हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Sunday, January 23, 2011
कुवेतमा नेपाली साहित्य अनुरागीहरुको भेला हुने, सबैलाई आफ्नो रचना लिएर आउन हार्दिक निमन्त्रणा !
हरी कृष्ण न्यौपाने
कुवेत-२३-जनावरी-२०११ अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना तथा अभि-जमान स्मृति ट्रष्टको प्रायोजनमा कुवेतमा पहिलो पटक सम्पूर्ण नेपाली साहित्यिक ब्यक्तित्वहरुको जमघट तथा काब्य श्रृखलाको शुरुवातको औपचारिक कार्यक्रम आयोजना हुने भएको छ। कुवेतका लागि नेपाली राजदुत तथा कथाकार-साहित्यकार एवम अनेसास कुवेतका संरक्षक मधुबन प्रसाद पौडेल ज्युले उद्धघाटन गर्नुहुने सो कार्यक्रममा अनेसास केन्द्रिय समितिका सदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्री तथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टको सौजन्यता रहने भएको छ।
Saturday, January 22, 2011
हृदयमा दन्केको आगो-सुष्मा राई
हृदयमा दन्केको आगो
छाति भित्र दन्केको आगो निभाउन म रुन्छु ।
यही रुवाई पनि मेरो हाँसो भाको ठान्छु ।।
आखिर के हो मान्छे आखिर के हो बुझ्नै सकिन।
ईच्छा मेरो एक तिर कर्म अर्कै तिर किन ?
केवल म त मेरो निम्ति अरुको त होईन ।
उडि जाने भुवा हुँ म अल्झे किन जालोमा ।।
आखिर के हो संसार आखिर के बुझ्नै सकिन ।
चरा जस्तै उडी हिंड्ने पंक्षी किन भइन ।।
पुतली झैं खेली हिंड्ने जीवन मैले किन पाइन ?
चरा झैं स्वतन्त्र उडन चाहन्थे तर किन पाइन ।।
कसरी दुश्मनको बन्धनमा परेको थाहै पाइन ।
छाति भित्र दन्केको आगो मैले निभाउनै पाइन ।।
सुष्मा राई
छाति भित्र दन्केको आगो निभाउन म रुन्छु ।
यही रुवाई पनि मेरो हाँसो भाको ठान्छु ।।
आखिर के हो मान्छे आखिर के हो बुझ्नै सकिन।
ईच्छा मेरो एक तिर कर्म अर्कै तिर किन ?
केवल म त मेरो निम्ति अरुको त होईन ।
उडि जाने भुवा हुँ म अल्झे किन जालोमा ।।
आखिर के हो संसार आखिर के बुझ्नै सकिन ।
चरा जस्तै उडी हिंड्ने पंक्षी किन भइन ।।
पुतली झैं खेली हिंड्ने जीवन मैले किन पाइन ?
चरा झैं स्वतन्त्र उडन चाहन्थे तर किन पाइन ।।
कसरी दुश्मनको बन्धनमा परेको थाहै पाइन ।
छाति भित्र दन्केको आगो मैले निभाउनै पाइन ।।
सुष्मा राई
छोरीको जिवन - बिन्दु "बिबस”

छोरीको जिवन
कति दुखी छ यो संसारमा छोरीको जिवन
जन्मघर छोडी जानुपर्ने
कति व्यथा छ यो संसारमा छोरीको जिवन
पराइलाई आफ्नो बनाई बाच्नु पर्ने ।
कति कठिनदायी छ यो संसारमा छोरीको जिवन
पराईको चुला चौकामा रगडिनु पर्ने
कति कल्ङकीत छ यो संसारमा छोरीको जिवन
अनेक लालछाना लाई सामना गर्नुपर्ने ।
कति पिडादायी छ यो संसारमा छोरीको जिवन
बिना कारण पिडा सहनुपर्ने
कति उदासी छ यो यो संसारमा छोरीको जिवन
कसैको खुसीमा हाँस्नु पर्ने ।
कति बोझीलो छ यो संसारमा छोरीको जिवन ।
मनभरि पिडा लिएर पनि अरुको सामु हाँस्नुपर्ने ॥
बिन्दु "बिबस”
Friday, January 14, 2011
कविता भन्दै-सुन्दै २० किलोमिटर होमबहादुर क्षेत्री
होमबहादुर क्षेत्री सानो छँदा
होमबहादुर क्षेत्री पेट्रोलियम इन्जिनियर हुनुहुन्छ । उहाँ खाडी राष्ट्र- कुवेतमा वार्ह वर्षदेखि पेट्रोलियम इन्जिनियरका रूपमा काम गर्दै आउनुभएको छ । उहाँको जन्म सन् १९५७ अगस्त ६ मा भारतको आसाम राज्यको डिगबोईमा भएको हो । उहाँ जमानसिंह र अभि क्षेत्रीका साहिला छोरा हुनुहुन्छ । उहाँहरू पाँच भाई र पाँच दिदीबहिनी जन्मनु भएको हो । उहाँले पेट्रोलियम इन्जिनियरिङमा बीटेक र एमटेक गर्नुभएको छ । ती दुई तहपछि उहाँले नर्वेबाट 'पेट्रोलियम अन्वेषण' मा प्री-डक्टरल डिप्लोमा र शोध गर्नुभएको छ । नर्वे अध्ययनमा उहाँले डेढ वर्ष बिताउनुभएको हो । भारतको तेलसम्बन्धी संस्था ओएनजीसी र आइओसीको उच्च पदमा १५ वर्ष बिताउनुभएको छ । भारतमा धेरै पुरस्कार पाउनुभएको छ । उत्तरी कुवेतका तेल भण्डारको विस्तार र दीर्घकालीन राष्टिय योजना बनाउने दलका प्रमुख हुनुहुन्छ । उहाँसँग ट्युनिसिया र मोरक्कोमा तेल खानी खोज्न काम गरेको अनुभव छ । कुवेतमा पनि धेरै पटक पुरस्कृत हुनुभएको छ । इन्जिनियर भए पनि उहाँ साहित्यमा रूचि राख्नुहुन्छ ।
मान्छे मान्छेमा होम बहादुर क्षेत्री
मान्छे मान्छेमा
केही फरक छैन
फगत रोटी; कपडा र घरको व्यथा
कोही खीर त कोही चना चबेनामा गुजर
कोही फुटपाथमा बास त कोही अट्टालिकाको बगर
कोही करोड़मा खेल्छन
त कोही खेल्छन सिक्कामा चित पट गर्दै
तर जीऊमा बग्ने रगत एक छ
माया गर्ने मुटु
समस्त शरीरिक प्रक्रिया एकै छ
छाला गोरो होस वा कालो
एकै छ अंग अंग
भेद जन्मन्छ
न बुझिकन
द्वीप भएर बसने इच्छा गर्नेहरुको ठुलो जमात भएका हुनाले !
यहाँ अनेसास कुवेतको संरक्षक हुनुहुन्छ ।
केही फरक छैन
फगत रोटी; कपडा र घरको व्यथा
कोही खीर त कोही चना चबेनामा गुजर
कोही फुटपाथमा बास त कोही अट्टालिकाको बगर
कोही करोड़मा खेल्छन
त कोही खेल्छन सिक्कामा चित पट गर्दै
तर जीऊमा बग्ने रगत एक छ
माया गर्ने मुटु
समस्त शरीरिक प्रक्रिया एकै छ
छाला गोरो होस वा कालो
एकै छ अंग अंग
भेद जन्मन्छ
न बुझिकन
द्वीप भएर बसने इच्छा गर्नेहरुको ठुलो जमात भएका हुनाले !
यहाँ अनेसास कुवेतको संरक्षक हुनुहुन्छ ।
Subscribe to:
Posts (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)