हामी यहाँ छौ

हाम्रो साथमा

Sunday, March 7, 2010

PostHeaderIcon सपना

भीम के सि
धेरै भयो सपनीमा देखेको तिमीलाई।

अति आउन थाल्यो याद किन-किन मलाई।।

न सम्झेको कुनै छ दिन न त छ कुनै रात।

मलाई मात्रै हो कि यस्तो यो मायाको जात।।

हिजो राती सपनामा थियौ तिमी साथमा।


फर्कि आउन भन्थ्यौ तिमी मलाई बातै बातमा।।

कति मिठो थियो त्यो पल बिताएको तिमीसँग ।

कुनै शब्द छैन सानु वर्णन गर्ने म सँग।।

अस्ति राति देख्या थिंए छोरी र छोरालाई।

स्कुल जानु भन्दै थिए दुबैलाई बोलाई।।

उस्तै थिए उत्रै थिए जस्तो म घरमा छँदा।

नरमाईलो लाग्यो अरे म विदेशमा हुँदा।।

घरकै मात्रै सपना देख्छु किन दिन दिनै।

विरामी पो पर्यौ कि त सोचिरहन्छु छिन छिनै।।

सारै सारै मन आत्तियो खबर केही नपाउँदा।

चिठी पठाउ प्यारी तिमी कोही मान्छे आउँदा।।

म त धेरै टाढा भए छैन बस्नु साथमा ।

पर्खि बस्नु तिमीहरु फर्कि आउँछ भन्ने आशमा।।

रक्षा गर्नु शिव भगवान मेरो परिवारलाई।

दश औली बिन्ती अनि फूलपाती हजुरलाई।।

0 comments:

Post a Comment