हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Sunday, January 23, 2011
कुवेतमा नेपाली साहित्य अनुरागीहरुको भेला हुने, सबैलाई आफ्नो रचना लिएर आउन हार्दिक निमन्त्रणा !
हरी कृष्ण न्यौपाने
कुवेत-२३-जनावरी-२०११ अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना तथा अभि-जमान स्मृति ट्रष्टको प्रायोजनमा कुवेतमा पहिलो पटक सम्पूर्ण नेपाली साहित्यिक ब्यक्तित्वहरुको जमघट तथा काब्य श्रृखलाको शुरुवातको औपचारिक कार्यक्रम आयोजना हुने भएको छ। कुवेतका लागि नेपाली राजदुत तथा कथाकार-साहित्यकार एवम अनेसास कुवेतका संरक्षक मधुबन प्रसाद पौडेल ज्युले उद्धघाटन गर्नुहुने सो कार्यक्रममा अनेसास केन्द्रिय समितिका सदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्री तथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टको सौजन्यता रहने भएको छ।
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्ष तथा बरिष्ट पत्रकार राजन रिमालका अनुसार आगामी फेव्रुअरी ११ तारीखका दिन कुवेतमा छरिएर रहेका साहित्यकारहरुको पहिचान गरी अनेसास कुवेतको छाता मुनि राख्ने उदेश्यका साथै विदेशमा पनि नेपाली भाषा साहित्यको विकास र समबर्धन गर्ने हेतुले कुवेतको फाहिल स्थित रोयल मुगलाई रेष्टुरेण्टमा एक बिशेष साहित्यिक कार्यक्रम गर्न लागिएको हो।पृथ्वीको जुन भुगोलमा हामी बसे पनि आफ्नो भाषा र साहित्यलाई कहिल्यै पनि भौगोलीक सिमानाहरुले छेक्न सक्दैनन भन्नेकुरा लाई साबित गर्दै अनेसासले यस अघिका दिनहरुमा कुवेतमा बिभिन्न साहित्यिक कार्यक्रमहरु गरिसकेको छ।
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले निकालेको सार्वजनिक अनुरोध यस प्रकार छ।
सुचना ! सुचना !! सुचना !!!
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना तथा अभि-जमान स्मृति
ट्रष्टको प्रायोजनमा कुवेतमा रहेका नेपाली साहित्य अनुरागीहरु लाई नेपाली भाषाको माध्यम बाट
एउटै मालामा उन्दै साहित्यिक मनहरुको द्धैमासिक काव्य श्रृखला संञ्चालन गरिने अनेसास कुवेतको
निर्णय बमोजिम आगामी फेब्रुवरी महिनामा सस्थाको प्रथम काव्य श्रृखला संञ्चालन हुने कुरा सहर्ष
जानकारी गराउन पाउदा अनेसास कुवेत गर्व गर्दछ । यसै सुचना लाई आधार मानेर कुवेतमा छरिएर
रहनु भएका साहित्यानुरागी मनहरुलाई निम्न,मिति,स्थान र समयमा उपस्थित भई दिनु हुनका लागी
हार्दिक अनुरोध गर्दछौ ।
मिति :- २०११ फेब्रुअरी ११
स्थान :- रोयल मुगलाई रेष्टुरेण्ट फाहहिल कुवेत
समय :- विहान ठिक १०- ०० वजे
नोट :- साहित्यकार हरुलाई खान-पिनाको विशेष व्यवस्था गरीएको छ । सर्जकहरुले आफ्ना गित,गजल,कविता,मुक्तक,चुट्किला,कथा,सस्मरण सफा अक्षरमा लेखि साथमा ल्याउन पर्ने छ ।
पुरस्कारको पनि व्यवस्था गरीएको छ ।
सम्पर्क फोनहरु :६५९६५२३०,५५२०६६४१,९९६४६१८३,९७२१४७७३,६७७२८०१३,६०६५३५९५,९९४९८६६१
अध्यक्ष
राजन रिमाल
सचिव
मनोज काफ्ले
Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)


2 comments:
kuwait jasto sat samundra pari ujad marubhumiko deshma pani kuwaitma karyarat sahittik srastako pahalma yasto karyakam huna lageko sunna pauda hami jo kohi nepalile garv garnu pardachha.aasha chha auda din haruma yasto karyakramko nirantarta hos bhanne chahanchhu.
kuwait jasto sat samundra pari ujad marubhumiko deshma pani kuwaitma karyarat nepali sahittik srashtako pahalma yasto karyakram huna lageko sunda hami jo kohi nepalile garv garnu pardachha.aasha chha auda dinharuma yasto karyakramko nirantarta hos bhanne chahanchhu.
dhanyabad
khop gurung
us eambassy kuwait
dhanyabad
Post a Comment