हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Friday, October 7, 2011
दशैमा गजल
NepalKuwait.Com
बादल वर्षा हटेर घाम लाग्छ दशैंमा।
हाँसो खुशी उमङ्गको लाम लाग्छ दशैंमा।
जमरा त शिर माथि, अक्षता निधारमा।
आशिर्वाद संगसंगै दाम लाग्छ दशैंमा।
युवा युवती पिङमा, भन्दैछन् चचहुई।
सधै आए हुनि जस्तो याम लाग्छ दशैंमा।
साथीभाई मदिरामा, मस्त छन् जुवाखेल्न।
मेरो पनि थप अर्को नाम लाग्छ दशैंमा।
हुनेहरू ससुराली, जोडी संगै जानेछन्।
यो सम्झिदा तिम्रो घर आम लाग्छ दशैंमा।
बादल वर्षा हटेर घाम लाग्छ दशैंमा।
हाँसो खुशी उमङ्गको लाम लाग्छ दशैंमा।
जमरा त शिर माथि, अक्षता निधारमा।
आशिर्वाद संगसंगै दाम लाग्छ दशैंमा।
युवा युवती पिङमा, भन्दैछन् चचहुई।
सधै आए हुनि जस्तो याम लाग्छ दशैंमा।
साथीभाई मदिरामा, मस्त छन् जुवाखेल्न।
मेरो पनि थप अर्को नाम लाग्छ दशैंमा।
हुनेहरू ससुराली, जोडी संगै जानेछन्।
यो सम्झिदा तिम्रो घर आम लाग्छ दशैंमा।
आजम दिनभर फेसवुकमा हराए
NepalKuwait.Com
म आज दिनभर फेस बुकमा हराए
सवैलाई मनमा सँम्झिएर मुटुमा सजाए
तर मैले कसैलाई फोन गरिन
कसैको पुजा र आरधाना पनि गरिन ।
मलाई दशैले त्यति बेला नै घर बाट लखेटेथ्यो
जतिबेला अरुले नौरथा भन्दै नबरात्रीको कलस थापेथे
मैले दशैमा एक धरो कपडा किनीन
मैले कोही आफ्ना छन भनी कुनै दशैमा भनीन ।
मलाई एसएमएसमा आएका शुभकामना पढिन
कसैका सन्देशहरुमा मैले प्रतिक्रिया पनि गरिन
दशैको बहानामा रक्सि पिउनेहरुसँग सँगै बसिन
खसी काटेको देखेर कहिल्यै हाँसिन ।
म आज भरदिन फेसबुकमा हराए
अतितलाई सम्झिएर मुटुमा सजाए ।
तोया नाथ उपेक्षित
म आज दिनभर फेस बुकमा हराए
सवैलाई मनमा सँम्झिएर मुटुमा सजाए
तर मैले कसैलाई फोन गरिन
कसैको पुजा र आरधाना पनि गरिन ।
मलाई दशैले त्यति बेला नै घर बाट लखेटेथ्यो
जतिबेला अरुले नौरथा भन्दै नबरात्रीको कलस थापेथे
मैले दशैमा एक धरो कपडा किनीन
मैले कोही आफ्ना छन भनी कुनै दशैमा भनीन ।
मलाई एसएमएसमा आएका शुभकामना पढिन
कसैका सन्देशहरुमा मैले प्रतिक्रिया पनि गरिन
दशैको बहानामा रक्सि पिउनेहरुसँग सँगै बसिन
खसी काटेको देखेर कहिल्यै हाँसिन ।
म आज भरदिन फेसबुकमा हराए
अतितलाई सम्झिएर मुटुमा सजाए ।
तोया नाथ उपेक्षित
NepalKuwait.Com
महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२ औं जन्म जयन्तीमा विश्वभरी संजालको रुपमा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्यापटरले अक्टोबर २८ सुक्रबार भाइटीकाको दिन पारेर लक्ष्मी साहित्य शृंखला गर्ने भएको छ प्रबाशमा नेपाल भाषा र साहित्यलाई दिगो राख्न कुवैत नगरीमा साहित्यिक मनहरुले प्रचुर मात्रामा जागरुकता देखाएको प्रष्ट छ, उक्त लक्ष्मी साहित्य शृंखला कुवेतको मुरगाब स्थित सोल्टी (नेपाली) होटेलमा दिनको दुइ बजेदेखि शुरु हुनेछ, उक्त लक्ष्मी साहित्य शृंखलामा महाकवि देवकोटामा आधारित रचनाहरु मात्र वाचन गर्ने कुरा उक्त संथाका अध्यक्ष राजन रिमालले जानकारी गराउनु भयो l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्यापटर सबै बिधामा कलम चलाउनुहुने श्रष्टाहरुले यसैलाई सुचना मानी अक्टोबर २८ सुक्रबार भाइटीकाको दिन मुरगाब स्थित सोल्टी (नेपाली) होटेलमा आफ्नो रचनाको साथमा उपस्थितिको लागि अनुरोध गरेको छ तथा कुवेतका सम्पूर्ण संघ संस्थाका साहित्यीक मनहरुलाई पनि आफ्नो रचनाको साथमा उपस्थित हुनको लागि बिनम्र अनुरोध तथा निमन्त्रणा गर्दछ, अन्य जानकारीको लागी निम्न मोबाइल नम्बरमा राजन रिमाल “अभिलाषी” - ६५९६५२३०, मनोज काफ्ले मनसुन - ६०७५०८३३, हरिकृष्ण न्यौपाने “घायल” - ९९४९८६६१, आनन्द आचार्य “साइँलाबाजे” - ९९२१७८९४ , केदारनाथ खरेल ५५४३४०८७ अर्जुन बस्नेत “उदासी” ६६२९८९२०, मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ l
पुनश्च - सबै रचना महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्बन्धि हुनुपर्नेछ, कुवैत नगरीका सम्पूर्ण साहित्यिक मनहरुलाई उक्त साहित्यिक मझेरीमा स्वागत छ
पुनश्च - सबै रचना महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्बन्धि हुनुपर्नेछ, कुवैत नगरीका सम्पूर्ण साहित्यिक मनहरुलाई उक्त साहित्यिक मझेरीमा स्वागत छ
Subscribe to:
Posts (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)