हामी यहाँ छौ

हाम्रो साथमा

Monday, February 14, 2011

PostHeaderIcon अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको बृहत साहित्यिक गोष्टी सम्पन्न

    जय आले, कुवेत



११ फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना र अभि-जमान स्मृति ट्रस्टको प्रायोजनमा बृहत रुपमा साहित्य गोष्टि सम्पन्न भएको छ । २०१० जनवरी १ मा अनेसास कुवेतको गठन भएपश्चात यसरी कुवेतवासी साहित्यिक अनुरागिहरुबीच साहित्यिक गोष्टी भएको यो पहिलो पल्ट हो ।



महमहिम राजदूत श्री मधुवन प्रसाद पौडेलले पानसमा दिप प्रज्वलन गरी साहित्यिक गोष्टीको उद्घाटन गरेपश्चात नेपाली राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो । समाजका उपाध्यक्ष आनन्द आचार्यले साहित्यिक माहौलमा सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनु भएपश्चात अध्यक्ष राजन रिमालले अनेसास कुवेतको परिचय र उद्देश्यको बारेमा बोल्दै “मानव नरहे भाषा साहित्य रहदैन भाषा साहित्य नरहे मानव जीबनको मुल्य र मान्यता बन्दैन” भन्ने वाणीलाई कदर गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो साथै वहाँले “ए कवी हो कविता लेख लेख्न त लेख तर सत्य मात्र लेख” भन्दै रोचक कविता पनि वाचन गर्नु भयो, भनें गायिका श्रीमती आशा क्षेत्रीमार्फत सम्पूर्ण अतिथिगणहरुलाई नेपाली ढाका टोपी पहिर्‍याई सम्मान गरिएको थियो ।



यसैगरी समाजका सल्लाहाकार सुजन के.सीले कुवेतमा रहनु भएका बरिष्ट साहित्यिक श्रष्टाहरुको चिनारी बारे प्रकाश पार्नु भएको थियो, भनें शुभकामना मन्तव्य दिनेहरुमा राजदूत मधुवन पौडेल, NRNA अध्यक्ष राजेन्द्र तामाङ्ग, साहित्यकार होम क्षेत्री, जेष्ठ नागरिक चन्द्र क्षेत्री र साहित्यकार बालक गुरुङ्ग हुनुहुन्थ्यो ।



अनेसास कुवेतका सचिव मनोज काफ्ले’मनसुन’ र उपाध्यक्ष आनन्द आचार्यले संयुक्त रुपमा सञ्चालन गर्नु भएको साहित्यिक गोष्टिमा अध्यक्ष श्री राजन रिमालको सभापतित्व, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत एवं वरिष्ट साहित्यकार श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य, अभि-जमान स्मृति ट्रस्टका सञ्चालक/अनेसास कुवेतका संरक्षक/स्पन्दन साहित्यिक मासिक बुलेटिनका सम्पादक एवं वरिष्ट साहित्यकार कवि होम बहादुर क्षेत्री तथा जेष्ठ नागरिक एवं अछाम राज्य भारतका पूर्व लोकसभा मन्त्री श्री चन्द्र बहादुर क्षेत्रीज्यूको विशिष्ट आतिथ्यता र NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग तथा अभि-जमान स्मृति ट्रस्टकी सचिव कवियत्री एवं गायीका श्रीमती आशा क्षेत्रीज्यूको बिशेष आतिथ्यता रहेको थियो ।



यसैगरी अन्य अतिथिहरुमा NRNA एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी, साहित्यकार कवि बालक गुरुङ्ग, नेपालकुवेत डटकम एवं मरुभूमीको कोशेलीका प्रबन्ध निर्देशक सुजन के.सी, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, नेपालकुवेत डटकम एवं मरुभूमीको कोशेलीका सम्पादकद्वय तोयानाथ दाहाल र आर.बि बुढाथोकी, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुवँर, फोटो पत्रकार एवं कुवेतनेपाल डटकमका सम्पादक बिक्रम थापा, तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्ग, नयाँ नेपाल क्लवका अध्यक्ष दिल पुन, लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष वि.वि मल्ल ठकुरी, नेपालकुवेत सांस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुँवर, नेपाल पत्रकार महासंध कोरियाका कोषाध्यक्ष बोधराज रेग्मी र विशिष्ट व्यक्तित्व एवं समाजसेवी एस.पि प्रधान हुनुहुन्थ्यो ।



यस्तै विशेष आमन्त्रित पाहुनाहरुमा समाजसेवी यादव श्रेष्ठ, खोप गुरुङ्ग, ईन्द्र प्रसाद पोखरेल, राजु खड्का, अर्जुन तामाङ्ग, लोक गायक राजेन्द्र विरही, कलाकार प्रिती लामा, गायक चन्दन लिम्बु, माधव शर्मा, अनिल रसाईली, रत्ना बराल, द्रोणजंग गुरुङ्ग लगायत अन्य प्रचुर साहित्यिक श्रष्टाहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।



अनेसास कुवेतको साहित्यिक गोष्टीमा बिम्न बमोजिम साहित्यिक श्रष्ठा/कवी/लेखक र कलाकारहरुद्वारा निम्न प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए ।



राजदूत/वरिष्ट साहित्यकार/कथाकार श्री मधुवन पौडेल: बातावरण दिवस -लघुकथा

वरिष्ट साहित्यकार कवी होम क्षत्री: बगदाद -कविता

गायीका श्रीमती आशा क्षेत्री: पर्खौं हामी -झ्याउरे गित

साहित्यकार कवी बालक गुरुङ्ग: कविता

NRNA अध्यक्ष राजेन्द्र तामाङ्ग: लगाई दिन्छु माया तिमीलाई -कविता



आर बि बुढाथोकी: बिचरी मेरी उनी -कविता, सुजन केसी: फेरी उनी -कविता, छविराम बिक: विदेशमा नेपाली हामी -कविता, बिन्दु अधिकारी: मेरो देश -कविता, माधव शर्मा: बट्यौलिमा निम्तो छ -गित, हरिकृष्ण न्यौपाने: जिन्दगीको अर्थ -कविता, तोयानाथ दाहाल: म मरेको भोलिपल्ट -कविता, लीला प्रसाद भट्ट: परोपकार -कविता, राज कुमारी याख्या: अल्मलियो तिमी भित्र -कविता, मनोज काफ्ले मनसुन -कविताहरु, गंगा राई: कविता, केदारनाथ खरेल: संघर्ष -गजल, दोर्ण गुरुङ्ग: हाँसेर बोलिदेउ माया -गित, चन्दन लिम्बु -गित, रत्ना बराल -गित, आनन्द आचार्य -कविता, आशिष कुवँर -गजल, लाल बहादुर तामाङ्ग: म छोरा प्रदेश -कविता, सुस्मा राई: आफ्नो भेष -कविता, शिव कुमार देवकोटा -गजल, धर्मराज गिरी: खेलाडी -कविता, राजेन्द्र बिरही: बालकाण्ड – भानु कविता, बि.बि मल्ल -व्याङ्गात्मक कविता, छत्र कार्की: चाहना -कविता, बोधराज रेग्मी: तिमीलाई सम्झदा -कविता, खोप गुरुङ्ग: म नेपाली -कविता, सुविना राई: नारीहरु -कविता, बिष्णु बिक -गजल, राजु राई: तिम्रो बाबु स्वर्गसरी -कविता, पुर्खा पुन: यो नेपाली ठिटो -गित, जितेन थिङ्ग: अनी म -कविता, जिबन पुन: उँधै गती उँधै मती -कविता, राजेन्द्र बिरही: चरी रुखैमा -गित, धर्मराज न्यौपाने: जिबन -गजल, टिकाराम आचार्य: आखिर किन -कविता, अनिल रसाइली: खुत्रुक्कै पार्‍यो जेठान -गित, किरण चाम्लिङ्ग: नेताको बोली -गजल । यसैगरी अनुपस्थित श्रष्टा भिम पाराङ्ग र सजना गुरुङ्ग(इजरायल) का रचनालाई सञ्चालक समितिले नै वाचन गरिदिएको थियो, भने यसै अवसरमा १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा विजयी हुने श्रष्टाहरुलाई साहित्यकार कवि होम क्षेत्री ज्युले पुरुस्कार वितरण गर्नु भयो ।



करिव २०० साहित्यिक अनुरागीहरुको उपस्थिती रहेको उक्त बृहत साहित्यिक गोष्ठिमा ४६ जना श्रष्टाहरुले आ-आफ्नो रचना सहित्यको मझेरीमा पस्केका थिए भनें सम्पूर्ण सहभागी श्रष्टाहरुको लेख, रचनालाई निष्पक्ष ढंगबाट एउटै बाकसमा मिसाएर भाग्यशाली चिट्ठाको माध्यमबाट बिजेता, उपबिजेता छानिएको थियो । भाग्यशाली बिजेताको पुरस्कार हात पार्न सफल हुनु हुनेहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी -प्रथम, कवयत्री राज कुमारी याख्या -दित्तिय, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका उपाध्यक्ष लाल बहादुर तामाङ्ग -त्रितिय र जिवन पुनले शान्तावना पुरस्कार हात पार्न सफल हुनु भएको छ ।



पुर्वान्ह १० बजेदेखी शुरु भई अपरान्ह ३ बजे समापन भएको साहित्यिक गोष्टिमा उचित जलपान तथा ओपन बुफे खानाको व्यवस्था थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष राजन रिमालले सम्पुर्ण सहभागी एवं सहयोगी मित्रहरु र उपस्थित साहित्यिक अनुरागीहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापनको औपचारिक घोषणा गर्नु भएको थियो ।



अनेसास कुवेतको साहित्यिक गोष्टीका प्रमुख झलकहरु :









Friday, February 11, 2011

PostHeaderIcon कुवैतमा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरको बृहद साहित्यिक गोष्टि सम्पन्न प्रचुर मात्रामा साहित्य अनुरागीहरुको जमघट




  कुवैत सिटी मिती २०६७ साल माघ २८ गते तदनुसार ११ फेब्रवरी २०११ का दिन अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरले बृहद रुपमा साहित्य गोष्टि सम्पन्न गर्यो अभि जमान स्मृति ट्रस्टको प्रायोजन तथा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरको आयोजनामा सम्पन्न उक्त गोष्टिमा कुवैतका लागि नेपाली महमहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्री मधुवन पौडेलको प्रमुख आतिथ्यतामा अभि जमान स्मृति ट्रस्टका संचालक अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका संरक्षक स्पन्दन मासिक साहित्यिक बुलेटेनका सम्पादक वरिष्ट साहित्यकार कवि होम क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त साहित्य गोष्टिको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष श्री राजन रिमाल अभिलाषी ज्युले गर्नुभएको थियोभने जेष्ट्य अतिथी भारतमा नेपाली राजनितीका महानायक श्री चन्द्र बहादुर क्षेत्री हुनुहुन्थ्यो । विशेष अतिथीको रुपमा एन आर एनका अध्यक्ष श्री राजेन्द्र तामांग तथा अतिथीहरुमा अभि जमान स्मृति ट्रस्टकी सचिव कवियत्री तथा गायीका श्रीमती आशा क्षेत्री एन आर एन तथा माउण्टएभरेष्ट स्पोटिड्ड कल्वका उपाध्यक्ष श्री धर्मराज गिरी नेपाल पत्रकार महासंधका अध्यक्ष तथा नेपालकुवैत डटकम मरुभूमीको कोशेलीका प्रबन्धनिर्देशक श्री सुजन केसी साहित्यकार कवि बालक गुरुड्ड कुवैतनेपाल डटकमका प्रधान सम्पादक श्री जय आले नेपालकुवैत डटकम तथा मरुभूमीको कोशेलीका सम्पादक श्री तोयानाथ उपेक्षित तथा आर बि बुढाथोकी एन आर एन कोर्डिनेटर श्री राजन कुवँर नयाँनेपालका अध्यक्ष श्री दिल पुन नेपाल पत्रकार महासंध कोरियाका कोषाध्यक्ष श्री बोधराज रेग्मी लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष श्री वि वि मल्ल नेपालकुवैत सांस्कृतिक माचका अध्यक्ष श्री टिकाराम आचार्य कालीगण्डकी बचत समुहका अध्यक्ष श्री आशिष कुँवर तमुसमाज कुवैतका अध्यक्ष अम्मर गुरुड्ड समाजसेवी सान प्रसाद प्रधान राजु खड्का अजुर्न तामांग आसिन हुनुहुन्थ्यो साथै अन्य आमन्त्रित पाहुनाहरुमा लालीगुराँस सांस्कृतिक परिवारका संरक्षक श्री यादव श्रेष्ट तमुसमाज कुवैतका उपाध्यक्ष श्री खोप गुरुड्ड लालीगुराँस सांस्कृतिक परिवारका उपाध्यक्ष तथा लोक गायक राजेन्द्र विरही नेपालकुवैत सांस्कृतिक माचकी उपाध्यक्ष सुश्री पि्रती लामा गायक चन्दन लिम्बु पुन माधव शर्मा अनिल रसाईली रत्ना बराल द्रोण गुरुड्ड तथा अन्य प्रचुर मात्रामा श्रष्टाहरुको उपस्थिती रहेको थियो । नेपाली महमहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्री मधुवन पौडेलले दिप प्रज्वलनको साथमा उद्घाटन भएको कार्यक्रमको संचलन अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका सचिव श्री मनोज मनसुन तथा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका उपाध्यक्ष श्री आनन्द आचार्यले गनुभएको थियो ।











यस गोष्टिमा संस्थाका उपाध्यक्ष श्री आनन्द आचार्यले सम्पुर्ण साहित्यिक मनहरुलाई स्वागत मन्तव्य दिनुभयोभने संस्थाका अध्यक्ष ज्युले सस्थाको परिचय बोल्दै मानव नरहे भाषा साहित्य रहदैन भाषा साहित्य नरहे मानव जिवनको मुल्य र मान्यता बन्दैन भन्ने मुलमन्त्रलाई कदर गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको थियो साथै श्रष्टा चिनारी भन्दै संस्थाका वरिष्ट सल्लाहकार श्री सुजन केसीले वरिष्ट साहित्यकार कविहरुको सम्मान गर्नु भएको थियो । वरिष्ट साहित्यकार कथाकार श्री मधुवन पौडेल लघुकथा वरिष्ट साहित्यकार होम क्षत्रीको कविता र गायीका श्रीमती आशा क्षेत्रीको झ्याउरे गितसंगै अघिबढेको कार्यक्रममा करिव २०० को हाराहारीमा श्रष्टाहरुको उपस्थिती रहेको थियोभने ४६ जना श्रष्टाहरुले आफ्नो रचना सहित्यको मझेरीमा पस्कनु भएको थियो । यसरी रचना वाचन गर्ने श्रष्टाको क्रममा अन्तर्राटि्रय नेपाली साहित्य समाज कुवैत च्याप्टरका अध्यक्ष श्री राजन रिमाल आनन्द आचार्य तोयानाथ दहाल मनोज मनसुन हरिकृष्ण न्योपाने बिन्दु अधिकारी आर बि बुढाथोकी सुजन केसी केदारनाथ खरेल राजकुमारी याख्या छविराम बिके धर्मराज गिरी डम्बर रिमाल बिष्णु निश्चल आशिष कुँवर दिल पुन राजेन्द्र तामागं बालक गुरुड्ड शिव देवकोटा सुमिना राई कृष्ण प्रसाद आचार्य टिकाराम आचार्य बोधराज रेग्मी बि बि मल्ल लिला भट्ट खोप गुरुड्ड जितेन प्रभात छत्र कार्की जिवन पु किरण चाम्लिड्ड धर्मराज न्यौपाने राजु राई ताल बहादुर तामागं सुष्मा राई मनोज मनसुन हुनुहुन्थ्यो भने गायक पुर्खा पुन चन्दन लिम्बु राजेन्द्र विरही माधव शर्मा अनिल रसाईली द्रोण गुरुड्ड गायीका रत्ना बरालले आ आफनो भाकामा लोक तथा आधुनिक गित गाउनु भएको थियो साथमा भिम पारांग सजना गुरुड्ड लगाएतका श्रष्टाहरुको रचना वहाँहरुको अनुपस्थितीमा संचालक बाटै बाचन गरिएको थियो ।



यसै गोष्टि पारेर १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा विजयी श्रष्टाहरुलाई साहित्यकार कवि होम क्षेत्री ज्युले पुरुस्कार वितरण गर्नुभएको थियो । तथा यस कवि गोष्टिमा पनी सम्पुर्ण रचनालाई एउटै बाकसमा मिसाएर भाग्यशाली रचना तानीएको थियो । भाग्यशाली रचना पुरुस्कार हातपार्न सफलहुनेमा माउण्टएभरेष्ट स्पोटिड्ड कल्वका उपाध्यक्ष श्री धर्मराज गिरी प्रथम कवयत्री राजकुमारी याख्या दोस्रो नेपाल घेदुगं संधका उपाध्यक्ष लाल बहादुर तामागं तेस्रो र जिवन पुनको रचना सान्त्वनामा परेका थिए । पुरुस्कारको व्यबस्था संस्थाका संरक्षक वरिष्ट कवि श्री होम क्षेत्रीले गर्नुभएको थियो भने जेष्ट्य अतिथीले कुवैतमा पनी यतीधैरै साहित्यिक मनहरु भेट्न पाएकोमा आफुलाई हर्षलागेको भन्दै सबै साहित्यप्रेमीहरुलाई साधुबाद टकर्याउनु भएको थियो ।



Wednesday, February 9, 2011

PostHeaderIcon कुबेतमा पहिलो पटक सबै भन्दा ठुलो र बृहत साहित्यिक जमघट हुँदै

-आर.बि.बुढाथोकी"गाउले"



कुबेतको नेपाली समाजमा अन्य गतीबिधी नियमित रुपमा भए पनि साहित्यिक गतिबिधी कम भएको गुनासोलाई गत बर्षदेखी स्थापना भएको अन्तरास्टिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले सबैको मुख बन्द्द गरी दिएको छ। अनेसासको स्थापना लगत्तै उसले कुबेतका साहित्य प्रेमीहरुको खोजी गरी नब आगन्तुक साहित्यकार देखी कुबेतमा डेढ दशकदेखी नेपाली साहित्यको बिकास र प्रबर्दनमा लागि परेका बरिष्ट साहित्यकारहरुलाई आपसमा जमघट गर्ने जुन महान कामको शुरुवात गरेको छ यो आँफैमा सराहनिय काम छ। कुबेतमा साहित्यिक गतीबिधी लगभग शुन्य रहेको अबस्थामा अनेसास कुबेतले मात्र गत बर्ष २ पटक साहित्यक कार्यक्रमको आयोजना गरिएको थियो र यस बर्षको शुरु मै एक बृहत र कुबेतको लागि अहिले सम्मको सबै भन्दा ठुलो साहित्यिक कार्यक्रमको आयोजना गर्ने महान अभिभारामा जुटेको छ। अनेसास कुबेतको आयोजना तथा अभी-जमान स्‍मृति ट्रस्टको प्रमुख प्रायोजनमा हुन लागेको यो महान साहित्यिक जमघटमा दर्जनौ साहित्यकारहरुको उपस्थिती र अन्य संघ सस्थाका प्रतीनिधीहरुको पनि उलेख्य उपस्थित रहने अनेसास कुबेतका अध्यक्ष राजन रिमालले जानकारी गराउनु भएको छ जसका लागि उहाँले सम्पूर्ण निम्तालुहरुलाई निमत्रणा पनि पठाइ सक्नु भएको छ । कुबेतको रोयल मुगलाई रेस्टुरेन्टको हलमा यही शुक्रबार बिहान १० बजेबाट हुन लागेको यो बृहत साहित्यकारहरुको जमघटमा बरिस्ट साहित्यकार होम क्षेत्री, मधुबन पौडेल, बालक गुरुङ देखी नब आगन्तुक साहित्यकारहरुको एक अतुलनिय जमघट रहने छ। बिभिन्न लोक भाका तथा रास्टिय गीतहरुको समेत समिश्रणमा सहित मौलिक रुपमा प्रस्तुत हुने सो कार्यक्रममा दर्जनौ गित, गजल, कविता, मुक्तक, चुट्किला, कथा, सस्मरण बाचन गरिने छ। बाचन गरिएका सम्पूर्ण साहित्यिक सामग्रीबाट गोलाप्रथा गरी ३ जनालाई बिशेष उपहार पनि प्रदान गरिने छ । सो कार्यक्रममा अनेसास केन्द्रिय समितिका सदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्री तथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टको सौजन्यता रहने भएको छ।
Saturday, February 5, 2011

PostHeaderIcon गुरुजीको डायरीमा

साहित्यकार कवि श्री होम छेत्री ज्युबाट पाएको केओसीको डायरीलाइ सम्मान गर्दै एउटा गजलमा उनेको छु ।


गजल


वालकमा बितेका अतितहरु लेख्न थालें
गुरुजीको डायरीमा गितहरु लेख्न थालें ।


प्रवाशमा बिताएका चिसाचिसा रातहरु
संझिएर पान्नाभरि प्रितहरु लेख्न थालें ।


एक्लैआएँ एक्लै जाने केनै छर लाने
बाटोभरि भेटिएका मितहरु लेख्न थालें।


तिम्रोलागी ज्यानैदिन्छु भन्नेमात्र यहाँ
एकमर्दा अर्कोहाँस्ने रितहरु लेख्न थालें ।


तातोहावा चल्नेगर्दा वालुवा आगोबल्दा
गुरुजीले लगाएका हितहरु लेख्न थालें ।


मनोज मनसुन
रचना ४ फेब्रुवरी २०११ राती १० बजे