हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Monday, September 13, 2010
ब्यङगात्मक कबिता - नबराज पन्थी "पिडित"

प्रिय
संसार कै मै राम्री भन्छेउ प्रिय ।
तिम्रो त उमेरले पनि नेटो काटिसकेछ ।।
लाली पाउडर क्रिम कति दल्छेउ प्रिय ।
तिम्रो त अनुहार पनि चाउरी परिसकेछ ।।
रातो कलर अनी मेन्दी कति लगाउछेउ प्रिय ।
तिम्रो त कपाल पनि सेतै फुलिसकेछ ।।
अझै पनि कति माया प्रितिका कुरा गर्छेउ प्रिय ।
तिम्रो त छोराले पनि लब गर्न थालिसकेछ ।।
-नबराज पन्थी "पिडित"
प्रकृती - डिलाराम घिमिरे
प्रकृती (कविता)
लटरम्म लतिकामा कोमलफुल फक्रिएका बेला,
त्यो रमणिय स्थान त्यहाँ हृदय सधै रमाउन खोज्दछ ।
शितल पवनले काउकुती लगाउँदा,
कता-कता स्वर्गको आभास हुन खोज्दछ ।।
ति मृगहरु चञ्चल स्वभावमा उफ्रि-उफ्रि रमाउँदा,
वसन्तमा पालुवाले मगमग वासना फिंजाउँदा,
कोइलीको मधुर स्वरमा मयुर पंख फिंजाई नाच्दा,
आनन्दसाथ तिमीसँग बस्न मन लाग्छ ।।
डिलाराम घिमिरे
वेल्वास-७, तापा, प्युठान
लटरम्म लतिकामा कोमलफुल फक्रिएका बेला,
त्यो रमणिय स्थान त्यहाँ हृदय सधै रमाउन खोज्दछ ।
शितल पवनले काउकुती लगाउँदा,
कता-कता स्वर्गको आभास हुन खोज्दछ ।।
ति मृगहरु चञ्चल स्वभावमा उफ्रि-उफ्रि रमाउँदा,
वसन्तमा पालुवाले मगमग वासना फिंजाउँदा,
कोइलीको मधुर स्वरमा मयुर पंख फिंजाई नाच्दा,
आनन्दसाथ तिमीसँग बस्न मन लाग्छ ।।
डिलाराम घिमिरे
वेल्वास-७, तापा, प्युठान
आसु तिम्रा आँखाका - माधव पोख्रेल

गजल
आसु तिम्रा आँखाका साथै लिएर जादैछु
तिम्रा सबै नासो तिमीलाई दिएर जादैछु
फर्किएर आउने छैन फेरी तिम्रो जीवनमा
फाटेको यो मेरो मन फेरी सिएर जादैछु
गर्ने छैन याद तिम्रो कुनै पलमा पनि
तिम्रो खुशीको क्षणमा नसा पिएर जादैछु
खुशी छु म धरै तिमी भन्दा पनि आज
एकै पलमा सारा जिवन जिएर जादैछु
तिम्रै मायाले देखायो मलाई ज्युने बाटो
तर आज संसार बाट दिनै खिएर जादैछु
माधव पोख्रेल
दमक झापा- नेपाल
हाल -कुबेत
झिलिमिली रैछ हजुर बिदेशमा - बिष्णु "निश्चल"

झिलिमिली रैछ हजुर बिदेशमा
मान्छे हेर्दा राम्रा थिए भित्री मन त कालो रैछ
मेनपवोरको खोल ओढी मान्छे बेच्ने जालो रैछ |
भिसा टिकेट फ्री आउँदा एक लाख बढी असुलेर
खाडी मुलुक पुर्याउने दलाल आफ्नै सालो रैछ |
नाम चलेको कम्पनी हो राम्रा राम्रा सुबिधा छन
यही कुरामा धेरै फसे अहिले हाम्रो पालो रैछ |
बिदेश भन्ने दल्दल रैछ नेपाल बाट फलिदियो
भाग्न गाह्रो ओरी पारी तिखो तिखो भलो रैछ |
झिलिमिली रैछ हजुर बिदेशमा जतततै
बत्ती मुनी लुकी बस्ने नेपाली नै कालो रैछ |
बिष्णु "निश्चल" सिन्धुपाल्चोक नेपाल
हाल :- सुल्तान सेन्टर कुवैत
मेरी मायाँ - भीमराज पाराङ

गजल
दाउरा र घाँस् भारी बानेर रुदै हौली मायाँ
कम्जोर शरीर प्राण धानेर रुदै हौली मायाँ
उकालीको चौतारीमा भारी बिसाई एकछिन्
खुईया खुईया सास् तानेर रुदै हौली मायाँ
पछ्यौरीले मुख पुस्दै मन्मा के के सोच्दै
जिन्दगी देखी हार मानेर रुदै हौली मायाँ
दुख मात्रै खेप्नु पर्ने, भाग्यै खोटो सम्झी
र,आफ्नो निधारमा हानेर रुदै हौली मायाँ
बर्षौ भो छुट्टी नगएको, भेट्घाट् नभएको
बिर्स्यो क्या हो, भन्ठानेर रुदै हौली मायाँ
- भीमराज पाराङ / कुवैत
Subscribe to:
Posts (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)