हामी यहाँ छौ

हाम्रो साथमा

Friday, October 7, 2011

PostHeaderIcon दशैमा गजल

NepalKuwait.Com
बादल वर्षा हटेर घाम लाग्छ दशैंमा।
हाँसो खुशी उमङ्गको लाम लाग्छ दशैंमा।

जमरा त शिर माथि, अक्षता निधारमा।
आशिर्वाद संगसंगै दाम लाग्छ दशैंमा।

युवा युवती पिङमा, भन्दैछन् चचहुई।
सधै आए हुनि जस्तो याम लाग्छ दशैंमा।

साथीभाई मदिरामा, मस्त छन् जुवाखेल्न।
मेरो पनि थप अर्को नाम लाग्छ दशैंमा।

हुनेहरू ससुराली, जोडी संगै जानेछन्।
यो सम्झिदा तिम्रो घर आम लाग्छ दशैंमा।

PostHeaderIcon आजम दिनभर फेसवुकमा हराए

NepalKuwait.Com
म आज दिनभर फेस बुकमा हराए
सवैलाई मनमा सँम्झिएर मुटुमा सजाए
तर मैले कसैलाई फोन गरिन
कसैको पुजा र आरधाना पनि गरिन ।

मलाई दशैले त्यति बेला नै घर बाट लखेटेथ्यो
जतिबेला अरुले नौरथा भन्दै नबरात्रीको कलस थापेथे
मैले दशैमा एक धरो कपडा किनीन
मैले कोही आफ्ना छन भनी कुनै दशैमा भनीन ।

मलाई एसएमएसमा आएका शुभकामना पढिन
कसैका सन्देशहरुमा मैले प्रतिक्रिया पनि गरिन
दशैको बहानामा रक्सि पिउनेहरुसँग सँगै बसिन
खसी काटेको देखेर कहिल्यै हाँसिन ।
म आज भरदिन फेसबुकमा हराए
अतितलाई सम्झिएर मुटुमा सजाए ।

तोया नाथ उपेक्षित

PostHeaderIcon NepalKuwait.Com

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२ औं जन्म जयन्तीमा विश्वभरी संजालको रुपमा स्थापित ‎अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्यापटरले अक्टोबर २८ सुक्रबार भाइटीकाको दिन पारेर ‎लक्ष्मी साहित्य शृंखला गर्ने भएको छ प्रबाशमा नेपाल भाषा र साहित्यलाई दिगो राख्न कुवैत नगरीमा ‎साहित्यिक मनहरुले प्रचुर मात्रामा जागरुकता देखाएको प्रष्ट छ, उक्त लक्ष्मी साहित्य शृंखला कुवेतको ‎मुरगाब स्थित सोल्टी (नेपाली) होटेलमा दिनको दुइ बजेदेखि शुरु हुनेछ, उक्त लक्ष्मी साहित्य शृंखलामा ‎महाकवि देवकोटामा आधारित रचनाहरु मात्र वाचन गर्ने कुरा उक्त संथाका अध्यक्ष राजन रिमालले ‎जानकारी गराउनु भयो l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्यापटर सबै बिधामा कलम ‎चलाउनुहुने श्रष्टाहरुले यसैलाई सुचना मानी अक्टोबर २८ सुक्रबार भाइटीकाको दिन मुरगाब स्थित ‎सोल्टी (नेपाली) होटेलमा आफ्नो रचनाको साथमा उपस्थितिको लागि अनुरोध गरेको छ तथा कुवेतका ‎सम्पूर्ण संघ संस्थाका साहित्यीक मनहरुलाई पनि आफ्नो रचनाको साथमा उपस्थित हुनको लागि ‎बिनम्र अनुरोध तथा निमन्त्रणा गर्दछ, अन्य जानकारीको लागी निम्न मोबाइल नम्बरमा राजन रिमाल ‎‎“अभिलाषी” - ६५९६५२३०, मनोज काफ्ले मनसुन - ६०७५०८३३, हरिकृष्ण न्यौपाने “घायल” - ९९४९८६६१, ‎आनन्द आचार्य “साइँलाबाजे” - ९९२१७८९४ , केदारनाथ खरेल ५५४३४०८७ अर्जुन ‎बस्नेत “उदासी” ६६२९८९२०, मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ l ‎

पुनश्च - सबै रचना महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्बन्धि हुनुपर्नेछ, कुवैत नगरीका सम्पूर्ण ‎साहित्यिक मनहरुलाई उक्त साहित्यिक मझेरीमा स्वागत छ ‎

PostHeaderIcon NepalKuwait.Com

NepalKuwait.Com
Monday, April 25, 2011

PostHeaderIcon "सुर्य निभ्दैन" को लोर्कापण विमोचनको साथमा अनेसास कुवेत च्याप्टरको कविगोष्टी

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याटर तथा अभि जमान स्मृती ट्रष्टको संयुक्त आयोजनामा यही आउदो अप्रिल २९ तारिख शुक्रबारका दिन अनेसास कुवेत च्याप्टरका संरक्षक अनेसास केन्द्रिय संचालक साहित्यकार कवि होम क्षेत्रीको कविता संग्रह "सुर्य निभ्दैन" को लोर्कापण विमोचनको साथमा अनेसास कुवेत च्याप्टरको कविगोष्टी कुवेतको मंगाफ स्थित लतीफा टावरमा सम्पन्न हुदैछ । विस्तृत जानकारीको लागी ६५९६५२३० ६०७५०८३३ ९९२१७८९४ मा सम्पर्क गनुहोला ।


अध्यक्ष राजन रिमाल अभिलाषी
सचिव मनोज काफ्ले मनसुन
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याटर
Saturday, April 23, 2011

PostHeaderIcon सम्झना...त्यो रातको- भीमराज पाराङ




















गजल



दुई झ्याल खुल्लै थिए तर ढोका बन्द थियो
सुमधुर साँझमा एकदम खुस्बु सुगन्ध थियो l


मनको खुल्दुली मेटाउन जब घुम्टो उघारियो
हिस्सी परेको मुहारमाझ मिलेको दन्त थियो l


सर्माई सर्माई एकअर्कामा समर्पित हुँदै जादा
दिलको धड्कन् बढेर बोली मन्द मन्द थियो l


सिरसिर हावा चलेर बाहिर ठन्डी बढ्दा पनि
भित्र दुई मुटु पग्लेर गर्मी झनै प्रचण्ड थियो l


कैले ईन्कार कैले प्रतिकार केही वास्त नगरी
रातैभरी घम्साघम्सी ठूलै भिषण द्वन्द थियो l


जवानीका रंग तरंग उथल् पुथल् छल्के पछि
दुवै मनमा सन्तुष्टी आह क्या आनन्द थियो l



भीमराज पाराङ

PostHeaderIcon यहाँका मानिसहरु - सविता लामा



कविता


उज्यालो संसारमा भित्र भित्रै कालो कर्तुत गर्दा रहेछन् यहाँ

आफुलाई धर्मात्मा कहलाउनेहरु पनि पापी हुँदा रहेछन् यहाँ

खै....कस्को विश्वास र भरोषा गरौ यहाँ

नावालक चेलीहरुको अस्मितालाई लुट्ने लुटेराहरु रहेछन् यहाँ

अस्मितालाई लुट्ने लुटेराहरु रहेछन् यहाँ ।




दानवको राज्यमा शान्तिहोला तर अशान्ति छाएको छ यहाँ

आफ्नो अस्मिता लुटिदा पनि मुक दर्शक बन्न बाध्य छन् यहाँ

खै....कस्ले पो हाम्रो उद्धार गर्ला र ? यहाँ

शरण दिने नाममा आफै ईज्जत लुट्ने कोशिस गर्दछन् यहाँ

ईज्जत लुट्ने कोशिस गर्दछन् यहाँ l




आफ्ना माईती भनौदा नेपाली दाजुभाईहरुबाटै लुटिएका छन् यहाँ

गफले आकाशको तारा झार्ने समाज सेवीबाटै लुटिएका छन् यहाँ

खै.....आफ्नै माईतीबाट पनि तिखो वचन सुन्नु पर्दा यहाँ

यो वेसहारा दुःखित चेलीको कोही छैन भने झैं लाग्छ यहाँ

कोही छैन भने झैं लाग्छ यहाँ ।







सविता लामा

थाङपालकोट गा.वि.स. - ७ नागिघ्याङ

सिन्धुपाल्चोक, नेपाल

हालः- कुवेत

PostHeaderIcon "रोएँ" गजल "मनसुन"






प्रस्तुत गजल श्री तोयानाथ उपेक्षित लाइ समर्पण गर्दछु



गजल


कहिले विगत गुनेर रोएँ
कहिले भविष्य बुनेर रोएँ ।



रोएँ आजम धेरै दिनपछी
तिम्रो तश्बिर चुमेर रोएँ ।



कमलो मन रुवाएर गयौ
तिम्रा बचनहरु उनेर रोएँ ।



रम्दै जम्दै बितेका दिनहरु
तिमिले अपेक्षा चुनेर रोएँ ।




भाईभाई फुटे रुन सकिन
तिमी फुटेको सुनेर रोएँ ।



मनसुन
रचना ११ अप्रिल २०११

PostHeaderIcon दोधारे भो जिन्दकी-अर्जुन उदासी बस्नेत




दोधारे भो जिन्दकी पछुतो त हुन्न होला
गन्तब्य नहुदामा पतित त हुन्न होला
दिशाहिन हुदाखेरी सानो त म हुन्न होला
दोधारे यो जिन्दकिलाई प्रयोग कल्ले गर्छ होला ।



साथ पनि कस्तो रह्यो साथ कसलाई दिने होला
एक को साथ दिदाखेरी अर्को लाई के भन्ने होला
समाजले सोध्दाखेरी जवाफ के दिने होला
दोधारे यो जिन्दगीलाई निकाश कस्ले दिने होला ।



दिनहरु उराठ भए रात कस्ता आउछान होला
शुभ चिन्तक,बिपक्षिले गीत कस्ता गाउछन होला
नदिका त दुई किनरा आफ्ना आफ्ना हुन्छन होला
दोधारे यो जिन्दगी धरातल बिहिन हुन्छ होला ।



जुटेको यो साथ भित्र मन किन कुड्योहोला
लक्ष्य एउटै बोकेकाथ्यो विचार किन टुड्योहोला
स्वार्थको भाव हुँदा बिचार त्याहा डड्योहोला
दोधार यो जिन्दगीको गन्तब्य कहाँ हुन्छ होला ।

PostHeaderIcon रुनुमा त मजा रैछ - राजन रिमाल अभिलाषी









तपाईहरु कहिल्यै रुनु भएको छ आज म साँच्चीकै रोए रुनुमा त मजा रैछ ।


जीवनमा पहिलो पल्ट

दिल खोलेर रोए

मनमा भका पिडा व्याथा

आँशुले नै धोए ।



अतित संझी जीवनमा

...
मन भूलाउन रोए

शिरानीमा आँशु पोखि

दिल खोलेर रोए ।।





भक्कानियो मन फेरी

डाँको छोडी रोए

जीवनको नियतिलाई

नियालेर रोए ।





जीवनको उतार चढाब

नियालेर रोए

रुनुमा त मजा रैछ

वल्ल थाहा पाए ।।





हाँसो रोदन जीवनका

उपहार पाए

जीन्दगीलाई संझि संझी

एकान्तमा रोए ।



मनको बोझ हटाउन लाई

रुनु सम्म रोए

टेलीफोनमै भए पनि

आफ्नै सँग रोए ।।
Monday, March 7, 2011

PostHeaderIcon गजल - धर्मराज न्यौपाने

गजल




नबुझ्ने समाज बुझाउन सकिएन कसैगरी
किनारा भएन जिवन बग्यो खोला सरी ।



एक्लो भएछु आज ठुलो यो शहरमा म त
बाध्यता यो दोधारमा उनी गईन् खोला तरी ।



अधुरो भए सधैं जिवनका लक्ष्यहरु सारा
सपना यो तिम्रो अपांङ्ग मायाँ जालमा परी ।



बगीरहे भावना संग आँफैमा एक्लिएर सधैं
थप्यो ब्यथा दुखी रह्यो भित्री मुटु भरी ।



कुवेत

PostHeaderIcon गजल - जिवन पुन

गजल





उधैं गति उधैं मति ओरालियो जिवन फेरी
हुरी चल्यो हावा सगै बतासियो जिवन फेरी ।



प्रतिक्षामा रोशनीको बिते रातको सबै प्रहर
प्रभातमै ग्रहण लाग्यो अंध्यारियो जिवन फेरी ।



आकांक्षा त्यो जिन्दगीलाई हराभरा कनाउने
नियतीको खडेरीले उजाडियो जिवन फेरी ।



हाँस्ने नाँच्ने सफलतामा सपनै त भयो अब
विपनीको विफलतामा उराठियो जिवन फेरी ।



ज्यानको बाजी लगाएर आसको खेती गोडमेल गर्न
फर्कि आयो बगरमा अभागी यो जिवन फेरी ।



कुवेत
Monday, February 14, 2011

PostHeaderIcon अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको बृहत साहित्यिक गोष्टी सम्पन्न

    जय आले, कुवेत



११ फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना र अभि-जमान स्मृति ट्रस्टको प्रायोजनमा बृहत रुपमा साहित्य गोष्टि सम्पन्न भएको छ । २०१० जनवरी १ मा अनेसास कुवेतको गठन भएपश्चात यसरी कुवेतवासी साहित्यिक अनुरागिहरुबीच साहित्यिक गोष्टी भएको यो पहिलो पल्ट हो ।



महमहिम राजदूत श्री मधुवन प्रसाद पौडेलले पानसमा दिप प्रज्वलन गरी साहित्यिक गोष्टीको उद्घाटन गरेपश्चात नेपाली राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो । समाजका उपाध्यक्ष आनन्द आचार्यले साहित्यिक माहौलमा सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनु भएपश्चात अध्यक्ष राजन रिमालले अनेसास कुवेतको परिचय र उद्देश्यको बारेमा बोल्दै “मानव नरहे भाषा साहित्य रहदैन भाषा साहित्य नरहे मानव जीबनको मुल्य र मान्यता बन्दैन” भन्ने वाणीलाई कदर गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो साथै वहाँले “ए कवी हो कविता लेख लेख्न त लेख तर सत्य मात्र लेख” भन्दै रोचक कविता पनि वाचन गर्नु भयो, भनें गायिका श्रीमती आशा क्षेत्रीमार्फत सम्पूर्ण अतिथिगणहरुलाई नेपाली ढाका टोपी पहिर्‍याई सम्मान गरिएको थियो ।



यसैगरी समाजका सल्लाहाकार सुजन के.सीले कुवेतमा रहनु भएका बरिष्ट साहित्यिक श्रष्टाहरुको चिनारी बारे प्रकाश पार्नु भएको थियो, भनें शुभकामना मन्तव्य दिनेहरुमा राजदूत मधुवन पौडेल, NRNA अध्यक्ष राजेन्द्र तामाङ्ग, साहित्यकार होम क्षेत्री, जेष्ठ नागरिक चन्द्र क्षेत्री र साहित्यकार बालक गुरुङ्ग हुनुहुन्थ्यो ।



अनेसास कुवेतका सचिव मनोज काफ्ले’मनसुन’ र उपाध्यक्ष आनन्द आचार्यले संयुक्त रुपमा सञ्चालन गर्नु भएको साहित्यिक गोष्टिमा अध्यक्ष श्री राजन रिमालको सभापतित्व, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत एवं वरिष्ट साहित्यकार श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य, अभि-जमान स्मृति ट्रस्टका सञ्चालक/अनेसास कुवेतका संरक्षक/स्पन्दन साहित्यिक मासिक बुलेटिनका सम्पादक एवं वरिष्ट साहित्यकार कवि होम बहादुर क्षेत्री तथा जेष्ठ नागरिक एवं अछाम राज्य भारतका पूर्व लोकसभा मन्त्री श्री चन्द्र बहादुर क्षेत्रीज्यूको विशिष्ट आतिथ्यता र NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग तथा अभि-जमान स्मृति ट्रस्टकी सचिव कवियत्री एवं गायीका श्रीमती आशा क्षेत्रीज्यूको बिशेष आतिथ्यता रहेको थियो ।



यसैगरी अन्य अतिथिहरुमा NRNA एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी, साहित्यकार कवि बालक गुरुङ्ग, नेपालकुवेत डटकम एवं मरुभूमीको कोशेलीका प्रबन्ध निर्देशक सुजन के.सी, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, नेपालकुवेत डटकम एवं मरुभूमीको कोशेलीका सम्पादकद्वय तोयानाथ दाहाल र आर.बि बुढाथोकी, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुवँर, फोटो पत्रकार एवं कुवेतनेपाल डटकमका सम्पादक बिक्रम थापा, तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्ग, नयाँ नेपाल क्लवका अध्यक्ष दिल पुन, लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष वि.वि मल्ल ठकुरी, नेपालकुवेत सांस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुँवर, नेपाल पत्रकार महासंध कोरियाका कोषाध्यक्ष बोधराज रेग्मी र विशिष्ट व्यक्तित्व एवं समाजसेवी एस.पि प्रधान हुनुहुन्थ्यो ।



यस्तै विशेष आमन्त्रित पाहुनाहरुमा समाजसेवी यादव श्रेष्ठ, खोप गुरुङ्ग, ईन्द्र प्रसाद पोखरेल, राजु खड्का, अर्जुन तामाङ्ग, लोक गायक राजेन्द्र विरही, कलाकार प्रिती लामा, गायक चन्दन लिम्बु, माधव शर्मा, अनिल रसाईली, रत्ना बराल, द्रोणजंग गुरुङ्ग लगायत अन्य प्रचुर साहित्यिक श्रष्टाहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।



अनेसास कुवेतको साहित्यिक गोष्टीमा बिम्न बमोजिम साहित्यिक श्रष्ठा/कवी/लेखक र कलाकारहरुद्वारा निम्न प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए ।



राजदूत/वरिष्ट साहित्यकार/कथाकार श्री मधुवन पौडेल: बातावरण दिवस -लघुकथा

वरिष्ट साहित्यकार कवी होम क्षत्री: बगदाद -कविता

गायीका श्रीमती आशा क्षेत्री: पर्खौं हामी -झ्याउरे गित

साहित्यकार कवी बालक गुरुङ्ग: कविता

NRNA अध्यक्ष राजेन्द्र तामाङ्ग: लगाई दिन्छु माया तिमीलाई -कविता



आर बि बुढाथोकी: बिचरी मेरी उनी -कविता, सुजन केसी: फेरी उनी -कविता, छविराम बिक: विदेशमा नेपाली हामी -कविता, बिन्दु अधिकारी: मेरो देश -कविता, माधव शर्मा: बट्यौलिमा निम्तो छ -गित, हरिकृष्ण न्यौपाने: जिन्दगीको अर्थ -कविता, तोयानाथ दाहाल: म मरेको भोलिपल्ट -कविता, लीला प्रसाद भट्ट: परोपकार -कविता, राज कुमारी याख्या: अल्मलियो तिमी भित्र -कविता, मनोज काफ्ले मनसुन -कविताहरु, गंगा राई: कविता, केदारनाथ खरेल: संघर्ष -गजल, दोर्ण गुरुङ्ग: हाँसेर बोलिदेउ माया -गित, चन्दन लिम्बु -गित, रत्ना बराल -गित, आनन्द आचार्य -कविता, आशिष कुवँर -गजल, लाल बहादुर तामाङ्ग: म छोरा प्रदेश -कविता, सुस्मा राई: आफ्नो भेष -कविता, शिव कुमार देवकोटा -गजल, धर्मराज गिरी: खेलाडी -कविता, राजेन्द्र बिरही: बालकाण्ड – भानु कविता, बि.बि मल्ल -व्याङ्गात्मक कविता, छत्र कार्की: चाहना -कविता, बोधराज रेग्मी: तिमीलाई सम्झदा -कविता, खोप गुरुङ्ग: म नेपाली -कविता, सुविना राई: नारीहरु -कविता, बिष्णु बिक -गजल, राजु राई: तिम्रो बाबु स्वर्गसरी -कविता, पुर्खा पुन: यो नेपाली ठिटो -गित, जितेन थिङ्ग: अनी म -कविता, जिबन पुन: उँधै गती उँधै मती -कविता, राजेन्द्र बिरही: चरी रुखैमा -गित, धर्मराज न्यौपाने: जिबन -गजल, टिकाराम आचार्य: आखिर किन -कविता, अनिल रसाइली: खुत्रुक्कै पार्‍यो जेठान -गित, किरण चाम्लिङ्ग: नेताको बोली -गजल । यसैगरी अनुपस्थित श्रष्टा भिम पाराङ्ग र सजना गुरुङ्ग(इजरायल) का रचनालाई सञ्चालक समितिले नै वाचन गरिदिएको थियो, भने यसै अवसरमा १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा विजयी हुने श्रष्टाहरुलाई साहित्यकार कवि होम क्षेत्री ज्युले पुरुस्कार वितरण गर्नु भयो ।



करिव २०० साहित्यिक अनुरागीहरुको उपस्थिती रहेको उक्त बृहत साहित्यिक गोष्ठिमा ४६ जना श्रष्टाहरुले आ-आफ्नो रचना सहित्यको मझेरीमा पस्केका थिए भनें सम्पूर्ण सहभागी श्रष्टाहरुको लेख, रचनालाई निष्पक्ष ढंगबाट एउटै बाकसमा मिसाएर भाग्यशाली चिट्ठाको माध्यमबाट बिजेता, उपबिजेता छानिएको थियो । भाग्यशाली बिजेताको पुरस्कार हात पार्न सफल हुनु हुनेहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी -प्रथम, कवयत्री राज कुमारी याख्या -दित्तिय, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका उपाध्यक्ष लाल बहादुर तामाङ्ग -त्रितिय र जिवन पुनले शान्तावना पुरस्कार हात पार्न सफल हुनु भएको छ ।



पुर्वान्ह १० बजेदेखी शुरु भई अपरान्ह ३ बजे समापन भएको साहित्यिक गोष्टिमा उचित जलपान तथा ओपन बुफे खानाको व्यवस्था थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष राजन रिमालले सम्पुर्ण सहभागी एवं सहयोगी मित्रहरु र उपस्थित साहित्यिक अनुरागीहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापनको औपचारिक घोषणा गर्नु भएको थियो ।



अनेसास कुवेतको साहित्यिक गोष्टीका प्रमुख झलकहरु :









Friday, February 11, 2011

PostHeaderIcon कुवैतमा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरको बृहद साहित्यिक गोष्टि सम्पन्न प्रचुर मात्रामा साहित्य अनुरागीहरुको जमघट




  कुवैत सिटी मिती २०६७ साल माघ २८ गते तदनुसार ११ फेब्रवरी २०११ का दिन अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरले बृहद रुपमा साहित्य गोष्टि सम्पन्न गर्यो अभि जमान स्मृति ट्रस्टको प्रायोजन तथा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरको आयोजनामा सम्पन्न उक्त गोष्टिमा कुवैतका लागि नेपाली महमहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्री मधुवन पौडेलको प्रमुख आतिथ्यतामा अभि जमान स्मृति ट्रस्टका संचालक अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका संरक्षक स्पन्दन मासिक साहित्यिक बुलेटेनका सम्पादक वरिष्ट साहित्यकार कवि होम क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त साहित्य गोष्टिको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष श्री राजन रिमाल अभिलाषी ज्युले गर्नुभएको थियोभने जेष्ट्य अतिथी भारतमा नेपाली राजनितीका महानायक श्री चन्द्र बहादुर क्षेत्री हुनुहुन्थ्यो । विशेष अतिथीको रुपमा एन आर एनका अध्यक्ष श्री राजेन्द्र तामांग तथा अतिथीहरुमा अभि जमान स्मृति ट्रस्टकी सचिव कवियत्री तथा गायीका श्रीमती आशा क्षेत्री एन आर एन तथा माउण्टएभरेष्ट स्पोटिड्ड कल्वका उपाध्यक्ष श्री धर्मराज गिरी नेपाल पत्रकार महासंधका अध्यक्ष तथा नेपालकुवैत डटकम मरुभूमीको कोशेलीका प्रबन्धनिर्देशक श्री सुजन केसी साहित्यकार कवि बालक गुरुड्ड कुवैतनेपाल डटकमका प्रधान सम्पादक श्री जय आले नेपालकुवैत डटकम तथा मरुभूमीको कोशेलीका सम्पादक श्री तोयानाथ उपेक्षित तथा आर बि बुढाथोकी एन आर एन कोर्डिनेटर श्री राजन कुवँर नयाँनेपालका अध्यक्ष श्री दिल पुन नेपाल पत्रकार महासंध कोरियाका कोषाध्यक्ष श्री बोधराज रेग्मी लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष श्री वि वि मल्ल नेपालकुवैत सांस्कृतिक माचका अध्यक्ष श्री टिकाराम आचार्य कालीगण्डकी बचत समुहका अध्यक्ष श्री आशिष कुँवर तमुसमाज कुवैतका अध्यक्ष अम्मर गुरुड्ड समाजसेवी सान प्रसाद प्रधान राजु खड्का अजुर्न तामांग आसिन हुनुहुन्थ्यो साथै अन्य आमन्त्रित पाहुनाहरुमा लालीगुराँस सांस्कृतिक परिवारका संरक्षक श्री यादव श्रेष्ट तमुसमाज कुवैतका उपाध्यक्ष श्री खोप गुरुड्ड लालीगुराँस सांस्कृतिक परिवारका उपाध्यक्ष तथा लोक गायक राजेन्द्र विरही नेपालकुवैत सांस्कृतिक माचकी उपाध्यक्ष सुश्री पि्रती लामा गायक चन्दन लिम्बु पुन माधव शर्मा अनिल रसाईली रत्ना बराल द्रोण गुरुड्ड तथा अन्य प्रचुर मात्रामा श्रष्टाहरुको उपस्थिती रहेको थियो । नेपाली महमहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्री मधुवन पौडेलले दिप प्रज्वलनको साथमा उद्घाटन भएको कार्यक्रमको संचलन अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका सचिव श्री मनोज मनसुन तथा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका उपाध्यक्ष श्री आनन्द आचार्यले गनुभएको थियो ।











यस गोष्टिमा संस्थाका उपाध्यक्ष श्री आनन्द आचार्यले सम्पुर्ण साहित्यिक मनहरुलाई स्वागत मन्तव्य दिनुभयोभने संस्थाका अध्यक्ष ज्युले सस्थाको परिचय बोल्दै मानव नरहे भाषा साहित्य रहदैन भाषा साहित्य नरहे मानव जिवनको मुल्य र मान्यता बन्दैन भन्ने मुलमन्त्रलाई कदर गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको थियो साथै श्रष्टा चिनारी भन्दै संस्थाका वरिष्ट सल्लाहकार श्री सुजन केसीले वरिष्ट साहित्यकार कविहरुको सम्मान गर्नु भएको थियो । वरिष्ट साहित्यकार कथाकार श्री मधुवन पौडेल लघुकथा वरिष्ट साहित्यकार होम क्षत्रीको कविता र गायीका श्रीमती आशा क्षेत्रीको झ्याउरे गितसंगै अघिबढेको कार्यक्रममा करिव २०० को हाराहारीमा श्रष्टाहरुको उपस्थिती रहेको थियोभने ४६ जना श्रष्टाहरुले आफ्नो रचना सहित्यको मझेरीमा पस्कनु भएको थियो । यसरी रचना वाचन गर्ने श्रष्टाको क्रममा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका अध्यक्ष श्री राजन रिमाल आनन्द आचार्य तोयानाथ दहाल मनोज मनसुन हरिकृष्ण न्योपाने बिन्दु अधिकारी आर बि बुढाथोकी सुजन केसी केदारनाथ खरेल राजकुमारी याख्या छविराम बिके धर्मराज गिरी डम्बर रिमाल बिष्णु निश्चल आशिष कुँवर दिल पुन राजेन्द्र तामागं बालक गुरुड्ड शिव देवकोटा सुमिना राई कृष्ण प्रसाद आचार्य टिकाराम आचार्य बोधराज रेग्मी बि बि मल्ल लिला भट्ट खोप गुरुड्ड जितेन प्रभात छत्र कार्की जिवन पु किरण चाम्लिड्ड धर्मराज न्यौपाने राजु राई ताल बहादुर तामागं सुष्मा राई मनोज मनसुन हुनुहुन्थ्यो भने गायक पुर्खा पुन चन्दन लिम्बु राजेन्द्र विरही माधव शर्मा अनिल रसाईली द्रोण गुरुड्ड गायीका रत्ना बरालले आ आफनो भाकामा लोक तथा आधुनिक गित गाउनु भएको थियो साथमा भिम पारांग सजना गुरुड्ड लगाएतका श्रष्टाहरुको रचना वहाँहरुको अनुपस्थितीमा संचालक बाटै बाचन गरिएको थियो ।



यसै गोष्टि पारेर १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा विजयी श्रष्टाहरुलाई साहित्यकार कवि होम क्षेत्री ज्युले पुरुस्कार वितरण गर्नुभएको थियो । तथा यस कवि गोष्टिमा पनी सम्पुर्ण रचनालाई एउटै बाकसमा मिसाएर भाग्यशाली रचना तानीएको थियो । भाग्यशाली रचना पुरुस्कार हातपार्न सफलहुनेमा माउण्टएभरेष्ट स्पोटिड्ड कल्वका उपाध्यक्ष श्री धर्मराज गिरी प्रथम कवयत्री राजकुमारी याख्या दोस्रो नेपाल घेदुगं संधका उपाध्यक्ष लाल बहादुर तामागं तेस्रो र जिवन पुनको रचना सान्त्वनामा परेका थिए । पुरुस्कारको व्यबस्था संस्थाका संरक्षक वरिष्ट कवि श्री होम क्षेत्रीले गर्नुभएको थियो भने जेष्ट्य अतिथीले कुवैतमा पनी यतीधैरै साहित्यिक मनहरु भेट्न पाएकोमा आफुलाई हर्षलागेको भन्दै सबै साहित्यप्रेमीहरुलाई साधुबाद टकर्याउनु भएको थियो ।



Wednesday, February 9, 2011

PostHeaderIcon कुबेतमा पहिलो पटक सबै भन्दा ठुलो र बृहत साहित्यिक जमघट हुँदै

-आर.बि.बुढाथोकी"गाउले"



कुबेतको नेपाली समाजमा अन्य गतीबिधी नियमित रुपमा भए पनि साहित्यिक गतिबिधी कम भएको गुनासोलाई गत बर्षदेखी स्थापना भएको अन्तरास्टिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले सबैको मुख बन्द्द गरी दिएको छ। अनेसासको स्थापना लगत्तै उसले कुबेतका साहित्य प्रेमीहरुको खोजी गरी नब आगन्तुक साहित्यकार देखी कुबेतमा डेढ दशकदेखी नेपाली साहित्यको बिकास र प्रबर्दनमा लागि परेका बरिष्ट साहित्यकारहरुलाई आपसमा जमघट गर्ने जुन महान कामको शुरुवात गरेको छ यो आँफैमा सराहनिय काम छ। कुबेतमा साहित्यिक गतीबिधी लगभग शुन्य रहेको अबस्थामा अनेसास कुबेतले मात्र गत बर्ष २ पटक साहित्यक कार्यक्रमको आयोजना गरिएको थियो र यस बर्षको शुरु मै एक बृहत र कुबेतको लागि अहिले सम्मको सबै भन्दा ठुलो साहित्यिक कार्यक्रमको आयोजना गर्ने महान अभिभारामा जुटेको छ। अनेसास कुबेतको आयोजना तथा अभी-जमान स्‍मृति ट्रस्टको प्रमुख प्रायोजनमा हुन लागेको यो महान साहित्यिक जमघटमा दर्जनौ साहित्यकारहरुको उपस्थिती र अन्य संघ सस्थाका प्रतीनिधीहरुको पनि उलेख्य उपस्थित रहने अनेसास कुबेतका अध्यक्ष राजन रिमालले जानकारी गराउनु भएको छ जसका लागि उहाँले सम्पूर्ण निम्तालुहरुलाई निमत्रणा पनि पठाइ सक्नु भएको छ । कुबेतको रोयल मुगलाई रेस्टुरेन्टको हलमा यही शुक्रबार बिहान १० बजेबाट हुन लागेको यो बृहत साहित्यकारहरुको जमघटमा बरिस्ट साहित्यकार होम क्षेत्री, मधुबन पौडेल, बालक गुरुङ देखी नब आगन्तुक साहित्यकारहरुको एक अतुलनिय जमघट रहने छ। बिभिन्न लोक भाका तथा रास्टिय गीतहरुको समेत समिश्रणमा सहित मौलिक रुपमा प्रस्तुत हुने सो कार्यक्रममा दर्जनौ गित, गजल, कविता, मुक्तक, चुट्किला, कथा, सस्मरण बाचन गरिने छ। बाचन गरिएका सम्पूर्ण साहित्यिक सामग्रीबाट गोलाप्रथा गरी ३ जनालाई बिशेष उपहार पनि प्रदान गरिने छ । सो कार्यक्रममा अनेसास केन्द्रिय समितिका सदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्री तथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टको सौजन्यता रहने भएको छ।
Saturday, February 5, 2011

PostHeaderIcon गुरुजीको डायरीमा

साहित्यकार कवि श्री होम छेत्री ज्युबाट पाएको केओसीको डायरीलाइ सम्मान गर्दै एउटा गजलमा उनेको छु ।


गजल


वालकमा बितेका अतितहरु लेख्न थालें
गुरुजीको डायरीमा गितहरु लेख्न थालें ।


प्रवाशमा बिताएका चिसाचिसा रातहरु
संझिएर पान्नाभरि प्रितहरु लेख्न थालें ।


एक्लैआएँ एक्लै जाने केनै छर लाने
बाटोभरि भेटिएका मितहरु लेख्न थालें।


तिम्रोलागी ज्यानैदिन्छु भन्नेमात्र यहाँ
एकमर्दा अर्कोहाँस्ने रितहरु लेख्न थालें ।


तातोहावा चल्नेगर्दा वालुवा आगोबल्दा
गुरुजीले लगाएका हितहरु लेख्न थालें ।


मनोज मनसुन
रचना ४ फेब्रुवरी २०११ राती १० बजे
Sunday, January 23, 2011

PostHeaderIcon कुवेतमा नेपाली साहित्य अनुरागीहरुको भेला हुने, सबैलाई आफ्नो रचना लिएर आउन हार्दिक निमन्त्रणा !



हरी कृष्ण न्यौपाने



कुवेत-२३-जनावरी-२०११ अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना तथा अभि-जमान स्मृति ट्रष्टको प्रायोजनमा कुवेतमा पहिलो पटक सम्पूर्ण नेपाली साहित्यिक ब्यक्तित्वहरुको जमघट तथा काब्य श्रृखलाको शुरुवातको औपचारिक कार्यक्रम आयोजना हुने भएको छ। कुवेतका लागि नेपाली राजदुत तथा कथाकार-साहित्यकार  एवम अनेसास कुवेतका संरक्षक मधुबन प्रसाद पौडेल ज्युले उद्धघाटन गर्नुहुने सो कार्यक्रममा अनेसास केन्द्रिय समितिका सदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्री तथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टको सौजन्यता रहने भएको छ।
Saturday, January 22, 2011

PostHeaderIcon हृदयमा दन्केको आगो-सुष्मा राई

हृदयमा दन्केको आगो

छाति भित्र दन्केको आगो निभाउन म रुन्छु ।
यही रुवाई पनि मेरो हाँसो भाको ठान्छु ।।
आखिर के हो मान्छे आखिर के हो बुझ्नै सकिन।
ईच्छा मेरो एक तिर कर्म अर्कै तिर किन ?

केवल म त मेरो निम्ति अरुको त होईन ।
उडि जाने भुवा हुँ म अल्झे किन जालोमा ।।
आखिर के हो संसार आखिर के बुझ्नै सकिन ।
चरा जस्तै उडी हिंड्ने पंक्षी किन भइन ।।

पुतली झैं खेली हिंड्ने जीवन मैले किन पाइन ?
चरा झैं स्वतन्त्र उडन चाहन्थे तर किन पाइन ।।

कसरी दुश्मनको बन्धनमा परेको थाहै पाइन ।
छाति भित्र दन्केको आगो मैले निभाउनै पाइन ।।

सुष्मा राई

PostHeaderIcon छोरीको जिवन - बिन्दु "बिबस”




छोरीको जिवन

कति दुखी छ यो संसारमा छोरीको जिवन
जन्मघर छोडी जानुपर्ने
कति व्यथा छ यो संसारमा छोरीको जिवन
पराइलाई आफ्नो बनाई बाच्नु पर्ने ।



कति कठिनदायी छ यो संसारमा छोरीको जिवन
पराईको चुला चौकामा रगडिनु पर्ने
कति कल्ङकीत छ यो संसारमा छोरीको जिवन
अनेक लालछाना लाई सामना गर्नुपर्ने ।



कति पिडादायी छ यो संसारमा छोरीको जिवन
बिना कारण पिडा सहनुपर्ने
कति उदासी छ यो यो संसारमा छोरीको जिवन
कसैको खुसीमा हाँस्नु पर्ने ।



कति बोझीलो छ यो संसारमा छोरीको जिवन ।
मनभरि पिडा लिएर पनि अरुको सामु हाँस्नुपर्ने ॥


बिन्दु "बिबस”
Saturday, January 15, 2011

PostHeaderIcon लक्ष्मी जयन्ति कुबेतमा २०१० होम वहादुर क्षेत्री

Friday, January 14, 2011

PostHeaderIcon कविता भन्दै-सुन्दै २० किलोमिटर होमबहादुर क्षेत्री

होमबहादुर क्षेत्री सानो छँदा



होमबहादुर क्षेत्री पेट्रोलियम इन्जिनियर हुनुहुन्छ । उहाँ खाडी राष्ट्र- कुवेतमा वार्ह वर्षदेखि पेट्रोलियम इन्जिनियरका रूपमा काम गर्दै आउनुभएको छ । उहाँको जन्म सन् १९५७ अगस्त ६ मा भारतको आसाम राज्यको डिगबोईमा भएको हो । उहाँ जमानसिंह र अभि क्षेत्रीका साहिला छोरा हुनुहुन्छ । उहाँहरू पाँच भाई र पाँच दिदीबहिनी जन्मनु भएको हो । उहाँले पेट्रोलियम इन्जिनियरिङमा बीटेक र एमटेक गर्नुभएको छ । ती दुई तहपछि उहाँले नर्वेबाट 'पेट्रोलियम अन्वेषण' मा प्री-डक्टरल डिप्लोमा र शोध गर्नुभएको छ । नर्वे अध्ययनमा उहाँले डेढ वर्ष बिताउनुभएको हो । भारतको तेलसम्बन्धी संस्था ओएनजीसी र आइओसीको उच्च पदमा १५ वर्ष बिताउनुभएको छ । भारतमा धेरै पुरस्कार पाउनुभएको छ । उत्तरी कुवेतका तेल भण्डारको विस्तार र दीर्घकालीन राष्टिय योजना बनाउने दलका प्रमुख हुनुहुन्छ । उहाँसँग ट्युनिसिया र मोरक्कोमा तेल खानी खोज्न काम गरेको अनुभव छ । कुवेतमा पनि धेरै पटक पुरस्कृत हुनुभएको छ । इन्जिनियर भए पनि उहाँ साहित्यमा रूचि राख्नुहुन्छ ।

PostHeaderIcon मान्छे मान्छेमा होम बहादुर क्षेत्री

 मान्छे मान्छेमा
केही फरक छैन

फगत रोटी; कपडा र घरको व्यथा

कोही खीर त कोही चना चबेनामा गुजर

कोही फुटपाथमा बास  त कोही अट्टालिकाको बगर

कोही करोड़मा खेल्छन

त कोही खेल्छन सिक्कामा चित पट गर्दै



तर जीऊमा बग्ने रगत एक छ

माया गर्ने मुटु

समस्त शरीरिक प्रक्रिया एकै छ

छाला गोरो होस वा कालो

एकै छ अंग अंग



भेद जन्मन्छ

न बुझिकन

द्वीप भएर बसने इच्छा गर्नेहरुको ठुलो जमात भएका हुनाले !
 
यहाँ अनेसास कुवेतको संरक्षक हुनुहुन्छ ।

संग्रह