हामी यहाँ छौ

हाम्रो साथमा

PostHeaderIcon पुस्तक समिक्षा

योनरेश राई

युद्दभूमि अफ्गानिस्तानको हेलमण्ड प्रोभिन्सको ग्यारेक्स भन्ने ठाउँबाट गीतकार नरेश नाती १५ दिनको विदा मनाउन वेलायत आउनु भएको वेलामा मलाई उहाँले लेख्नु भएका ७० /८० वाट गीतहरु हेर्न दिनु भएको थियो । उहाँको गीतहरु हेर्नु भन्दा पहिले मलाई लाग्थ्यो कि एउटा स्रष्टालाई लेख्नको लागी स्वच्छ वातबरण र अनुकुल समय चाहिन्छ अनि मात्र जन्मीन सक्छ एउटा नयाँ सृजना । तर गीतकार नरेश नातिले मलाई लागेको कुरा र मैले भोगको कुरालाई गल्ति जस्तो बनाई दिएको छ । अब मैले एक पटक राम्ररी सोच्नु पर्ने भएको रहेछ किन भने नातिले युद्द भूमी अफ्गानिस्तानमा गोलीका संगीतहरुसंग साबधान हुदै जीवनलाई जोखिममा राखेर लेखेका गीतहरु यस कृति भित्र धेरै छन् । लाहुरे अथवा सिपाहीहरुले बन्दुक र कलमको संयोजन गरेर युद्द भुमीमा लेखेका साहित्यहरु नै युद्द साहित्यको एउटा पाटा हो । युद्द साहित्यका धेरै पाटाहरुमा एउटा पाटाको निर्माण गरेका छन नरेश नातिले । पितापुर्खाले यु¢मा बनाएको ईतिहासलाई जोगाउँदै अर्को ईतिहासको निर्माण पनि गरेका छन् । नेपालीहरुको सुन्दर जीवनको चित्रण र युद्द गर्दा भोगेका भोगाईहरुको एकमुष्ठ नाम भएर आएको रहेछ नरेश नातिको गीती संग्रह बाटो खोज्दा खोज्दै ।



युद्दसंगै संसारमा बन्दुक बोकेर कलम चलाउने साहित्यकारहरु पाकिस्तानी सिपाही कवि फैज अहमद फैज चिनका सिपाही कवि लि ईङ्ग मात्रै होईनन् । गोर्खाली सिपाही कवि तथा गायक मास्टर मित्रसेन सिपाही कवि चन्द्र नेपाली राई नाराद मुनि थुलुङ्गलाई पढ्दा मलाई धेरै गौरब लागेको थियो । जीवीतै भएका सिपाहि कवि जी।बि। लुगुन रक्ष राई दया कृष्ण राई टंक वनेम गणेश राई मुली वीर राई मिजास तेम्बे जगत नवोदित हेम कुमार राई ईश्वर चाम्लिङ्ग विश्व काजी राई लाल राना चोक गुरुङ्ग भुमी राज राई नरेश नातीहरुसंग प्रत्यक्ष भेटघाट र बाद बिवादबाट वास्तविक लेख्नेहरु त सिपाहिहरु पो रहेछन् भन्ने मलाई अहिले आएर लागी रहेको छ ।



संगीतका नोटेसनहरुमा शब्दको मात्र मिलेको हुनु पर्छ यदि शब्दको मात्र घटी वा बढी भएमा संगीतकारले गीतकारको शब्दमा अतिक्रमण गर्न बाध्य हुन्छन् । स्थाई र अन्तरामा शब्दको मात्र धेरै भएमा संगीतकारले शब्दलाई काटेर संगीतको नोटेसनमा मिलाएर गाउँनको लागी तयारी बनाउँछन् यदि शब्दको मात्र थोरै भएमा संगीतकारले हो हो हा हा जस्ता शब्दहरु थपेर गाउँनको लागी तयार बनाउँछन् । मलाई लाग्छ नातीका गीतहरुलाई संगीतकारले अतिक्रमण गरे भने अनर्थ हुनेछ । नातीका गीतहरु गीत जस्तै भएर आएका छन् ।



गीतका शब्दहरु भनेको भुमी हुन अथवा माटो हुन । माटो राम्रो भएमा अन्न बाली फलेर सजिलै पाक्न सक्छ । तर माटो राम्रो भएर मात्र फल्नु पर्ने जति फल्दैन र पाक्दैन । राम्रो फलाउन र पकाउनको लागी उचित हावापानी मौसम र गोडमेलखन्जोतको पनि उतीनै आवश्यक पर्दछ त्यसैले नातिका गीतहरुले कस्तो खालको हावा पानी र मौसमसंग भेट गर्ने हो हेर्न भने बाँकी नै छ । यस कृती भित्रका गीतहरुले मान्छेको जीवन भित्रका खाँटी जीवन लिएर आएको छ । हरेक पाटाहरुलाई छोएर आएको छ । माया पीरती देश प्रेम बिछोड ईश्वर प्रतिको ईन्कार युद्ध माटोको खोजीउदासीलो प्रकारका गीतहरु यस कृतिमा सामवेश भएका छन् । केहि गीतहरु प्रगतिशील बिचारका पनि छन् ।



नातीका गीतहरुले गीती लेखनमा एउटा उदाहरण जस्तो बनेर पनि आएको छ । उहाँका गीतहरुले केहि पुराना गीत लेख्ने स्रष्टाहरुलाई उदाहरण पनि दिएको छ । गीत गीत जस्तै हुनु पर्छ । यानेकी अरु जस्तो हैन । मलाई यो कृति हेर्दा नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले काठमाण्डौको गुरुकुलमा गरेको क्रार्यक्रमको सम्´ाना आईरहृको छ । त्यस क्रार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङ्गलाई सम्मान र गायक कुबेर राईलाई पुरस्कार बितरण गर्दा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङ्गज्युले भन्नु भएको थियो । एउटा कुकुरले एक पटक हार्मोनीयममा सा रे ग म सम्म बजाएको थियो रे तर मान्छेले चाहि सा रे ग म प ध नी सा बजाउन सक्नु पर्छ रे । त्यसरी नै गीत लेख्ने स्रष्टाहरुले भावाना मात्र पोखेर गीती लेखन पुरा हुदैन । भावाना मात्र पोखेर गीत लेख्ने स्रष्टाहरुलाई नातिका गीतहरुले कसरी गीत लेख्नु पर्छ भन्ने उदाहरण दिएर पनि आएको छ जस्तो लाग्छ मलाई ।



अब गीतका हरफहरुलाई हेरौ ।



भत्किएर चारै तिर हिड्ने बाटो छैन



आफ्नो भने संसारमा टेक्ने माटो छैन ।



ठेगान छैन एउटै छैन बसी हिड्ने बास मेरो



कुन बेला कहाँ पुगी जीवन बन्छ लाश मेरो ।



आफ्नो माटोमा जन्मिएर त्यहाँको परिवेश वातवरण समाज र संस्कृति संग खेली हुर्की बढेर वैशालु जोस जागर जति सबै परदेशी माटोमा मुछ्नु पर्ने हाम्रो विवस्ता छ । त्यही विवस्ताको एउटा वास्तवीक अनुहार यो गीतले देखाएको छ । वास्तवमै लाहुरेहरु अहिले आएर न यताको न उताको भएका छौ । परदेशबाट घरदेश फर्किन्दा लाहुरे आयो भन्छन् । घरदेशबाट आफ्नो नोकरीको लागी परदेश फर्कियो विदेशी आयो भन्छन् । हाम्रो लागी हाम्रो माटो कहाँ छ हाम्रो लागी हाम्रो हिड्ने बाटो कहाँ छु यसरी परदेशी अथवा लाहुरेहरुको पहिचान हराईरहेको अवस्थामा आफ्नो पहिचान खोजीरहेको छ नातीका गीती हरफहरुले ।



हाम्रो देश नेपालमा जन युद्धको घाउले पोलीरहेको बेलामा परदेशमै भए पनि देशको पिडा यसरी पोख्ोका छन् अर्को गीतका हरफहरुले ।



बाबा किन फर्किएनन् भन्छन् छोरा छोरी



आमा रुन्छिन् बिरहमा हुन्छिन् एकोहोरी ।



प्रतिक्षाको लामो घडी पर्खिएर बस्दा



साथ छुट्यो क्षणभरमै विधताले कस्दा ।



यस्तो एउटा खबरले रुवाबासी चल्यो



´ुपडीको ठुलो आशा उतै तिर ढल्यो ।



टुहुरा र टुहुरीको आमा सहारामा



विधुवाको एक्लो जीवन भयो संसारमा ।



सास छदै उठाएर उनिदियौ ´ीरमा



बाँच्नु पुे दिल जलाई छट्पटी र पीरमा ।



अ´ै पनि जन युद्धको घाउ हाम्रो देशमा निको भएको छैन । मैना सुनुवारको कथा होस या पत्रकार कृष्ण सेनको । जीतमान बस्नेतको होस या डेकेन्द्र थापाको । यस्ता कयौ नेपालीहरुको कथा जीवीतै छन् । कति छोरा छोरीहरु आमा बाबा कहिले आउँछन् भनेर बाटो हेरिरहेका छन् । कोही आमा बाबाहरु छोरा छोरीहरुको प्रतिक्षामा छन् । प्रतिक्षाको ठिट लाग्दो आशाको बसाइृ्र पनि हो यो गीत ।



भतिकएको ´ुपडीमा दुखियाको बास



बाचुन्जेल दुखै दुख मरे पछि लास ।



पसिनाको धारा बगाई माना मुठ्ठी पाउँछु



थकित भई घरमा राजै बेलुकी म आउँछु ।



छोराछोरी रुदै भन्छन् खै बाबा हाम्लाई गाँस



बाचुन्जेल दुखै दुख मरे पछि लास ।



सबै जान्छन् हाटबजार साडी चोली फेरी



मेरी प्यारी रमाउँछन् मेरै दुख हेरी



अर्काकैमा जीवन बित्यो जिन्गी भो दास



बाचुन्जेल दुखै दुख मरे पछि लास ।



अर्काको घर अथवा धनीको घरमा नोकर भएर बस्नु गरीब हुनुको तिक्ता अनुभुति यो गीतले पोखेको छ । अर्को कुरो नारीलाई सक्षम नारी पनि बनाएको छ किन भने दुखमै भए पनि घर परिवारको लागी हाँसेकी छे एउटा नारी ।



देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु पुगे



बिरहमा परिन आमा हजारैको आँसु ´पुछे ।



मीठा मीठा सपनाहरु म्ानभरि साँच्दै गए



फर्की आउने बाचा छाडी सधै भरी टाढा भए ।



कस्को भर पर्ने होला सवैवाट आशा मुे



बिरहमा परिन आमा हजारैको आँसु ´ुे ।



जीवन यहाँ हटियाको पशुभन्दा सस्तो भयो



मानवता र संवेदना कतातिर हराई गयो



मान्छे भित्र खै के पस्यो ह्दयमा ढुंङ्गा पुे



बिरहमा परिन आमा हजारैको आँसु ´ुे ।



यस्ता विभिन्न प्रकारका गीतहरु यो कृति भित्र समावेस भएका छन् । उहाँका गीती रचनाहरुलाई पढ्दा पढेर पढी रहँु जस्तो लाग्छ । ती गीतहरुले मीठो संगीत र सुमधुर स्वर पाउँने सम्भावना धेरै छन् । बाटो खाज्दा खोज्दै गीती लेखनमा एउटा शक्तिशाली कृति भएर आएको छ । तपाईको कलमले अ´ै नयाँ नयाँ चेतना र विचारका गीती हरफहरु जन्माउन सकोस नयाँ प्रयोगहरु गर्दै संख्यात्मक भन्दा गुणात्मक गीतहरु जन्माउन सकोस भन्ने सुनौलो कामना छ ।



जीवन र माटो खोजीरहेको यो कृति पाठकहरु सामु उभाई दिनु भएकोमा एउटा शुभ थालनी हो । अन्तमा तपाईलाई बधाई साथै दःुखले मान्छेलाई परिपक्क बनाउँछ यहि वाक्य तपाईलाई सापटी ।