हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Wednesday, March 31, 2010
मुक्तक (आँशु)
लेखक- केदार नाथ खरेल
विगतका क्षणहरु सम्झदा झर्ने गर्छ
नयनबाट बलिन्द्र धारा आँशु।
मुटुभरी अदृष्य चोटहरु सजाई
कृत्रिम हाँसो म कसरी हाँसु।
विश्वासघातको डडेलोले यो दिल
जलेर खरानी भएको छ।
प्रेममय समर्पित माया पनी आज
आँशुको महासागरमा परिणत भएको छ।
आई.पि.सी अफिस मालीया - कुवैत
मोवाइल नं.+965-55330427
विगतका क्षणहरु सम्झदा झर्ने गर्छ
नयनबाट बलिन्द्र धारा आँशु।
मुटुभरी अदृष्य चोटहरु सजाई
कृत्रिम हाँसो म कसरी हाँसु।
विश्वासघातको डडेलोले यो दिल
जलेर खरानी भएको छ।
प्रेममय समर्पित माया पनी आज
आँशुको महासागरमा परिणत भएको छ।
आई.पि.सी अफिस मालीया - कुवैत
मोवाइल नं.+965-55330427
Wednesday, March 24, 2010
सुभकामना (गजल)
मनोज काफ्ले 'मनसुन'
कुवैतबाट भर्खरै प्रकाशनमा आएको नेपाली छापा पत्रिका मरुभूमिको कोशेलीलाइ शुभकामना !!
दुइ आत्माको प्रित बनोस मरुभूमिको कोशेली
मरुभूमिमा शीत बनोस मरुभूमिको कोशेली
अविरल भरी रहुन साहित्यका पन्ना तिम्रा
परदेशीको गीत बनोस मरुभूमिको कोशेली
छर्न सकोस खुसी यहाँ हाँस्न सकुन रुनेहरू
संकटमा हित बनोस मरुभूमिको कोशेली
वर्षौदेखि गुम्सिएका पिंडाहरु परदेशीका
मनमुटुको मीत बनोस मरुभूमिको कोशेली
परदेशीका हालहरु बेदनाका छालहरू
पन्छाएर जीत बनोस मरुभूमिको कोशेली
मनसुन
कुवैतबाट भर्खरै प्रकाशनमा आएको नेपाली छापा पत्रिका मरुभूमिको कोशेलीलाइ शुभकामना !!
दुइ आत्माको प्रित बनोस मरुभूमिको कोशेली
मरुभूमिमा शीत बनोस मरुभूमिको कोशेली
अविरल भरी रहुन साहित्यका पन्ना तिम्रा
परदेशीको गीत बनोस मरुभूमिको कोशेली
छर्न सकोस खुसी यहाँ हाँस्न सकुन रुनेहरू
संकटमा हित बनोस मरुभूमिको कोशेली
वर्षौदेखि गुम्सिएका पिंडाहरु परदेशीका
मनमुटुको मीत बनोस मरुभूमिको कोशेली
परदेशीका हालहरु बेदनाका छालहरू
पन्छाएर जीत बनोस मरुभूमिको कोशेली
मनसुन
Monday, March 22, 2010
मित्र
डिलाराम घिमिरे (कुवैत)
ति अतितका दिनको सम्झनामा
पानी विनाको माछा झैं
मरुभूमिको काखमा।
तिम्रै मुटुको धड्कन सँगै रमाउने
स्वच्छ पवित्र मायामा।
मोतीका दानाले कोमल नयन भरिंदा
मुटु भित्र भक्कानो फुट्छ
तिम्रै यादमा।
सानु एक्लै समुन्द्र पारी देशमा
एक्लै शहरको रमझममा
शुन्य झै लाग्दछ, मलाई
कोही छैन मेरो साथमा।
तिम्रो हृदयसँग मेरो मुटु धड्केको जस्तो
लाग्छ, सोच्दा विछोडका पीडाले नूनचुक
छर्किय झै, काटेको घाउमा।
काहाँ छ र <
उपकार गरिगरि कस्लाई के पो धर्म लागेको छ र <
पापी पनि राम्रो भै एक दिन पापमा नपरेको काहा छ र <
राम्रै बोल, राम्रै गर, उपदेश गुरूले नदिएको काहाँ छ र <
न बिग्रियोस मेरा सन्तानहरु नभनेको बुबाआमाले काहाँ छ र <
साथि बिनाको जिन्दगी एक्लै बाँचेको काहाँ छ र <
सुख नै मिल्ला जिन्दगीमा तर आँशु नझारेको काहाँ छ र <
हावा विना पातहरु नहल्लिएको काहाँ छ र <
गल्ति विना सजाय यहाँ नपाएको काहाँ छ र <
हाँसी खुशी मिलनमा नरमाउने काहाँ छ र <
विछोडमा दुःखपाई नतड्पिने काहाँ छ र <
डिलाराम घिमिरे (कुवैत)
ति अतितका दिनको सम्झनामा
पानी विनाको माछा झैं
मरुभूमिको काखमा।
तिम्रै मुटुको धड्कन सँगै रमाउने
स्वच्छ पवित्र मायामा।
मोतीका दानाले कोमल नयन भरिंदा
मुटु भित्र भक्कानो फुट्छ
तिम्रै यादमा।
सानु एक्लै समुन्द्र पारी देशमा
एक्लै शहरको रमझममा
शुन्य झै लाग्दछ, मलाई
कोही छैन मेरो साथमा।
तिम्रो हृदयसँग मेरो मुटु धड्केको जस्तो
लाग्छ, सोच्दा विछोडका पीडाले नूनचुक
छर्किय झै, काटेको घाउमा।
काहाँ छ र <
उपकार गरिगरि कस्लाई के पो धर्म लागेको छ र <
पापी पनि राम्रो भै एक दिन पापमा नपरेको काहा छ र <
राम्रै बोल, राम्रै गर, उपदेश गुरूले नदिएको काहाँ छ र <
न बिग्रियोस मेरा सन्तानहरु नभनेको बुबाआमाले काहाँ छ र <
साथि बिनाको जिन्दगी एक्लै बाँचेको काहाँ छ र <
सुख नै मिल्ला जिन्दगीमा तर आँशु नझारेको काहाँ छ र <
हावा विना पातहरु नहल्लिएको काहाँ छ र <
गल्ति विना सजाय यहाँ नपाएको काहाँ छ र <
हाँसी खुशी मिलनमा नरमाउने काहाँ छ र <
विछोडमा दुःखपाई नतड्पिने काहाँ छ र <
डिलाराम घिमिरे (कुवैत)
भरिया दाई
डिलाराम घिमिरे (कुवैत)
भारिमा बोकी भरिया दाई उकाली लाग्दछन्।
सुस्केरा हाल्दै, निधारको पसिना पुछेर फाल्दछन्।।
के मलाई मात्र दैवले दुःख यतिका दिंदैछन्।
भगवान पनि म माथि किन परिक्षा लिंदैछन्।।
मनले सोच्छन् आशु बगाउँछन चौपारी टाढाछ।
चप्पल छैन पैताला मुनि पाउभरी काँडाछ।।
फाटेको कमिज सिलाई लाउँदा धिक्कार्छु कर्मलाई।
मनमा सोच्छन विचार गर्छन, छोप्दछन सर्मलाई।।
भारिमा बोकी भरिया दाई उकाली लाग्दछन्।
सुस्केरा हाल्दै, निधारको पसिना पुछेर फाल्दछन्।।
के मलाई मात्र दैवले दुःख यतिका दिंदैछन्।
भगवान पनि म माथि किन परिक्षा लिंदैछन्।।
मनले सोच्छन् आशु बगाउँछन चौपारी टाढाछ।
चप्पल छैन पैताला मुनि पाउभरी काँडाछ।।
फाटेको कमिज सिलाई लाउँदा धिक्कार्छु कर्मलाई।
मनमा सोच्छन विचार गर्छन, छोप्दछन सर्मलाई।।
Sunday, March 7, 2010
सपना
भीम के सि
धेरै भयो सपनीमा देखेको तिमीलाई।
अति आउन थाल्यो याद किन-किन मलाई।।
न सम्झेको कुनै छ दिन न त छ कुनै रात।
मलाई मात्रै हो कि यस्तो यो मायाको जात।।
हिजो राती सपनामा थियौ तिमी साथमा।
धेरै भयो सपनीमा देखेको तिमीलाई।
अति आउन थाल्यो याद किन-किन मलाई।।
न सम्झेको कुनै छ दिन न त छ कुनै रात।
मलाई मात्रै हो कि यस्तो यो मायाको जात।।
हिजो राती सपनामा थियौ तिमी साथमा।
नेपाल आमा
राकेश कार्की
लस् एन्जेलस
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी
दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ
पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा
रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।
लस् एन्जेलस
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी
दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ
पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा
रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।
Saturday, March 6, 2010
प्यारो साथी कृष्ण आरामछु, साथै कुशलताको कामना गर्दछु।
नबराज"पीडित", अनेसास सदस्य कुबेत
कृष्ण तैले पठाएको ईमेल हिजो पढे कता–कता भित्र–भित्रै खुशी पनि लाग्यो अनि दुःख पनि किनकि तँ पनि छिट्टै कुवैत आउँदै रहेछस् आखिर किन… कृष्ण उही मथिल्लो घरको भुण्टेको देखेर की माझ पाटा गोरेको देखेर मलाई निक्कै खुल्दुली लागि रहेकोछ । तैंले त आफ्नै जन्मभूमि,आफ्नै गाउँ,आफ्नै परिवार, उकाली ओराली,भञ्ज्याङ्ग,चौतारीमा रमाउँदै तरकारी खेती गरेर पनि टन्न पैसा कमाएकै थीइस । परिवारलाई अरुले भन्दा राम्रोसँग राखेकै थीइस,छोरा छोरी पनि बोर्डिङ् स्कुलमा पढाएकै थिइस,कोही भन्दा कम पनि थिइनस्,गाउँका सबैले मान्थे,समाजसेवा र गाउँको उन्नती र प्रगतिको लागि तैले पुर्याएको योगदान कसैले भुल्न सक्दैन थिए, गाउँमै परिवारको साथ बसेर दाम र नाम दुवै कमाएकै थिइस, के भयो तलाई “धन भने पछि महादेवको तीन नेत्र”
Friday, March 5, 2010
गजल-मणिग्राम रुपन्देही
हेर्दा हेर्दै नजरले हाने तिमीलाई
आकाशमा चन्द्रमाझै छाँनें तिमीलाई

छ कि छैन लेखेको त विधाताले निधारमा
नछुट्टिने आफु्नै मुटु ठाँने तिमीलाई ।
नसकेनी कुरा खोल्न मनभित्र खुम्चिएका
ईशाराले बुझिदिने मानें तिमीलाई ।
हाम्रो कार्यसमिति २०१०/२०११
संरक्षक :-
वरिष्ठ साहित्यकारहरु
महामहिम राजदुत श्री मधुवन प्रशाद पौडेल
भाषाविद कवि श्री होम बहदादुर क्षेत्री
अध्यक्ष :- राजन रिमाल ''अभिलाषी''
उपाध्यक्ष :- आनन्द आचार्य ''एकलोयात्री''
महासचिब :-तोयानाथ दाहाल ''उपेक्षित''
सचिब :- मनोज काफ्ले ''मनसुन''
कोषाध्याक्ष : अर्जुन बहादुर बस्नेत ''उदासी''
सदस्यहरु :- विमल लामिछाने
:- हरिकृष्ण न्यौपाने '' घायल"
:- विष्णु निश्चल
: कमल ढकाल
:- राजेन्द्र शर्मा राजन
:- राजकुमारी याक्खा
:-छविराम वि के ''निर्दोष''
:-केदार नाथ खरेल
:-पुर्खा पून
:- नवराज पंन्थी "पिडित''
:-गंगा राई ''घायल''
:- बिष्णु पन्थी '' आस्था''
:- कृष्ण प्रशाद आचार्य
:- भिम के सि
:- पुर्णिमा किराँत
:-भुपाल राना ''आभास''
सल्लाहकारहरु:-
:- सन प्रशाद प्रधान
:- राजेन्द्र तामाङ
:- राजन कुवँर
:- किरण पौड्याल
:-सुजन के सि ''अभागी''
:- वाल कुमार गुरुंङ ''वालक''
:-आर /बि बुढाथोकि
:- मान बहादुर भुजेल (मनु)
:- ठाकुर प्रशाद पौडेल
:- दिपक क्षेत्री
वरिष्ठ साहित्यकारहरु
महामहिम राजदुत श्री मधुवन प्रशाद पौडेल
भाषाविद कवि श्री होम बहदादुर क्षेत्री
अध्यक्ष :- राजन रिमाल ''अभिलाषी''
उपाध्यक्ष :- आनन्द आचार्य ''एकलोयात्री''
महासचिब :-तोयानाथ दाहाल ''उपेक्षित''
सचिब :- मनोज काफ्ले ''मनसुन''
कोषाध्याक्ष : अर्जुन बहादुर बस्नेत ''उदासी''
सदस्यहरु :- विमल लामिछाने
:- हरिकृष्ण न्यौपाने '' घायल"
:- विष्णु निश्चल
: कमल ढकाल
:- राजेन्द्र शर्मा राजन
:- राजकुमारी याक्खा
:-छविराम वि के ''निर्दोष''
:-केदार नाथ खरेल
:-पुर्खा पून
:- नवराज पंन्थी "पिडित''
:-गंगा राई ''घायल''
:- बिष्णु पन्थी '' आस्था''
:- कृष्ण प्रशाद आचार्य
:- भिम के सि
:- पुर्णिमा किराँत
:-भुपाल राना ''आभास''
सल्लाहकारहरु:-
:- सन प्रशाद प्रधान
:- राजेन्द्र तामाङ
:- राजन कुवँर
:- किरण पौड्याल
:-सुजन के सि ''अभागी''
:- वाल कुमार गुरुंङ ''वालक''
:-आर /बि बुढाथोकि
:- मान बहादुर भुजेल (मनु)
:- ठाकुर प्रशाद पौडेल
:- दिपक क्षेत्री
Tuesday, March 2, 2010
कोहि छ घरज्वाँई बस्ने ?
हाम्रो दिनहुँ झगडा पर्छ
कहिले मुक्का मुक्की हुन्छ ।
कहिले फास्स फुस्स मै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बुढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बुढी रातो तावा उचाल्छे
आभास जी नमस्ते (सम्पादक मण्डल)
प्रबन्धक एव सम्पादक :- राजन रिमाल '' अभिलाषी ''
प्रधान सम्पादक :- तोया नाथ दहाल '' उपेक्षित ''
सम्पादक :- मनोज काफ्ले '' मनसुन ''
कार्यकारी सम्पादक :-आन्नद आचार्य '' एक्लोयात्री ''
प्रधान सम्पादक :- तोया नाथ दहाल '' उपेक्षित ''
सम्पादक :- मनोज काफ्ले '' मनसुन ''
कार्यकारी सम्पादक :-आन्नद आचार्य '' एक्लोयात्री ''
गजल कविता र चुटकिला होइन !!
मनोज काफ्ले ''मनसुन'' / अनेसास कुबेत सचिब
आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्न अत्युक्ती नहोला ।
Monday, March 1, 2010
साहित्यकारहरुको जीवनी
साहित्यकारहरुको "जीवनी" पेज परिक्षण अबस्थामा
कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" पौष २५, २०२५ साल भारापा ७,यक्वाडांडा, पांचथरमा पहिलो पटक यस धरतीमा पार्इला टेक्नु भएको हो । वहाँको बाबु स्व.श्रीप्रसाद ईङनाम, आमा स्व. पबित्र लिङदेन ईङनाम, दुई भाई, एक बहिनी, श्रीमति लक्ष्मी मायां र दुई छोरा- नाम्साङ र मिराप ईङनामहुनुहुन्छ। अध्यायनको क्रम प्राथमिक तहदेखि एस.एल.सी. त्रिमोहन मा.बि. आठराई संक्रान्ती तेह्रथुममा भयो । त्यसरी नै अध्यायनको क्रमलार्इ आईए तेह्रथुम क्याम्पस आठराई तेह्रथुमबाट र बि.ए. मेचि क्याम्पस भद्रपुर झापा तथा जि.ई.डि. लेभलको अध्यायन लाग्वार्डिया कलेज न्यूयोर्कमा पुरा गर्नु भएको छ ।
लघु कथा परिक्षण अबस्थामा
यो पेज लघु कथाको लागि छुट्याएको छ !
घुम्ने कुर्सी
रचनाकार : कृष्ण वजगाईं
कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।
घुम्ने कुर्सी
रचनाकार : कृष्ण वजगाईं
कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।
त्यसपछि ती टाउकेहरुलाई तह लगाउँन तिनका टाउकाको मूल्य तोकियो । टाउको ल्याउनेहरुलाई टाउकोको वजन बराबरको सुनको असर्फी दिइने घोषणा भयो । यो खवर थाहा पाएर सुरुमा त ती टाउकाहरु छक्क परे ।
गजल परिक्षण अवस्थामा
यो पेज गजलको लागी छुट्याएको छ!
तिमीदेखि टाढा हुन्छु, अलि वर सर भन्छौ ।
जिन्दगीका दुई पल, सँगै रंग भर भन्छौ ।।
सजाउन गाह्रो हुन्छ, जिन्दगीका रंगहरू,
असम्भव छैन केहि, साँचो माया पाउन यहाँ,
दुई कदम् सर्छु म, एक तिमी सर भन्छौ ।
रोकेर नै भेल पनि, प्रेम गंगा तर भन्छौ ।
‘विवश’ हुनु पर्दैन रे, सफलता पाउन यहाँ,
हरि मानन्धर “विवश”
क्याक्मी – ९, स्याङ्ग्जा (हाल इजरायल)
तिमीदेखि टाढा हुन्छु, अलि वर सर भन्छौ ।
जिन्दगीका दुई पल, सँगै रंग भर भन्छौ ।।
सजाउन गाह्रो हुन्छ, जिन्दगीका रंगहरू,
मन भित्रै मात्र होइन, मेरो सामु छर भन्छौ ।
असम्भव छैन केहि, साँचो माया पाउन यहाँ,
दुई कदम् सर्छु म, एक तिमी सर भन्छौ ।
कस्ले भन्यो दुई किनार्, हाम्रो सत्य प्रेमलाई,
रोकेर नै भेल पनि, प्रेम गंगा तर भन्छौ ।
‘विवश’ हुनु पर्दैन रे, सफलता पाउन यहाँ,
नमानेर डर कतै, मलाई नै हर भन्छौ ।
हरि मानन्धर “विवश”
क्याक्मी – ९, स्याङ्ग्जा (हाल इजरायल)
कविता कुशुम_परिक्षण अवस्थामा
उ आयो
अनि झस्कायो
फेरी चिच्याहटका साथ भन्यो
म आए,केबल तिम्रो लागी आए।
अब यो सन्सार तिम्रो रहेन
तिम्रै आफन्त आफ्ना भएनन
तिमी यात्रु भयौ
बाटो कठिन छ
बिस्तारै आउ
सुस्तारै आउ
ति दिनहरु सम्झ
जुन तिमीले मायामा बितायौ
ति पाईलाहरु सोच,
जाह तिमि हिडन डरायौ ।
अनि झस्कायो
फेरी चिच्याहटका साथ भन्यो
म आए,केबल तिम्रो लागी आए।
अब यो सन्सार तिम्रो रहेन
तिम्रै आफन्त आफ्ना भएनन
तिमी यात्रु भयौ
बाटो कठिन छ
बिस्तारै आउ
सुस्तारै आउ
ति दिनहरु सम्झ
जुन तिमीले मायामा बितायौ
ति पाईलाहरु सोच,
जाह तिमि हिडन डरायौ ।
Subscribe to:
Posts (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
संग्रह
-
▼
2010
(86)
-
▼
March
(18)
- मुक्तक (आँशु)
- सुभकामना (गजल)
- मित्र
- भरिया दाई
- !!! हार्दिक श्रद्धाञ्जली !!! शिखर पुरुष गिरिजाप्रस...
- सपना
- नेपाल आमा
- प्यारो साथी कृष्ण आरामछु, साथै कुशलताको कामना गर्दछु।
- गजल-मणिग्राम रुपन्देही
- कार्यसमितिका तस्विरहरु
- हाम्रो कार्यसमिति २०१०/२०११
- कोहि छ घरज्वाँई बस्ने ?
- आभास जी नमस्ते (सम्पादक मण्डल)
- गजल कविता र चुटकिला होइन !!
- साहित्यकारहरुको जीवनी
- लघु कथा परिक्षण अबस्थामा
- गजल परिक्षण अवस्थामा
- कविता कुशुम_परिक्षण अवस्थामा
-
▼
March
(18)