हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Monday, April 25, 2011
"सुर्य निभ्दैन" को लोर्कापण विमोचनको साथमा अनेसास कुवेत च्याप्टरको कविगोष्टी
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याटर तथा अभि जमान स्मृती ट्रष्टको संयुक्त आयोजनामा यही आउदो अप्रिल २९ तारिख शुक्रबारका दिन अनेसास कुवेत च्याप्टरका संरक्षक अनेसास केन्द्रिय संचालक साहित्यकार कवि होम क्षेत्रीको कविता संग्रह "सुर्य निभ्दैन" को लोर्कापण विमोचनको साथमा अनेसास कुवेत च्याप्टरको कविगोष्टी कुवेतको मंगाफ स्थित लतीफा टावरमा सम्पन्न हुदैछ । विस्तृत जानकारीको लागी ६५९६५२३० ६०७५०८३३ ९९२१७८९४ मा सम्पर्क गनुहोला ।
अध्यक्ष राजन रिमाल अभिलाषी
सचिव मनोज काफ्ले मनसुन
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याटर
अध्यक्ष राजन रिमाल अभिलाषी
सचिव मनोज काफ्ले मनसुन
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याटर
Saturday, April 23, 2011
सम्झना...त्यो रातको- भीमराज पाराङ

गजल
दुई झ्याल खुल्लै थिए तर ढोका बन्द थियो
सुमधुर साँझमा एकदम खुस्बु सुगन्ध थियो l
मनको खुल्दुली मेटाउन जब घुम्टो उघारियो
हिस्सी परेको मुहारमाझ मिलेको दन्त थियो l
सर्माई सर्माई एकअर्कामा समर्पित हुँदै जादा
दिलको धड्कन् बढेर बोली मन्द मन्द थियो l
सिरसिर हावा चलेर बाहिर ठन्डी बढ्दा पनि
भित्र दुई मुटु पग्लेर गर्मी झनै प्रचण्ड थियो l
कैले ईन्कार कैले प्रतिकार केही वास्त नगरी
रातैभरी घम्साघम्सी ठूलै भिषण द्वन्द थियो l
जवानीका रंग तरंग उथल् पुथल् छल्के पछि
दुवै मनमा सन्तुष्टी आह क्या आनन्द थियो l
भीमराज पाराङ
यहाँका मानिसहरु - सविता लामा

कविता
उज्यालो संसारमा भित्र भित्रै कालो कर्तुत गर्दा रहेछन् यहाँ
आफुलाई धर्मात्मा कहलाउनेहरु पनि पापी हुँदा रहेछन् यहाँ
खै....कस्को विश्वास र भरोषा गरौ यहाँ
नावालक चेलीहरुको अस्मितालाई लुट्ने लुटेराहरु रहेछन् यहाँ
अस्मितालाई लुट्ने लुटेराहरु रहेछन् यहाँ ।
दानवको राज्यमा शान्तिहोला तर अशान्ति छाएको छ यहाँ
आफ्नो अस्मिता लुटिदा पनि मुक दर्शक बन्न बाध्य छन् यहाँ
खै....कस्ले पो हाम्रो उद्धार गर्ला र ? यहाँ
शरण दिने नाममा आफै ईज्जत लुट्ने कोशिस गर्दछन् यहाँ
ईज्जत लुट्ने कोशिस गर्दछन् यहाँ l
आफ्ना माईती भनौदा नेपाली दाजुभाईहरुबाटै लुटिएका छन् यहाँ
गफले आकाशको तारा झार्ने समाज सेवीबाटै लुटिएका छन् यहाँ
खै.....आफ्नै माईतीबाट पनि तिखो वचन सुन्नु पर्दा यहाँ
यो वेसहारा दुःखित चेलीको कोही छैन भने झैं लाग्छ यहाँ
कोही छैन भने झैं लाग्छ यहाँ ।
सविता लामा
थाङपालकोट गा.वि.स. - ७ नागिघ्याङ
सिन्धुपाल्चोक, नेपाल
हालः- कुवेत
"रोएँ" गजल "मनसुन"

प्रस्तुत गजल श्री तोयानाथ उपेक्षित लाइ समर्पण गर्दछु
गजल
कहिले विगत गुनेर रोएँ
कहिले भविष्य बुनेर रोएँ ।
रोएँ आजम धेरै दिनपछी
तिम्रो तश्बिर चुमेर रोएँ ।
कमलो मन रुवाएर गयौ
तिम्रा बचनहरु उनेर रोएँ ।
रम्दै जम्दै बितेका दिनहरु
तिमिले अपेक्षा चुनेर रोएँ ।
भाईभाई फुटे रुन सकिन
तिमी फुटेको सुनेर रोएँ ।
मनसुन
रचना ११ अप्रिल २०११
दोधारे भो जिन्दकी-अर्जुन उदासी बस्नेत

दोधारे भो जिन्दकी पछुतो त हुन्न होला
गन्तब्य नहुदामा पतित त हुन्न होला
दिशाहिन हुदाखेरी सानो त म हुन्न होला
दोधारे यो जिन्दकिलाई प्रयोग कल्ले गर्छ होला ।
साथ पनि कस्तो रह्यो साथ कसलाई दिने होला
एक को साथ दिदाखेरी अर्को लाई के भन्ने होला
समाजले सोध्दाखेरी जवाफ के दिने होला
दोधारे यो जिन्दगीलाई निकाश कस्ले दिने होला ।
दिनहरु उराठ भए रात कस्ता आउछान होला
शुभ चिन्तक,बिपक्षिले गीत कस्ता गाउछन होला
नदिका त दुई किनरा आफ्ना आफ्ना हुन्छन होला
दोधारे यो जिन्दगी धरातल बिहिन हुन्छ होला ।
जुटेको यो साथ भित्र मन किन कुड्योहोला
लक्ष्य एउटै बोकेकाथ्यो विचार किन टुड्योहोला
स्वार्थको भाव हुँदा बिचार त्याहा डड्योहोला
दोधार यो जिन्दगीको गन्तब्य कहाँ हुन्छ होला ।
रुनुमा त मजा रैछ - राजन रिमाल अभिलाषी

तपाईहरु कहिल्यै रुनु भएको छ आज म साँच्चीकै रोए रुनुमा त मजा रैछ ।
जीवनमा पहिलो पल्ट
दिल खोलेर रोए
मनमा भका पिडा व्याथा
आँशुले नै धोए ।
अतित संझी जीवनमा
...
मन भूलाउन रोए
शिरानीमा आँशु पोखि
दिल खोलेर रोए ।।
भक्कानियो मन फेरी
डाँको छोडी रोए
जीवनको नियतिलाई
नियालेर रोए ।
जीवनको उतार चढाब
नियालेर रोए
रुनुमा त मजा रैछ
वल्ल थाहा पाए ।।
हाँसो रोदन जीवनका
उपहार पाए
जीन्दगीलाई संझि संझी
एकान्तमा रोए ।
मनको बोझ हटाउन लाई
रुनु सम्म रोए
टेलीफोनमै भए पनि
आफ्नै सँग रोए ।।
Subscribe to:
Posts (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)