाउने गिध्दे नजर लाई कथाकारले कथाको माध्यम बाट प्रश्तुत गरेका छन । नलिनि भाउज्यूमा यौनवादि पात्र म को उपस्थिति गराई मनोविश्लेषणात्मक बनाईएको छ । यौनवादि पात्रले भाडामा बस्ने र बसाउनेका आत्म बिश्लेषण जस्तको तस्तै गरेको पाईन्छ ।कथा पुरानो भएपनि पाठकलाईपुरा खुराक दिईएको छ ।समय भन्दाबलवान अरु केहि छैन, मानव जिवनमा घट्ने घटना र परिघटनालाई जस्तो सुकै परिबन्धमा परे पनि स्विकार्नु पर्छ भन्ने सन्देश दिएको छ । भिड भाषण र खुल्ला मञ्चमा नेपाली राजनितिमा घुमाउरो पाराले व्याङ्य गरिएको छ, जुन २०४६ सालको जनआन्दोलन को सन्दर्भमा लेखिएको छ । लाहुरेको दशैं मा गरिबिमा बाँचेका नेपालीहरुको दशैं जस्तो चाडमा पनि चुलो चिसै रहेको कुरा लाई चित्रण गरिएको छ । त समरबहादुरको बहादुरिमा बिर गोर्खालिहरुको कथालाई समर बहादुर पात्रको उपस्थिति गराई खान्दानि लाहुरेको चरित्र चित्रण गरिएको छ । जन्मभूमि देखि टाढा पुगि फोक्ल्याण्डको टापुमा पुगेर जिवन लिला समाप्त पार्ने बहादुर सिपाहिको कथा कथाकारले राम्ररी उनेका छन ।
प्रत्यावर्तनमा पाश्चात्य जिवनशैलिले शिरिषको मनमा परेको खुलदुलिलाई सरल भाषामा प्रस्तुत गरेका छन भने आफ्नै अतित दिहोरिए जस्तोमा मानव मनका कोमल भावना र सामाजिक संम्बन्धको कुरा देखाईएको छ । वास्तविकताको जगमा उभिएर कथाहरुको यात्रा उकाली ओराली गरेको छ । कथाकार जहाँ जहाँ पुग्छन त्यहाँ कथाको जन्म भएको छ । चाहे युरोपेलि देशहरु हुन या एशियाकादेशहरु कथाकार पौडेलले जहाँ बसेर लेख्छन केहिन केहि त्यहाँको जिवन शैलि सग पनि आफ्ना भावनाहरु साटेको कथामा स्पष्ट देख्न पाईन्छ चाहे भारत बसाईको क्रमहोस या क्यानाडाको हिउ सँग खेलेको मौका होस फक्ल्याण्डटापुको सेताम्मै हिउँमा अथवा वाल्यकालमा बितेका खेतका कुलोमा, गरा, पाखा पखेराका भनौ या वातावरण र समयले मान्छेको जीवन डोर्याए झैं त्यहींको वास्तविकतालाई बुझेर आफ्नो कथाका पात्र पात्राहरुलाई आफ्नो भूमिका निर्बाह गर्न लगाएका छन् । बीच बीचमा बीपीका कथामा यौनवादी कथा जस्तै प्रेम र यौनका रङहरु मिसाइएको छ, सान्दर्भिक र प्राकृतिकरुपले । जसरी हाम्रो सृष्टिक्रमको निरन्तरतालाई छाडा भन्न सक्दैनौं त्यसरिनै यसलाई हामि स्विकार्नुपर्ने हुन्छ ।
यो कथाकारको कथा बुन्ने सुन्दर कलात्मक र सटिक प्रस्तुति हो । उनले समस्त पाठकहरुले बुझने गाउँ घरमा प्रयोग हुने धेरै झर्रो नेपाली शब्दहरुलाई कथा भित्र संग्रह गरेका छन् । उनको सबै कथाहरु पढि सक्दा जीवन साँच्ची कति धेरै रङले रंगिएको हुँदो रहेछ भन्ने जस्ता तरङ्गहरु मनमा आउछन, समस्तमा नेपाली माटो र नेपाली मनको यर्थाथ चित्र नै आफ्नै अतित दोहोरिए जस्तो लाग्छ को सक्कली अनुहार हो । यस संगालोको अन्तर्दाहहरुलाई बुझन सकियो भने हाम्रो वर्तमानको ऐना आफ्नै अगाडी र्छलङ्ग देखिन्छ ।
तिमीसंगको त्यो पहिलो रात
ओठ ओठ जुधाई मस्ती गरेको भुल्या छैन
रातो लाली मेरो ओठमा सरेको भुल्या छैन
झरना सरी झरेको केश, मुहारबाट हटाएर
चुमेर ओठ सुस्तरी तल झरेको भुल्या छैन
तिमी नौलो म नी नौलो, हामी थ्यौ नौलो
नयाँ तरङ्ग नयाँ बास्ना छरेको भुल्या छैन
साह्रै थ्यौ तिर्खाएका, हामी दुई एक प्यासी
मेटाई तिर्खा टन्न आत् भरेको भुल्या छैन
अनौठो थ्यो त्यो अनुभब्, हामी छक्क थ्यौ
स्वर्गकै आभास् भई दंग परेको भुल्या छैन
तिम्रो मस्ती मेरो मस्ती,खै के के भो मस्ती
भोलीपल्ट सर्माई लाजले मरेको भुल्या छैन
आँखा आँखा जुधेर मैले के के ईशारा दिदाँ
ओठ टोकी लजाई आँखा तरेको भुल्या छैन
- भीमराज पाराङ
वेदना - राजु थापा "व्यथा"
तिर्खा लाग्यो पानी खान पंधेरिमा गा'छु
ऋण लाग्यो धन कमाउन कुवेतमा आ'छु
कस्तो काम थाहा छैन कुवैतीको घर जानु
हिजो देखि खा'को छैन दुखि सक्यो गानु
अफिसले भन्यो मलाई बाबा संग जानु अब
खबुज़ बाहेक केहि छैन लौ न के पो खानु
बल्ल आज कान्छो छोरो दुइ वर्षको भयो
पल्लाघरे स्यानी च्यापी श्रीमान मुग्लान गयो
झ्याल धोका बन्द गरि साहु बाहिर गयो
आधी काम सक्या छैन आधा रात भयो
कोठा सफा साला सफा भाँडा पनि धुन्छु
आफ्नै भाग्य सम्झी सम्झी राती भरि रुन्छु
राजु थापा "व्यथा" / कुवैत
ब्यङगात्मक कबिता - नबराज पन्थी "पिडित"
प्रिय
संसार कै मै राम्री भन्छेउ प्रिय ।
तिम्रो त उमेरले पनि नेटो काटिसकेछ ।।
लाली पाउडर क्रिम कति दल्छेउ प्रिय ।
तिम्रो त अनुहार पनि चाउरी परिसकेछ ।।
रातो कलर अनी मेन्दी कति लगाउछेउ प्रिय ।
तिम्रो त कपाल पनि सेतै फुलिसकेछ ।।
अझै पनि कति माया प्रितिका कुरा गर्छेउ प्रिय ।
तिम्रो त छोराले पनि लब गर्न थालिसकेछ ।।
-नबराज पन्थी "पिडित"
प्रकृती - डिलाराम घिमिरे
लटरम्म लतिकामा कोमलफुल फक्रिएका बेला,
त्यो रमणिय स्थान त्यहाँ हृदय सधै रमाउन खोज्दछ ।
शितल पवनले काउकुती लगाउँदा,
कता-कता स्वर्गको आभास हुन खोज्दछ ।।
ति मृगहरु चञ्चल स्वभावमा उफ्रि-उफ्रि रमाउँदा,
वसन्तमा पालुवाले मगमग वासना फिंजाउँदा,
कोइलीको मधुर स्वरमा मयुर पंख फिंजाई नाच्दा,
आनन्दसाथ तिमीसँग बस्न मन लाग्छ ।।
डिलाराम घिमिरे
वेल्वास-७, तापा, प्युठान
आसु तिम्रा आँखाका - माधव पोख्रेल
गजल
आसु तिम्रा आँखाका साथै लिएर जादैछु
तिम्रा सबै नासो तिमीलाई दिएर जादैछु
फर्किएर आउने छैन फेरी तिम्रो जीवनमा
फाटेको यो मेरो मन फेरी सिएर जादैछु
गर्ने छैन याद तिम्रो कुनै पलमा पनि
तिम्रो खुशीको क्षणमा नसा पिएर जादैछु
खुशी छु म धरै तिमी भन्दा पनि आज
एकै पलमा सारा जिवन जिएर जादैछु
तिम्रै मायाले देखायो मलाई ज्युने बाटो
तर आज संसार बाट दिनै खिएर जादैछु
माधव पोख्रेल
दमक झापा- नेपाल
हाल -कुबेत
झिलिमिली रैछ हजुर बिदेशमा - बिष्णु "निश्चल"
झिलिमिली रैछ हजुर बिदेशमा
मान्छे हेर्दा राम्रा थिए भित्री मन त कालो रैछ
मेनपवोरको खोल ओढी मान्छे बेच्ने जालो रैछ |
भिसा टिकेट फ्री आउँदा एक लाख बढी असुलेर
खाडी मुलुक पुर्याउने दलाल आफ्नै सालो रैछ |
नाम चलेको कम्पनी हो राम्रा राम्रा सुबिधा छन
यही कुरामा धेरै फसे अहिले हाम्रो पालो रैछ |
बिदेश भन्ने दल्दल रैछ नेपाल बाट फलिदियो
भाग्न गाह्रो ओरी पारी तिखो तिखो भलो रैछ |
झिलिमिली रैछ हजुर बिदेशमा जतततै
बत्ती मुनी लुकी बस्ने नेपाली नै कालो रैछ |
बिष्णु "निश्चल" सिन्धुपाल्चोक नेपाल
हाल :- सुल्तान सेन्टर कुवैत
मेरी मायाँ - भीमराज पाराङ
गजल
दाउरा र घाँस् भारी बानेर रुदै हौली मायाँ
कम्जोर शरीर प्राण धानेर रुदै हौली मायाँ
उकालीको चौतारीमा भारी बिसाई एकछिन्
खुईया खुईया सास् तानेर रुदै हौली मायाँ
पछ्यौरीले मुख पुस्दै मन्मा के के सोच्दै
जिन्दगी देखी हार मानेर रुदै हौली मायाँ
दुख मात्रै खेप्नु पर्ने, भाग्यै खोटो सम्झी
र,आफ्नो निधारमा हानेर रुदै हौली मायाँ
बर्षौ भो छुट्टी नगएको, भेट्घाट् नभएको
बिर्स्यो क्या हो, भन्ठानेर रुदै हौली मायाँ
- भीमराज पाराङ / कुवैत
जिन्दगीको अर्थ खोज्दा - कविता
जानू पर्यो झारा - कविता
गजल
गजल
किन भत्किदैछ सपनाको महल
शुन्यमात्र छ यहाँ छैन चहलपहल
कस्तो भुमरी पर्यो जिन्दगीमा
टुटे नाता सबै यो कस्तो हलचल
भुलाउन सकिन ति कुनै यादहरु
अविस्मरणीय बने हरेक पलपल
निराधार भएछन हरेक सम्बन्ध
पोखियो माया तर आसु टलपल
साथै जुनी बिताउने सधैं सोचिरन्थे
दू:ख पो रहेछ बाँच्न जिवन दुइपल
माधव पोख्रेल कुवैत
गजल
घुम्टो ओढाई बेहुलीलाई चट्ट डोली तार्छु म
यसपालीको मंसिरमा त,पक्कै झ्याई पार्छु म !
सब्को जोडी लठ्ठिदै कानेखुसी गरी हिड्छन्
सुटुक्कै एउटी खोजी,त्यस्तै साउती मार्छु म !
जोरीपारी भेला भै, मेरै कुरा काटी हिड्छन्
एउटीलाई अघि लगाई सब्को सेखी झार्छु म !
के कम् छु'र म पनि,देखाइदिन्छु सबैलाई
सब्को भन्दा मेरै राम्रो,एउटा जोडी नार्छु म !
दोबाटोमा भेट हुँदा, मेरै हाँसो उडाउनेको
घमण्डको पोका सबै उचालेर नै पछार्छु म !
- भीमराज पाराङ कुवैत
गजल - कसम
गजल
तिमीसंग बिताएका रातहरुको कसम
तनैभरी कुदाएका हातहरुको कसम ।
तिमलाई छोडी अन्तमायाँ लाएको छैन
बनपाखा सुसेलेका पातहरुको कसम ।
सधैतिम्रो संझनामा हराउन मन लाग्छ
पिरतीका लोभलाग्दा बातहरुको कसम ।
समयको नियतीले छुट्टिएको जस्तो भयो
विछोडमा दुख भुल्ने मातहरुको कसम ।
अटुट मायाँ मुटुभरी संगालेर परदेशमा
लेखिएका प्रेमपत्रका खातहरुको कसम ।
मनोज काफ्ले 'मनसुन' सचिव अनेसास कुवैत
यो मेरो पाईलालाई - सौगात सुवेदी
सारा काम यसैका भरमा सम्पन्न गर्नु पर्छ ।
यत्रो बिशाल शरीर लाई हिडाउँछ ।
कहिले कहाँ ………।
कहिले कतै ……………
कहिले ढुङ्गै …॥ढुङ्गा भएको ठाउँमा ।
त कहिले काडै काडा भएको ठाउँमा ।
कहिले मरुभूमिमा त ।
कहिले पक्कि सडकमा ।
यस्को कुनै गन्तब्य स्थान छैन ।
कयौं कार्यहरु एसै द्धारा सफल गर्दछन् ।
तर सिन्दुर र फूलमाला ।
केवल गला र निधारले मात्र पाउँछ ।
खै के भन्ने के गर्ने यो त आश्चर्य जनक कुरा छ ।
कसले देखिदिने यसको ब्याथा ।
कसले सुनिदिने यसको कथा ।
कसले बुझिदिने दुस्ख र पिडा ।
केवल यसको प्रयोग द्धारा ।
मनोराजन लिने मात्र छन् दर्दनाक पिडा ।
सुन्ने र बुझ्ने कोहि पनि छैन ।
ढुङ्गाको मुटु भएका मानसपटलमा ।
केवल धोका पिडा बोकेका मात्र छन् ।
- सौगात सुवेदी
नेपाल देखी कुवेट सम्म : होमनाथ गिरी
मिलन मा हासेउ तिमी बिछोड मा रोएउ पनि
बिदेस तिर बडेका इ पाइला मेरा नजाउ वनी छोएउ पनि
मन मैले कठोर् बनाइ अघी बडे आशु पुच्दै
झरी पर्या दिन थियो पछी लागिन उनी रुदै
भन्दै थिइन नजाउ बिदेश तिमी बिना मर्छु यहाँ
दुई छाक टार्न गाह्रो भये म पनि काम गर्छु यहाँ
अजै उनी रुदै थिइन रोक्दै मलाई गाडी तिर
तर उन्लाई समजाइ बुजाइ लागे म त खाडी तिर
यो खाडी को दु:ख कष्ठ भनी साध्य छैन
बाध्यता ले आएको हुँ रहर ले होइन
काम गरे यहाँ मैले तातो हावा खाइ खाइ
घर मा शुख पाउछन भने मैले दु:ख पाइ
बसनु पर्थ्यो कहिले काही खप्पुस को भरमा
त्यही खादा नि चिन्ता लग्थ्यो भोकै छन कि घरमा
भनेको थिए निसालाई मैले दुई बर्षा मा आउछु भनी
त्यसैले त बसिछिन रे म फर्कने दिन गनी
छैन मेरो कहिले पनि उन्को विश्वाश तोड्ने बानी
त्यसैले त निर्णय गरे अब घर फर्कन्छु भनी
घर फर्कन्छु भनी
होमनाथ गिरी
अल अमना सिक्युरिटी कम्पनी
कुवैत्
कसैको जीवन यहाँ - माधव पोख्रेल
जीवन मेरो अनी तिम्रो यहाँ सबैको
तर छैन कथा जीवनको एउटै कसैको
यहाँ रुनेको आसु सँग
हाँस्नेको हाँसो मिसिदैन
यहाँ गरीबको झोलीमा
धनीको जुठो पनि पोखिदैन
जीवन चल्दै जान्छ रथको पाङग्रा सरी
भरिदै जान्छ माटो शरीरको नङ्ग्रा भरी
देखिदैन दुर क्षीतिजमा पनि
सुख प्राप्तीको कुनै किरण यहाँ
लेखिन्छ यहाँ तर गरिदैन
भत्काइन्छ तर बनाईदैन केही जहाँ
म पनि भोग्दैछु अनी तिमी पनि भोग्दै जाऊ
यो उत्पिडना यस्तै हो कहिल्यै नथाक्ने घाऊ
हिजो घात उही माथि भयो
आज पनि फेरी त्यही लुटियो
त्यही लडाँईले गुम्यो सारा
आज त्यही संसार बाट छुटियो
जहाँ भिड हुन्थियो त्यही बोली मिसाउँ थियो
सुनिदैन थियो उस्को कुरा फेरी चिच्याउ थियो
आज पनि कोही फेरी त्यही
भिडमा चिच्चाउँदैछ,कराउदैछ
शायद आस अझै छ उसलाई
त्यसैले सपनिमा पनि बर्बराउदैछ ।।।
- माधव पोख्रेल
गजल
-मनोज काफ्ले "मनसुन"
जीवनभरि तिम्रो नाम बुन्दा बुन्दै मर्छु बरु
कलकलाउँदो यो जवानी थुन्दा थुन्दै मर्छु बरु
चन्द्रमाको मुस्कान सरी हाँसीहाँसी बोलिदिन्छौ
बाचुन्जेल तिम्रो नाम गुन्दा गुन्दै मर्छु बरु
निदरीमा सताउने कल्पनामा झल्किदिने
सुहागरातको फूलकोमाला उन्दा उन्दै मर्छु बरु
मिठो मुस्कान दन्ते लहर लजालु ती नयनहरू
कलेजीमा तिम्रो माया तुन्दा तुन्दै मर्छु बरु
एकान्तमा तिम्रै सामु पोखाएर चाहाना यी
किन लाग्छ तिम्रो बोली सुन्दा सुन्दै मर्छु बरु
आँधिखोला स्याङ्गजा
हाल: कुवैत
E-mail- manojmansun@yahoo.com
Mobile - +965 99646183
कल्पनामा जीवन - कोकिला
कल्पनामा जीवन बच्नु साह्रै मिठो रैछ
फुल भनि चुम्न खोजें काँडा काँडा रैछ
तिमीलाई विश्वास गर्नु आफैलाई जलाउनु भो
आफै जली तिमीलाई रोज्नु मेरो भुल रैछ
दोबाटो मै भेटिएर दोबाटोमै छुट्यौं हामी
तिम्ले भुल्यौ मैले मात्र सम्झिनु न रैछ
कल्पनामा जीवन बच्नु साह्रै मिठो रैछ
फुल भनि चुम्न खोजें काँडा काँडा रैछ
कोकिला कुवैत
पवित्र यो मन मन्दिरमा - कोकिला
पवित्र यो मन मन्दिरमा पुज्न मैले खोजेकी छु
सपनीमा कैयौं चोटी तिमीलाई मैले रोजेकी छु
जिन्दगीको हरेक मोडमा भेट हुन मन थियो
नदेखेरै कैयौं चोटी तिमीलाई मैले देखेकी छु
सपनी मा देख्ने गर्छु कल्पनाको राजा तिमी
धमिलो यो निर्दोष चित्र आफै भित्र कोरेकी छु
प्रतिक्षामा तिम्रो बाटो गुलावले ढाकेकी छु
नभेटेरै कयौ चोटी तिमीलाई मैले भेटेकी छु
कोकिला कुवैत
भावना
-विन्दु अधिकारी
भावना
रोएर नयन कहिल्यै नरुझाउ
आँशु यो तिम्रो रित्तिन सक्छ l
छोडेर गन्तव्य नमोड़ पाइला
जीवन नै कतै छोडिन सक्छ l l
पर्खाइमा सजिन्छ्न सपना
विछोडमा टुटदछ्न आत्मा l
बिश्वासमा अगाडी लम्किन्छन पाइला
तर विश्वासघातमा पोखिन्छन वेदना l l
लुम्दे ५ ईलाम
हाल मालिया कुवैत
यहाँ जीवन
-माधव पोखरेल कुवैत
यहाँ जीवन कहाली लाग्दो
अनी काँही कतै आस लाग्दो
बाटाहरु धरै धरै छन यहाँ
तर भयानक अनी डर लाग्दो
आउँछन हरेक मोडहरु यहाँ
अनी अनगिन्ती घुम्ती यहाँ
कतै खुशीका त कतै पिडा लाग्दो
कतै मायाका त कतै घ्रिणा लाग्दो
बाच्ने शैली आफ्नै आफ्नो यहाँ
कती रोएरै त कती हाँसी हाँसी यहाँ
तर यहाँ किन हाँस्दा पनि खोट लाग्दो
रुनेको के हुनु उही माथि चोट लाग्दो
माया गर्नेको पनि आफ्नै कथा छ यहाँ
बुझीदैन केही कुरा आ-आफ्नै को यहाँ
यथार्थमा बाँच्न खोज्दा कतै घात लाग्दो
विश्वाश गर्दा यहाँ अबिश्वासको मात लाग्दो
कुवैत
मायाको अर्थ
-होम नाथ गिरी
नसोध मलाई मायामा किन धोका हुन्छ भनेर
किनकी म त चोखो माया गर्ने मान्छे,
नसोध मलाई मायाको निम्ती के गर्न सक्छु भनेर
किनकी म त साँचो मायाको निम्ती मर्ने मान्छे
त्यसैले त मन पर्दैन मलाई झुटो माया दिने मान्छे
आफ्नो स्वार्थ पुगे पछी पिठ्यु फर्काइ दिने मान्छे,
पिठ्यु फर्काइ दिने मान्छे !!
अल अमाना सेक्युरिटी ग्रुप
महबुल्ला – कुवेत
घर छोडी परदेशमा
-विन्दु अधिकारी
घर छोडी परदेशमा लागियो
कामको खोजीमा अनेक दु:ख खाइयो
कसलाई भन्नु यो पिर
भाग्य आफ्नो सम्झिंदा हुन्न स्थिर
घरको याद आउछ मलाइ सम्झी रातमा
पराइ देशमा छु न छन कोहि साथमा
जन्म भुमि सम्झी ल्याउदा रुन्छ साह्रै मन
जब जब एक्लै हुन्छु दु:खी हुन्छु झन
सम्झिएर बाबा आमा मुटु पोल्न थाल्यो
सम्हाल्न सक्दिन म मन बोल्न थाल्यो
भनु कसलाई पिर व्याथा परदेशको ठाउँमा
सपनीमा सधै पुग्छु जन्मेको त्यो गाऊँमा
सम्झिएर गाउँ घर लाग्छ जान मन
दुखै सम्झी परदेशमा गर्छु दुखी काम
पराइ देशमा दु:ख पाउदा दु:खी हुन्छ मन
पोखु कसलाई मनको व्यथा रुन्छु एक्लै झन झन
हाल कुवैत
अझै हरा-भरा बनाउ पशिना बगाउँ
-बिन्दु अधिकारी
कति रमाइलो मेरो नेपाल
हरियाली पाखा पर्वतले
कति आनन्दमयी मेरो ठाँउ
आफ्नो भाषा र भेषभुषाले
रमाइलो लाग्छ मलाइ मेरो देश
स्वच्छ वताव्र्ण अनि नेपालीपनले
हरियाली आफ्नो ठाउँ
आफ्नै परम्परा र नदी नालाले
सधै रमाइलो लाग्छ मलाइ मेरो गाउँ
चरा चुरुंगी र संगीतको मधुर धुनले
त्यसैले त म भन्छु नेपाली दाजु भाइ
दिदीबैनी अब त फर्कौ आफ्नै गाउँ
हाल कुवैत
हारेको कर्म
आँखाभरी सपना मुटुभरी माँया थियो
किन विधाताले हारेको कर्म दियो
न त चाहना नै मेटाउन सकें
न त गन्तव्य नै भेटाउन सकें l
आँखा भरिको मेरो सपनालाई
खरानी बनाइ जलाइदियो
मुटुभरीको मेरो मांयालाई
भगवानले पनी भुलाइदियो l
रुसे ३ पाल्पा
हाल कुवैत
टाडाहुन नखोज
-सोना गुरुङ
टाडाहुन नखोज म त तिम्रै हुनेछु है
तिम्रै लागी पिरतीको माला उनेछु है
भेटहुदा कहिले पनी पराइ झैँ लाग्दिनौ
सधैलाइ आफ्नो भन्ने सपना बुनेछु है
हिजो खुबै मायाँ गर्यौ मैले भन्दा धेरै
आज तिमीपर छौ यस्तै कुरा सुनेछु है
जती दु:ख दिएपनी सहनु नै पर्यो मैले
मेरो मनको धुलोमैलो बरुमैले धुनेछु है
नजाऊ छोडी सोनालाई म तिम्रै भरमा छु
तिमीले छोडी गए जीवन भरी रुनेछु है
दिप नगर - ९ बुटवल
चोट
विश्वासघाती यो दुनियाँमा तिमीले मलाइ छोडीदियौ
रुदै बित्यो यो जिन्दगी तिमीले एक्लो पारीदियौ
रुदै बित्यो यो जिन्दगी तिम्रो याद र सम्झनामा
कोही छैन मलाइ सहारा दिने यो संसारमा
छोडी गयौ तिमीले मलाइ एक्लो बनाएर
आउने आशा नाभएनी मायाँ राख्छु सम्हालेर
आउछु भन्ने तिम्रो आश हो अरु के नै रह्यो
सबैको मायाँ यौटैहुन्न तिमीजस्तो पाउन सकिन
तिम्रो याद तिम्रो मायाँ मुटु भित्र राखेकी छु
छोडी गयेनी तिमीले एक्लै हुन्छु संसारमा
संगै बच्ने संगै मर्ने धोका दैबले चुडेर लग्यो
मलाइ मात्र धोका दियो चाहना उडेर गयो
मोरंग (कानेपोखरी)
हाल कुवैत
थाहा छैन को हो
-माधव पोख्रेल
मेरो मन को आँगनीमा सँधै नाच्ने को हो
मन भरी माया बोकी मलाई जाच्ने को हो
एकैछिन टाढा हुँदा मलाई खोजी हिड्छिन
भित्र भित्रै मेरो लागी माया साच्ने को हो
छेउमा आई बोल्न खोज्दा बोली अड्काउछिन
लजालु नजर झुकाई मलाई भाच्ने को हो
हर दु:ख सुख उनी मलाई सँबै सुनाउछिन
तर पनि साँचो कुरा मनमा गाज्ने को हो
कुवैत
आज फेरी अनायासै
-माधव पोख्रेल कुवैत
गजल
आज फेरी अनायासै आँखा बाट आसु छल्कीयो
उराट अनी वीरानो जिन्दगीमा आगो सल्कियो
भुल्नै सकेको थीइन बिगतका ति चोटहरु
फरी पनि मै माथि पिडाका पहाड ढल्कियो
हर दु:ख पछी सुख को आसमा मनलाई थामे
दु:खै दु:खको माँहुरी झै मलाई चाट्न पल्कियो
आधा आधा बाचे सधैं पुरा पुरा यादहरु सगै
आज फेरी आँखामा निस्ठुरीको तस्बिर झल्कियो
कुवैत
घरको याद
-होम नाथ गिरी
भविष्य उज्वल बनाउँछु भनी बसेको छु बिदेशमा
तर म फर्किन पाईन चाडपर्व आउँदैछन स्वदेशमा
छोरो आउने आशामा बाबा-आमा बसेका छन होला
तर छोरो आउन नपाउने खबरले मन कती रोला !!
दशैंलाई भनी पालेर राखेको खसी,
शायद अब काट्न मन पनि लाग्दैन होला
नबगाउनु है बाबा-आमा पिंढीमा बसेर आँसुका खोला
अर्को साल पक्कै आउनेछ भनी मन ठुलो बनाउनु होला
म घरमा नभएपनी चाडपर्व राम्ररी मनाउनु होला !!
साथीभाई तिहारमा भैलो खेली हिंड्दा
खोइ छोरो भनी नखोज्नु होला
यो तिहारमा आउन नपाए पनी
अर्को तिहारमा आउनेछ भनी सोंच्नु होला !!
भाईटिकामा दिदीलाई भाईको याद आउला
यो सालमा दु:खी मन नगर्नु दिदी
अर्को सालको तिहार सँग-सँगै मनाउँला,
सँग-सँगै मनाउँला !!!
अल-अमाना सेक्युरिटी ग्रुप
महबुल्ला - कुवेत
२६ अगष्त २००९
तिम्रो मेरो प्रेम कहानी
- होम नाथ गिरी
विश्वाश घाती यो संसारमा
तिम्रो माया पाउन सकिन
तिमीलाई छाडि अरुसँग
मैले माया लाउन सकिन
तिमीले मलाई छाडि गयौ
तर मैले तिमिलाई छाड्न सकिन
तिमी प्रतिको चोखो माया
मैले अरुसँग बाँड्न सकिन
कती चोखो मेरो प्रेम
तर तिमीले चिन्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
फराकिलो मेरो दिलको बाटो
हात समाई हिँड्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
दिलोज्यान नै सुम्पे तिमीलाई
तर तिमीले लिन सकिनौ
निर्दोष मेरो चोखो प्रेम
आज तिमीले चिन्न सकिनौ
तिम्रो सपनिको राजाकुमार
जस्तो म हुन सकिन
तिम्रो लागि आकाशको
जुन मैले छुन सकिन
तिमी धेरै रोयौ तर
तिमी सँगै बसी रुन सकिन
त्यसैले त आज म तिम्रो हुन सकिन
तिम्रो लागि आकाशको जुन छुन सकिन,
छुन सकिन !!
अल-अमाना सेक्युरिटी ग्रुप
कुवेत (१२ डिसेम्वर २००९)
साहित्य मेरो दुःख सुखको साथी हॊ
सानैमा मेरो बुबाले म उठ्न नपाउदै श्लोक पढ्ने गर्नु हुन्थ्यो बुबाको श्लोक सुन्ना साथ बिहानी भएको आभाष हुन्थ्यो निदमा म हुन्थें वहाँको सूमधुर स्वरले मन यो प्रफुल्ल हुन्थ्यो आँखा मिचीमिची बिहानीको शितल वातावरणमा पढ्न बस्थें । आज ति दिनहरुको संझना हुन्छ म परदेशमा तिनैदिन संझेर कविता र गजल ले ति दिनहरुको कल्पना यो मनलाई दिन्छु आफैपनी अहिले हरदिन साहित्यमा नै रमाउदा भग्यमानी ठान्दछु । र साच्चैनै लाग्छ साहित्य मेरो परदेशको साथीमात्र नभइ जिवन भरको दुःख सुखको साथी हो । अहीले म कुवेतको मरुभूमीमा छु यहाँ धेरै गर्मीले भिम्मल परेको बेला एक चरण गजलको शेर मेरो लागि अमृत हुन्छ जति पिरमा दिन गुजारेपनी साँझपख लामो सासको साथमा एक शेर गजल पढेर आनन्द लिन्छु कहिले मुनामदनलाई छातीमै टाँसेर निदाउन पुग्छु कहीले गजलका शेर मिलाउन नसकेर झोक्कीदै लटारिन्छु तर भोलीपल्ट विहानै फेरी बुबाको सूमधुर स्वरले सजिएका श्लोक संझिन्छु अनी त्यसैमा गजलका काफीया खोज्दछु । मन प्रफुल्ल पार्न साहित्य र साहित्यप्रमीको खाँचो पर्दछ सहित्य हाम्रो दुखको औषधी पनी हो साहित्यले पे्रमी प्रेमीकाको भूमिकामा साथ दिन्छ । विचारमा बद्लाव मानसिक शत्तिको वृदी प्रेम मिलन समाजका संगतीको प्रशंसा विसंगती वा कुरितीको अन्त गर्न शत प्रतीशत सहयोग गर्दछ भन्ने विश्वास लाग्छ । विभिन्न विधामा साहित्य विभाजित भएपनी यसले हरेक क्षेत्रबाट मनोरंजन दिएको छ कसैलाई गद्य कविता मन पर्छ कसैलाई पद्य कविता अनी गजल मुत्तक कथा निवन्ध आफ्नै भाषामा बोलेको छ बोल्ने तरिका मात्र फरक हो तर मनबाट विष्फोट भएका भावना एउटै हुन । पिर व्ोदनाका शैलीमात्र फरक ढंगले प्रस्तुत भएका हुन तपाँईलेपनी साहित्यलाई मायाँ गर्नुस मनको वह पोख्ने मझेरी बनाउनुहोस अनी आँफै महसुस गर्नुहुनेछ वास्तवमा म किन बोलीरहेछु ?
कुवेत
जोवन मेरो घाँडो भो - गजल
जिउनु भन्दा मर्नु बेस् जोवन मेरो घाँडो भो
थोत्रिएर मिल्किएको काम नलाग्ने भाँडो भो !
सोह्र बर्षे जवानीमा यही ज्यान प्यारो थ्यो
आज आई बुढो भइछु त्यसैले गलगाँडो भो !
कल्कलाउदो शरीरलाई गुलाफसरी सिउरेथ्यौ
तर आज त्यही गुलाफ बिझाई दिने काँडो भो !
मलजल दिई यौबनमा फेरी बैँस फुलु कि त
चट्टान र पत्थरले कुदिएको साह्रो डाँडो भो !
चिनी,मह,दुध हाली अमृत समान् बनु कि त
कुनै स्वाद नभेटिने बेस्वादको सुध्द फाँडो भो !
हालः- कुवैत
आँशु - मुक्तक
विगतका क्षणहरु सम्झदा झर्ने गर्छ
नयनबाट बलिन्धारा आँशु।
मुटुभरी अदृष्य चोटहरु सजाई
कृत्रिम हाँसो म कसरी हाँसु।
विश्वासघातको डडेलोले यो दिल
जलेर खरानी भएको छ।
प्रेममय समर्पित माया पनी आज
आँशुको महासागरमा परिणत भएको छ।
आई.पि.सी. अफिस (मालीया)
मोवाइल नं.00९६५-९७२१४७७३
रम्न देऊ मलाई
कसैको चौरासी व्यञ्जनको लोभ छैन मलाई
मेरो ढिंडो र रोटी नै ठीक छ मलाई।
कसैको महलमा रम्नु छैन मलाई
मेरो झुपडी नै ठीक छ मलाई।
कसैको सहारामा बाँच्नु छैन मलाई
मेरो दुःख पीडा नै ठीक छ मलाई।
कसैको जिन्दगीमा रम्नु छैन मलाई
आफ्नै जिन्दगीमा रम्न देउ मलाई।
आफ्नै जिन्दगीमा रम्न देउ मलाई
मेरो ढिंडो र रोटी नै ठीक छ मलाई।
ठेगानाः- मोरङ्ग उर्लाबारी - राधा कृष्ण चौक
हालः- कुवैत
गजल
भाई भाईले घर सल्क्यो आगो धेरै दान्कियो रे
जिन्दाबाद र मुर्दबादको नारापनी घन्कियो रे
यता उता हेर्नेहरु सम्रक्षकलाइ थुक्न थाले
सुगन्ध र सुबास हैन झिंगा धेरै भन्कियो रे
आफै ठुलो भन्छन अरे एक अर्कालाई हतारेर
शक्तिको राज चलाउनाले नियम कानुन थन्कियो रे
वरपर छर-छिमेक आइ मिलाई दिन्छु भन्दाखेरी
एउटा भाई त आखा तर्दै अर्को तिर फन्कियो रे
सोझालाई त साँढे जुध्ने बाच्छा मिच्ने जस्तै भयो
रोकिने त आशै छैन लडाई झनै रन्कियो रे
सिन्धुपाल्चोक
हाल कुवैत
गजल - मनसुन
सकियो झारेर आँसु अब रूदा पासको छ
चोटमा दुखेको मन बन्चराले तासेको छ
उसलाई मायाको हाँसो हास्नपनी सिकाएँ
आज उ दिनरात अर्कैको खुसी हासेको छ
उसलाई प्रीतिको फुल गास्नपनी सिकाएँ
आज उ अर्कैलाई फूलमाला गासेको छ
उसलाई दुखामा छातीपनी थाम्न सिकाएँ
आज उ अर्कै संगको छातीमा टासेको छ
जस्ले बाचुन्जेल हसाउने कसमपनि खायो
उसैले आजमेरा अनामोल मोती नासेको छ
स्याङ्गजा
हाल - कुवैत
किन जन्मियो यो धर्तीमा
किन जन्मियो यो धर्तीमा
यो धर्तीको बोझ हुनलाइ
न त यहाँ खुसिको आगमन छ
न त यहाँ सु:खको अनुभव छ
आँसुले सिन्गारियको मेरो आँखालाई
उदाशिनाताको छायाँले घेरेको चेहेरालाई
कहिले पनी शान्त राख्न सकिन
ओठमा हाँसो देख्न सकिन
संसार रुपी रङ्ग मन्चमा पनी
उज्यालो भएर बाच्न सकिन
किन जन्मियो यो धर्तीमा
यो धर्तीको बोझ हुनलाइ l
शम्भु मोक्तान असफल
सिधुपलान्चोक, हाल कुवैत
सहनु हुन्न अन्याय - गजल
अन्याय सहेदेखी एकदिन आफै जल्नु पर्छ
सधै सेवा गरेपनी पानी नपाइ ढल्नु पर्छ
सकिदैन सहन त अब धेरै सहि सक्यौ
तातो रगत हुनेहरु हतियार भै चल्नु पर्छ
डराउन हुन्न कहिले मुक्त्ति खोज्दै लड्नलाइ
खुनी तस्कर फटाहालाई कालोमुसो दल्नु पर्छ
असल एक व्याक्ति मरे सय असल जन्मने छ
हाम्रो प्यारो नेपालमा शान्ति दिप बल्नु पर्छ
दिप नगर - ९ बुटवल
हाल कुवैत
काहानी
लेख्दै छु साथी हेर कुवैतको काहानी
जागीर खान कुवैत आएँ म पनी
धन भएका यहाँ धेरै रहेछन मन भएका छैनन्
दु:ख पाइस भनी कसैले १ के डी दिदैनन
यिनलाई के थाहा नेपालीको पिर
जन्मे अनी पाए भत्ता नभएनी जागीर
१ के डी को १६ लिटर आइहाल्छ तेल
कारहरु त किरा सरि ठेल मेल
एउटा हाट स्टेरिंगम़ा अर्को हातमा मोबाइल
कहिले होटेल कहिले सिटी कहिलेको फाहहील
केटा लाउछ्न सेतो लुगा केटी कालो घुम्टो
नेपालीका छोरा छोरी लाइ बनाए गोठालो
विश्व म़ा नै हेर्दा खेरि काटेका छन चैन
यिनीहरुको गरी सध्या छैन बयान
अमेरिकन भन्दा पनी बन्दै गए छाडा
नेपाली सब रहनु पर्छ यिनीदेखी टाडा
अल अमाना सेकुरिटी - कुवैत
मोबाइल ६६१०६२८९
ई-मेल brn_9980@yahoo.com
सपना यहाँ भएन पुरा
वचनले रहेन यो मन
हृदय दुखि रह्यो झन
न आउने यहाँ पागल वनी
प्रदेशको भूमि राम्रो छ भनी
बोलौ भन्दा बोल्न पाइदैन
आफ्नै नेपाली साथी संग
कस्तोहोला यहाँको रहन सहन
सोच्ने भने आफै परिन्छ दंग
घरदेखि छैन बाहिर जान
न त दिन्छ टाईममा खान
न त दिन्छ लगाउने कुरा
सपना यहाँ भएन पुरा
म्याग्दी दिस्याम नेपाल
हाल कुवैत
Blogger Buzz: Blogger integrates with Amazon Associates
Blogger Buzz: Blogger integrates with Amazon Associates
भावना
स्वर्थि छ यो जिन्दगी
सपना साँचु कसरी
मनमा छैन खुशियाली जिन्दगीमा
म हाँसु कसरी।
जिउन यहाँ कठिन भो जिन्दगी
म बाँचु कसरी
कति उजाड रहेछ मेरो जिन्दगी
पुछिएको सिन्दुर जस्तो।।
कति उजाड रहेछ मेरो जिन्दगी
पागल सपना जस्तो
कति उजाड रहेछ मेरो जिन्दगी
पागल सपना जस्तो।
झडेवा-७ चित्रेछाप पाल्पा, नेपाल
हाल- कुवैत (कुर्तुबा)
नागबेली चाला तिम्रो - कविता
-मनोज काफ्ले "मनसुन'
नागबेली चाला तिम्रो बादल सरि केशदेखि
लुकाएको मायांपनी पोखिदियें गीत लेखि
गीत मा म रम्न थालें गीतैमा म हांसिदियें
छड्के नजर हेरेउ र त चोखो मायाँ गांसिदियें
निरासामा कतिबिते एक्लै कटे रात हरु
अनायेसै दुखिदिन्थ्यो मुटु छुटथे साथहरु
तिम्रो गीतको भाकाले त फर्की फर्की हांसिदियें
छड्के नजर हेरेउ र त चोखो मायाँ गांसिदियें
तगारो म कुरी बसें बनपाखा पर्खिबसें
आउछौ तिमी भनि तिमी हिड्ने बाटो बसें
लजालु ति नयन भित्र लुकेर म हांसिदियें
छड्के नजर हेरेउ र त चोखो मायाँ गांसिदियें
स्याङ्गजा नेपाल
हाल कुवैत
गाह्रो भयो - गजल
काँडाहरु पन्छाएर फुल्न गाह्रो भयो
साच्चै भनौ तिम्रो मायाँ भुल्न गाह्रो भयो
परेली झैँ बनी दिन्छेउ आँखा ओरीपरी
अँधेरीमा चन्द्रमा झैँ खुल्न गाह्रो भयो
विवशतामा दुइ किनारा बनेपनी हामी
बैगुनका पहाडहरु चुल्न गाह्रो भयो
अब हाम्रो केही बर्ष मिलन हुन्न सानी
विरहले फाटेको मन सुल्न गाह्रो भयो
सिन्धुपलान्चोक - नेपाल
हाल- कुवैत
साहित्यकार
गजल
स्यांग्जा नेपाल
कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा
अध्यारोमा अगाडी बाटो छैन उसको
खाली हात पुर्पुरोमा हुन्छ शहरमा
भविस्य निर्माणमा लागि पर्दा उसले
पाइन्छ कि कतै आशा बुन्छ शहरमा
बगाएर पसिना जहान पाल्नेको
तै पनि राम्रै सपना बुन्छ शहरमा
मोति बटुली उसको कसले किन्न सक्छ ?
मुहार भरी आँशुले धुन्छ शहरमा
महाकबिको महानता
महान थियौ देबकोटा
नेपाली साहित्य फाटमा
चम्केका थियौ,
धुर्ब तारा झै
लक्ष्मीका भक्त भए पनि
सरस्वतीका प्रसाद थियौ तिमी । ।
अब त तिमी जस्तो
महाकबिलाई नेपाली आमाले
जन्म दिन छडीसकिन
लाग्छ बिर्सें जस्तो छ
लाग्छ अब साहित्य
सेलाए जस्तो छ। ।
साहित्य जगतले तिमीलाई
गर्छ सम्झना एक दिन
३६४ दिन भुलेकै छ
अब त आउने पिडीले
सम्झलान या नही
गर्ब मै छ । ।
शिक्षा क्षेत्रलाई सम्हालेकै थियौ
कोट खोली गरीबलाई दिएकै थियौ
चुलो धुवाउने ब्यब्स्था गरिदिएकै थियौ
नखाएर पनि खुवाएकै थियौ
लक्ष्मी कै दिन जन्मे पनि
दरिद्र भएर भाचेकै थियौ । ।
भुडिमा चुवा दौडिए पनि,पटुका बाधेर
साहित्य लेख्न भ्याएकै थियौ
मदन भोट गए पनि
मुनालाई सम्हालेर राखेकै थियौ
बाच्नु पथ्यो तिमी अझै
भर्नु पर्थ्यो ढुकुटी पुरै । ।
आधुनिक कबिका हुलमा
तिमी हराएका छौ
तिम्रा काब्य महा काब्य
ढुसी लागि सकेका छन्
सम्रक्षण गर्न सबैले भुलेका छन
ईतिहास बनेका छौ मात्र किताबमा । ।
बहिस्कार गरे तिम्रा कृतिहरु
नब आगनमा थेचारिए तिम्रा महानताहरु
बरालियो साहित्य जगत
मियो छैन घुम्छन यताउती
सुरुवात नभै गन्तब्य । ।
फर्काइ दिए हुन्थ्यो
ति देबाकोटा फेरी
सम्हालिदिए हुन्थ्यो
यो संकटलाई फेरी एक पटक
ब्युझाइ दिए हुन्थ्यो
साहित्य जगतलाई। ।
रातो रात भए पनि
साहित्य भन्डार भरेकै थियौ
मोटा पातला दर्जनौ
पुस्तक लेखेकै थियौ
साहित्य जगतका बुज्रुक
भिस्म पितामह थियौ तिमी । ।
मरुभूमिमा मेरो तीज
निस्चल हावा अनी मेरो कोमलता
मेरो बाल्यकाल लपेटिएको थियो त्यही सुन्दर गाउमा
यौबनले छोइसकेको थियो,बरालिने भइसकेको थिए
लछार-पछार गर्दै ल्यायो,गन्जागोलको बिरानो
साथीहरु सबै छुटे,बालसाथी पाठो छुट्यो
गाउको छहरा,पहरा,कुलो,पधेरी,पोखरी सबै छुटे
शहरको माहोल,ठक्कर दिदा माफ छैन,
लडिदा समातिने हात छैन
कसैले कसैलाई दिदैन सम्मान,
माया,सहयोग अनी मेरो मानसपटमा निस्केको ज्वालमुखी
रोक्न सक्दिन,साथीभाइलाई भुल्न सक्दिन
असल पती पाउभनी गरेको ब्रत अनी
छमछमी नाचेका तीजका गीत
मैले कसरी रोकौसहनै सकिन,
महादेवलाई पुकारेको
भुल्नै सकिन पानी समेत नपिएको
बिर्सनै सकिन बसेको ब्रतको नशा बडेको
अब त मेरो बदुवा भएको छ
आफ्नो देशको गन्जागोल शहरबाट
नेटो काटेर,सातसमुन्द्र पार गरी
माहाशहरमा आएको छु
बाल्यकाल ईतिहास भएको छ
कुलो पधेरो,गाउ गल्ली,पहरा छहरा
सबै अब मानसपटल बाट हटीसके
आफन्तको गन्ध छैन यहाँ
तीजको महासगर उर्लिएको छ
मरुभूमिमै भएपनी नाच्ने रहर छ
दुई चार शब्द भएपनी ओकल्ने बिचार छ
कम्मर मर्काइ मर्काइ नाच्ने सोच छ
शब्द बिना या संगीत बिना भएपनी
श्रीमानलाई लामो उमेर दिने बिचार छ
डडेलो लागेको मरुभुमीमै भएपनी
दुई चार लोटा पानी खनाउने सोच छ
उषा खड्का "अन्जान"
अबुहालिफा,कुबेत
uskd_2006@yahoo.com
makadum-7 Ramechhap
कविता
तिमो झुठो माया सम्झि अब म रुने छइन ।
जिउन सक्छु तिमी बिना तिमो निम्ति मर्ने छइन ॥
घात गर् यौ साथ दिदा तिम्रो विश्वाश गर्ने छइन ।
बिष घोल्यौ चोखो प्रेममा तिम्रो आशा गर्ने छइन ॥
तिमी काँडा भयौ त के भयो जानी जानी टक्ने छइन ।
तिमीले फेरि आश दिए पनि समय व्यर्थ फाल्ने छइन ॥
जस्तो सोच्छौ त्यस्तै गर तगारो म बन्ने छइन ।
काँच जस्तै फुट्यो नाता जोड्ने प्रयाश गर्ने छइन ॥
शिशिर ढल्दै बसन्त आउँछ निराश म हुने छुइन ।
रात परे बिहानी आउँछ यात्रा मैले रोक्ने छुइन ॥
साउने झरी
ए हुलाकी दाई खबर लगि देऊ ।
छोरी भनी सम्झि बस्ने बाबा आमालाई साचै छ भनिदेऊ ॥
चिठी लेख्थे मनका कुरा अटाएन पना भरी ।
रात र दिनमा बाबा आमालाई सम्झि पर्छ साउने झरी ॥
ए हुलाकी दाई खबर लगि देऊ ।
छोरीभनि सम्झि बस्ने बाबा आमालाई साचै छ भनि देऊ ॥
आतुर छ आज बाबाआमालाई खबर सुन्न ।
आफ्नो भन्नु आफ्नो बाबा आमा कहिले पराई हुन्न ॥
ए हुलाकी दाई खबर लगि देऊ ।
छोरी भनि सम्झि बस्ने बाबा आमालाई साचै छ भनि देऊ ॥
गंगा राई
झापा जलथल-९
हाल-कुवैत फर्वानिया
साथीलाई पत्र (दोस्रो ईमेल)
-नबराज पन्थी "पीडित"
प्यारो साथी कृष्ण
आरामा छु आराम्ताको कामना गर्दछु ।
सर्ब प्रथम ईमेलको जवाफ दिन ढिलो भएकोमा २ कान समाउदै माफि चाहन्छु के गर्नु आफुले भने झै आफ्नो घर परिवार गाउ घर र जन्मभूमिमा पनि हुदैन यो त अर्काको देश अरबियन मुलुक भाषा तथा रहनसहन फरक आफ्नो नुनको सोझो गर्नै पर्यो पहिला जागिर त्यसपछी बल्ल दाँयाबाँया सोच्नु पर्ने म जस्ता लाखौं प्रदेशिने नेपालीको कथा र ब्यथा हो ।मेरो सुझाब र सल्लाहलाई मनन गरि कुबेत आउने निर्णय परिवर्तन गरेकोमा म एकदमै खुशी छु र मुरी मुरी धन्यवाद टक्र्याउछु । तैले तरकारी खेतीलाई निरन्तरता दिदै कुखुरा पालन ब्यवसाय सुरु गर्न लागेको त्यसको लागि केही रकमको समस्या भएको कुरा उल्लेख गरेको रहेछस । पिर नमान तेरो लागि मेरो ज्यान हाजिर छ । मैले सक्दो सह्योग गर्ने तलाई बचन दिदै यो महिनाको तलब थापे पछि हिमालयन बैंक बाट तेरो खातामा पैसा पठाइदिन्छु । अनी मेरो ईमेल पढेर थप जानकारी हाशिल गर्न उत्सुक भै राजदुताबासको पहल लगायत कुरा सोधेको रहेछस । सुन कुरा गर्यो कुरैको दु:ख भने झै यहाँको समस्या जिउको तिउ नै छ । पहिलो चोटि खोलिएको राजदुताबासको कामको लागि राजदुत मधुबन पौड्यालको टोली कुबेत प्रबेश गरे पछि यहाँका पीडित नेपालीहरुको उद्दार नेपालीहरुको दु:ख पिडा ब्यथा समस्या सबै दुधको दुध पानीको पानी हुन्छ भनि कुबेतमा कार्यरत लगभग ४० हजार नेपालीको सपना बिपनामा परिणत हुन सकेको छैन किनकी राजदुताबास पनि यहीको कानुन र नियमको परिधी भित्र बाधिनु पर्ने बाध्यता रहेछ । घरेलु कामदारहरु भागेका जस्ता सुकै पीडितलाई पनि यहाँको सरकारले नराम्रो तरिकाले हेर्ने कुरा नेपाली राजदुत मधुबन पौडयालले बताउनु भएको थियो । चेली बेटि, जाड रक्सी अनी चोरिका मुद्दा लागेकाहरुको समस्या पनि उस्तै छ । बिबिध समस्या र पिडा लिएर दुताबासको सरणमा पुगेका नेपालीहरुले ठाडो जवाफ पाउने गरेको कुरा पूर्व झापा घर बताउने यमकुमारी खनाल जस्ता पिडितहरुको गुनासो सुनेर पनि अनुमान लगाउन सकिन्छ । नेपाली दुताबास कुबेतमा खुले पछि पनि ३जनाले आत्माहत्या गरेको सुनिएकोछ । आखिर किन केलाई ज्यान गुमाएका छन कुनै स्पस्ट हुन सकेको छैन । घर मालिकको शारिरिक तथा मानसिक पिडा र दु:ख यातना सहन नसकेर होकी आफ्नै बाध्यत्मक परिस्थितीले हो यस्तै छ यहाँ अनी रहरले होकी करले हो घरेलु कामदार भाग्ने क्रम पनि रोकिएको छैन । हेर्दै जाऔ दुताबासले आगामी दिनहरुमा पीडितहरुको समस्या समाधान र उद्दारको लागि कस्तो कदम चाल्ने हो सबैको चासो र खोजीको बिषय बनेकोछ । काठमान्डौबाट उडे पछि कुबेत प्रबेश गरे पछि हामी नेपालीहरु राजाको भोटे कुकुर फुकेसरी हुन्छौ । उकाली ओराली भन्ज्याग चौतारी धिडो आटो गुन्द्रुक गौको रोटी बिर्सन्छौ केफ्सी पिजा बर्गर अनी बिराइनी जस्ता खाना सँग रमाउछौ महिनौमा टेलिफोन छुने हामी मोबाइल फोन सँग रमाउन पुग्दछौ । त्य्ही मोबाइल ले जति नै सोझी सरल सिल स्वभाबक नेपाली चेलिबेटीहरु कामगर्ने ठाउबाट भागेर घर न घाटका भएका छन् उन्मात भएको जवानी बैश र मोज मस्तीले गर्दा जेलको चिसो सिडीमा पुग्ने बेबारिसे बच्चाको आमा बन्न वाध्य र बिबश भएका छन । अखोनि फिलिपिनी चेलीहरुले जस्तो फेसनमा हाम्रा नेपालीहरु हिंड्न थालेकाछन कुर्था सुर्बाल फराक साडि बुलोज नेपाली पहिरन त बिर्सिसके पाइन्ट टिसर्ट मिनिस्कटमा कुरै नगरौ की जस्तो लाग्यो किनकी हग्नेलाई भन्दा देख्नेलाई लाज भने झै छ । हुनत पस्चिमा सस्क्रिती र फेशन त नेपालमा पनि मौलाउदै गएको कुरा त भिबिन्न संचार माधयममा हेरेको र सुनेको थिए । कति त आफुलाई समाल्न नसक्दा कति अन्जानमा त कति दलालको फन्दामा परि कोठिहरुमा पुग्न लाचार भएकाछन। यस्ता दुई नम्बरी काम गरि नेपाली चेलिबेटीलाई बीच पार्न नेपाली दाजुभाइहरु पनि लागेको सुन्न पाइएकोछ । अनी हाम्रै छिमेकी मुलुक बङलादेशका दलालहरु बढी मात्रमा नेपाली चेलिबेटिलाइ बिभिन्न लोभलालचमा पारी झुक्याउन अपरण गर्न फसाउन खप्पिस भएको देखिन्छ । बरैनी हिजो मात्र ३ नेपाली चेलीहरु घर मालिकको कुटाइ यातना सहन नसकेर दुताबासको सरणमा पुगेका थिए । उनीहरुको हकहितको लागि कस्तो पहल हुन्छ म आगामी ईमेल मा तलाई जानकारी गराउनेछु कुबेतमा कार्यरत पीडित कामदारहरुको उद्दार हक हित र भलाईको लागि नेपाल कुबेत डतकम , कुबेत नेपाल डतकम मरुभुमीको कोशेली छापा पत्रीका सँग आबद्द पत्रकारहरु समाज सेबी राजेन्द्र तामङ् , अगम सुब्बा धर्म राज गिरी जस्ता ब्यक्तित्व लगायत कुबेतमा कार्यरत संघ सस्थाहरु पनि लागिरहेका छन । जसले गर्दा दुताबास लाई पनि सह्योग पुगेको छ ल त साथी कृष्ण आगामी ईमेलमा पुन यहाँको हालचाल रहनसहन तलाई जानकारी गराउने नै छु । ईमेल पडे पछि तरकारी समुह कुखुरा समुहको बैठकमा सबैलाई जानकारी गराएस अनी प्रदेशिन खोज्नेहरुलाई बताउन नभुल्नुल डिउती जान हतार भयो म ओझेल पर्न चाहन्छु अर्को पत्र ( ईमेल )मा लामो कुरा गरौला तेरो जीवन सुखमय होस भन्दै बिदा चाहन्छु ।
उही तेरो प्रदेशी साथी नबराज सातसमुन्द्रपारी कुबेतबाट
उनकै याद आयो
किन किन आज फेरी उनकै याद आयो
भोक प्यास निद्र सब थोक हरायो
कुवेतको मरुभूमिमा धेरै लाग्ने तिर्खा
जीवन भन्नु यस्तै रहेछ नाटक या चर्खा
जती सम्हालीन खोज्छ मान्दैन पापी मन
बढी नै रहन्छ उनको याद मा धड्कन
खोजी रहन्छ उनलाई पागल प्रेमीको मन
यसै गरी मर्नेहो की दुइ दिनको जीवन
चितवन नेपाल
हाल कुवैत
के लेखीदियो भावीले
के लेखीदियो भावीले आभागीको कर्ममा
जहाँ गएपनी ठक्कर नै ठक्कर ..
न त सपना नै सकार बनाउन सकें
न त चाहाना नै मेटाउन सकें
अब धिक्कार छ मेरो जिन्दगी
अब जिउनु को कुनै अर्थ छैन
बिरानो भो अब संसार पनी
रम्ने कुनै ठाउँ पनी छैन
त्यसैले त् हारीसकें म
लक्ष्य र गन्तव्य अब कहिँ रहेन
के लेखीदियो भावीले आभागीको कर्ममा
जहाँ गएपनी ठक्कर नै ठक्कर ..
कप्से ३ मांडी पाल्पा
हाल कुवैत
कविता
तिम्रो याद आयो
हासीखुशी लगाएको माया, शिखरलाईनै चुम्छ भन्थ्यौ
तिम्रै काखमा पल्टेको पल नजर मै घुम्छु भन्थ्यौ
घुम्थ्यो गार्डेन् हातसमाउदै, झलको साह्रै आउछ भन्थ्यौ
छुट्ने समय हुँदा फेरी, आशु झार्दै टाटा भन्थ्यौ
कस्तो माया बस्यो सबु, नशा-नशा खेल्छ भन्थ्यौ
केही दिनकै अन्तराल मा कती आशु झारे भन्थ्यौ
तड्पिएर बस्नु भन्दा, पाशो लगाई मर्छु भन्थ्यौ
छुट्ने समय हुँदा फेरी, आशु झार्दै टाटा भन्थ्यौ
बी.बी मल्ल 'ठकुरी' / कुवैत
मुक्तक (आँशु)
विगतका क्षणहरु सम्झदा झर्ने गर्छ
नयनबाट बलिन्द्र धारा आँशु।
मुटुभरी अदृष्य चोटहरु सजाई
कृत्रिम हाँसो म कसरी हाँसु।
विश्वासघातको डडेलोले यो दिल
जलेर खरानी भएको छ।
प्रेममय समर्पित माया पनी आज
आँशुको महासागरमा परिणत भएको छ।
आई.पि.सी अफिस मालीया - कुवैत
मोवाइल नं.+965-55330427
सुभकामना (गजल)
कुवैतबाट भर्खरै प्रकाशनमा आएको नेपाली छापा पत्रिका मरुभूमिको कोशेलीलाइ शुभकामना !!
दुइ आत्माको प्रित बनोस मरुभूमिको कोशेली
मरुभूमिमा शीत बनोस मरुभूमिको कोशेली
अविरल भरी रहुन साहित्यका पन्ना तिम्रा
परदेशीको गीत बनोस मरुभूमिको कोशेली
छर्न सकोस खुसी यहाँ हाँस्न सकुन रुनेहरू
संकटमा हित बनोस मरुभूमिको कोशेली
वर्षौदेखि गुम्सिएका पिंडाहरु परदेशीका
मनमुटुको मीत बनोस मरुभूमिको कोशेली
परदेशीका हालहरु बेदनाका छालहरू
पन्छाएर जीत बनोस मरुभूमिको कोशेली
मनसुन
मित्र
ति अतितका दिनको सम्झनामा
पानी विनाको माछा झैं
मरुभूमिको काखमा।
तिम्रै मुटुको धड्कन सँगै रमाउने
स्वच्छ पवित्र मायामा।
मोतीका दानाले कोमल नयन भरिंदा
मुटु भित्र भक्कानो फुट्छ
तिम्रै यादमा।
सानु एक्लै समुन्द्र पारी देशमा
एक्लै शहरको रमझममा
शुन्य झै लाग्दछ, मलाई
कोही छैन मेरो साथमा।
तिम्रो हृदयसँग मेरो मुटु धड्केको जस्तो
लाग्छ, सोच्दा विछोडका पीडाले नूनचुक
छर्किय झै, काटेको घाउमा।
काहाँ छ र <
उपकार गरिगरि कस्लाई के पो धर्म लागेको छ र <
पापी पनि राम्रो भै एक दिन पापमा नपरेको काहा छ र <
राम्रै बोल, राम्रै गर, उपदेश गुरूले नदिएको काहाँ छ र <
न बिग्रियोस मेरा सन्तानहरु नभनेको बुबाआमाले काहाँ छ र <
साथि बिनाको जिन्दगी एक्लै बाँचेको काहाँ छ र <
सुख नै मिल्ला जिन्दगीमा तर आँशु नझारेको काहाँ छ र <
हावा विना पातहरु नहल्लिएको काहाँ छ र <
गल्ति विना सजाय यहाँ नपाएको काहाँ छ र <
हाँसी खुशी मिलनमा नरमाउने काहाँ छ र <
विछोडमा दुःखपाई नतड्पिने काहाँ छ र <
डिलाराम घिमिरे (कुवैत)
भरिया दाई
भारिमा बोकी भरिया दाई उकाली लाग्दछन्।
सुस्केरा हाल्दै, निधारको पसिना पुछेर फाल्दछन्।।
के मलाई मात्र दैवले दुःख यतिका दिंदैछन्।
भगवान पनि म माथि किन परिक्षा लिंदैछन्।।
मनले सोच्छन् आशु बगाउँछन चौपारी टाढाछ।
चप्पल छैन पैताला मुनि पाउभरी काँडाछ।।
फाटेको कमिज सिलाई लाउँदा धिक्कार्छु कर्मलाई।
मनमा सोच्छन विचार गर्छन, छोप्दछन सर्मलाई।।
!!! हार्दिक श्रद्धाञ्जली !!! शिखर पुरुष गिरिजाप्रसाद कोइरालालाई !!!
सपना
धेरै भयो सपनीमा देखेको तिमीलाई।
अति आउन थाल्यो याद किन-किन मलाई।।
न सम्झेको कुनै छ दिन न त छ कुनै रात।
मलाई मात्रै हो कि यस्तो यो मायाको जात।।
हिजो राती सपनामा थियौ तिमी साथमा।
नेपाल आमा
लस् एन्जेलस
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी
दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ
पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा
रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।
प्यारो साथी कृष्ण आरामछु, साथै कुशलताको कामना गर्दछु।
गजल-मणिग्राम रुपन्देही
कार्यसमितिका तस्विरहरु
हाम्रो कार्यसमिति २०१०/२०११
वरिष्ठ साहित्यकारहरु
महामहिम राजदुत श्री मधुवन प्रशाद पौडेल
भाषाविद कवि श्री होम बहदादुर क्षेत्री
अध्यक्ष :- राजन रिमाल ''अभिलाषी''
उपाध्यक्ष :- आनन्द आचार्य ''एकलोयात्री''
महासचिब :-तोयानाथ दाहाल ''उपेक्षित''
सचिब :- मनोज काफ्ले ''मनसुन''
कोषाध्याक्ष : अर्जुन बहादुर बस्नेत ''उदासी''
सदस्यहरु :- विमल लामिछाने
:- हरिकृष्ण न्यौपाने '' घायल"
:- विष्णु निश्चल
: कमल ढकाल
:- राजेन्द्र शर्मा राजन
:- राजकुमारी याक्खा
:-छविराम वि के ''निर्दोष''
:-केदार नाथ खरेल
:-पुर्खा पून
:- नवराज पंन्थी "पिडित''
:-गंगा राई ''घायल''
:- बिष्णु पन्थी '' आस्था''
:- कृष्ण प्रशाद आचार्य
:- भिम के सि
:- पुर्णिमा किराँत
:-भुपाल राना ''आभास''
सल्लाहकारहरु:-
:- सन प्रशाद प्रधान
:- राजेन्द्र तामाङ
:- राजन कुवँर
:- किरण पौड्याल
:-सुजन के सि ''अभागी''
:- वाल कुमार गुरुंङ ''वालक''
:-आर /बि बुढाथोकि
:- मान बहादुर भुजेल (मनु)
:- ठाकुर प्रशाद पौडेल
:- दिपक क्षेत्री
कोहि छ घरज्वाँई बस्ने ?
हाम्रो दिनहुँ झगडा पर्छ
कहिले मुक्का मुक्की हुन्छ ।
कहिले फास्स फुस्स मै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बुढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बुढी रातो तावा उचाल्छे
आभास जी नमस्ते (सम्पादक मण्डल)
प्रधान सम्पादक :- तोया नाथ दहाल '' उपेक्षित ''
सम्पादक :- मनोज काफ्ले '' मनसुन ''
कार्यकारी सम्पादक :-आन्नद आचार्य '' एक्लोयात्री ''
गजल कविता र चुटकिला होइन !!
साहित्यकारहरुको जीवनी
लघु कथा परिक्षण अबस्थामा
घुम्ने कुर्सी
रचनाकार : कृष्ण वजगाईं
कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
संग्रह
-
▼
2010
(86)
-
►
May
(26)
- आज फेरी अनायासै
- घरको याद
- तिम्रो मेरो प्रेम कहानी
- साहित्य मेरो दुःख सुखको साथी हॊ
- जोवन मेरो घाँडो भो - गजल
- आँशु - मुक्तक
- रम्न देऊ मलाई
- गजल
- गजल - मनसुन
- किन जन्मियो यो धर्तीमा
- सहनु हुन्न अन्याय - गजल
- काहानी
- सपना यहाँ भएन पुरा
- Blogger Buzz: Blogger integrates with Amazon Assoc...
- Blogger Buzz: Blogger integrates with Amazon Assoc...
- भावना
- नागबेली चाला तिम्रो - कविता
- गाह्रो भयो - गजल
- साहित्यकार
- गजल
- महाकबिको महानता
- मरुभूमिमा मेरो तीज
- कविता
- साथीलाई पत्र (दोस्रो ईमेल)
- उनकै याद आयो
- के लेखीदियो भावीले
-
►
March
(18)
- मुक्तक (आँशु)
- सुभकामना (गजल)
- मित्र
- भरिया दाई
- !!! हार्दिक श्रद्धाञ्जली !!! शिखर पुरुष गिरिजाप्रस...
- सपना
- नेपाल आमा
- प्यारो साथी कृष्ण आरामछु, साथै कुशलताको कामना गर्दछु।
- गजल-मणिग्राम रुपन्देही
- कार्यसमितिका तस्विरहरु
- हाम्रो कार्यसमिति २०१०/२०११
- कोहि छ घरज्वाँई बस्ने ?
- आभास जी नमस्ते (सम्पादक मण्डल)
- गजल कविता र चुटकिला होइन !!
- साहित्यकारहरुको जीवनी
- लघु कथा परिक्षण अबस्थामा
-
►
May
(26)