हामी यहाँ छौ

हाम्रो साथमा

Monday, February 14, 2011

PostHeaderIcon अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको बृहत साहित्यिक गोष्टी सम्पन्न

    जय आले, कुवेत



११ फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना र अभि-जमान स्मृति ट्रस्टको प्रायोजनमा बृहत रुपमा साहित्य गोष्टि सम्पन्न भएको छ । २०१० जनवरी १ मा अनेसास कुवेतको गठन भएपश्चात यसरी कुवेतवासी साहित्यिक अनुरागिहरुबीच साहित्यिक गोष्टी भएको यो पहिलो पल्ट हो ।



महमहिम राजदूत श्री मधुवन प्रसाद पौडेलले पानसमा दिप प्रज्वलन गरी साहित्यिक गोष्टीको उद्घाटन गरेपश्चात नेपाली राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो । समाजका उपाध्यक्ष आनन्द आचार्यले साहित्यिक माहौलमा सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनु भएपश्चात अध्यक्ष राजन रिमालले अनेसास कुवेतको परिचय र उद्देश्यको बारेमा बोल्दै “मानव नरहे भाषा साहित्य रहदैन भाषा साहित्य नरहे मानव जीबनको मुल्य र मान्यता बन्दैन” भन्ने वाणीलाई कदर गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो साथै वहाँले “ए कवी हो कविता लेख लेख्न त लेख तर सत्य मात्र लेख” भन्दै रोचक कविता पनि वाचन गर्नु भयो, भनें गायिका श्रीमती आशा क्षेत्रीमार्फत सम्पूर्ण अतिथिगणहरुलाई नेपाली ढाका टोपी पहिर्‍याई सम्मान गरिएको थियो ।



यसैगरी समाजका सल्लाहाकार सुजन के.सीले कुवेतमा रहनु भएका बरिष्ट साहित्यिक श्रष्टाहरुको चिनारी बारे प्रकाश पार्नु भएको थियो, भनें शुभकामना मन्तव्य दिनेहरुमा राजदूत मधुवन पौडेल, NRNA अध्यक्ष राजेन्द्र तामाङ्ग, साहित्यकार होम क्षेत्री, जेष्ठ नागरिक चन्द्र क्षेत्री र साहित्यकार बालक गुरुङ्ग हुनुहुन्थ्यो ।



अनेसास कुवेतका सचिव मनोज काफ्ले’मनसुन’ र उपाध्यक्ष आनन्द आचार्यले संयुक्त रुपमा सञ्चालन गर्नु भएको साहित्यिक गोष्टिमा अध्यक्ष श्री राजन रिमालको सभापतित्व, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत एवं वरिष्ट साहित्यकार श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य, अभि-जमान स्मृति ट्रस्टका सञ्चालक/अनेसास कुवेतका संरक्षक/स्पन्दन साहित्यिक मासिक बुलेटिनका सम्पादक एवं वरिष्ट साहित्यकार कवि होम बहादुर क्षेत्री तथा जेष्ठ नागरिक एवं अछाम राज्य भारतका पूर्व लोकसभा मन्त्री श्री चन्द्र बहादुर क्षेत्रीज्यूको विशिष्ट आतिथ्यता र NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग तथा अभि-जमान स्मृति ट्रस्टकी सचिव कवियत्री एवं गायीका श्रीमती आशा क्षेत्रीज्यूको बिशेष आतिथ्यता रहेको थियो ।



यसैगरी अन्य अतिथिहरुमा NRNA एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी, साहित्यकार कवि बालक गुरुङ्ग, नेपालकुवेत डटकम एवं मरुभूमीको कोशेलीका प्रबन्ध निर्देशक सुजन के.सी, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, नेपालकुवेत डटकम एवं मरुभूमीको कोशेलीका सम्पादकद्वय तोयानाथ दाहाल र आर.बि बुढाथोकी, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुवँर, फोटो पत्रकार एवं कुवेतनेपाल डटकमका सम्पादक बिक्रम थापा, तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्ग, नयाँ नेपाल क्लवका अध्यक्ष दिल पुन, लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष वि.वि मल्ल ठकुरी, नेपालकुवेत सांस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुँवर, नेपाल पत्रकार महासंध कोरियाका कोषाध्यक्ष बोधराज रेग्मी र विशिष्ट व्यक्तित्व एवं समाजसेवी एस.पि प्रधान हुनुहुन्थ्यो ।



यस्तै विशेष आमन्त्रित पाहुनाहरुमा समाजसेवी यादव श्रेष्ठ, खोप गुरुङ्ग, ईन्द्र प्रसाद पोखरेल, राजु खड्का, अर्जुन तामाङ्ग, लोक गायक राजेन्द्र विरही, कलाकार प्रिती लामा, गायक चन्दन लिम्बु, माधव शर्मा, अनिल रसाईली, रत्ना बराल, द्रोणजंग गुरुङ्ग लगायत अन्य प्रचुर साहित्यिक श्रष्टाहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।



अनेसास कुवेतको साहित्यिक गोष्टीमा बिम्न बमोजिम साहित्यिक श्रष्ठा/कवी/लेखक र कलाकारहरुद्वारा निम्न प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए ।



राजदूत/वरिष्ट साहित्यकार/कथाकार श्री मधुवन पौडेल: बातावरण दिवस -लघुकथा

वरिष्ट साहित्यकार कवी होम क्षत्री: बगदाद -कविता

गायीका श्रीमती आशा क्षेत्री: पर्खौं हामी -झ्याउरे गित

साहित्यकार कवी बालक गुरुङ्ग: कविता

NRNA अध्यक्ष राजेन्द्र तामाङ्ग: लगाई दिन्छु माया तिमीलाई -कविता



आर बि बुढाथोकी: बिचरी मेरी उनी -कविता, सुजन केसी: फेरी उनी -कविता, छविराम बिक: विदेशमा नेपाली हामी -कविता, बिन्दु अधिकारी: मेरो देश -कविता, माधव शर्मा: बट्यौलिमा निम्तो छ -गित, हरिकृष्ण न्यौपाने: जिन्दगीको अर्थ -कविता, तोयानाथ दाहाल: म मरेको भोलिपल्ट -कविता, लीला प्रसाद भट्ट: परोपकार -कविता, राज कुमारी याख्या: अल्मलियो तिमी भित्र -कविता, मनोज काफ्ले मनसुन -कविताहरु, गंगा राई: कविता, केदारनाथ खरेल: संघर्ष -गजल, दोर्ण गुरुङ्ग: हाँसेर बोलिदेउ माया -गित, चन्दन लिम्बु -गित, रत्ना बराल -गित, आनन्द आचार्य -कविता, आशिष कुवँर -गजल, लाल बहादुर तामाङ्ग: म छोरा प्रदेश -कविता, सुस्मा राई: आफ्नो भेष -कविता, शिव कुमार देवकोटा -गजल, धर्मराज गिरी: खेलाडी -कविता, राजेन्द्र बिरही: बालकाण्ड – भानु कविता, बि.बि मल्ल -व्याङ्गात्मक कविता, छत्र कार्की: चाहना -कविता, बोधराज रेग्मी: तिमीलाई सम्झदा -कविता, खोप गुरुङ्ग: म नेपाली -कविता, सुविना राई: नारीहरु -कविता, बिष्णु बिक -गजल, राजु राई: तिम्रो बाबु स्वर्गसरी -कविता, पुर्खा पुन: यो नेपाली ठिटो -गित, जितेन थिङ्ग: अनी म -कविता, जिबन पुन: उँधै गती उँधै मती -कविता, राजेन्द्र बिरही: चरी रुखैमा -गित, धर्मराज न्यौपाने: जिबन -गजल, टिकाराम आचार्य: आखिर किन -कविता, अनिल रसाइली: खुत्रुक्कै पार्‍यो जेठान -गित, किरण चाम्लिङ्ग: नेताको बोली -गजल । यसैगरी अनुपस्थित श्रष्टा भिम पाराङ्ग र सजना गुरुङ्ग(इजरायल) का रचनालाई सञ्चालक समितिले नै वाचन गरिदिएको थियो, भने यसै अवसरमा १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा विजयी हुने श्रष्टाहरुलाई साहित्यकार कवि होम क्षेत्री ज्युले पुरुस्कार वितरण गर्नु भयो ।



करिव २०० साहित्यिक अनुरागीहरुको उपस्थिती रहेको उक्त बृहत साहित्यिक गोष्ठिमा ४६ जना श्रष्टाहरुले आ-आफ्नो रचना सहित्यको मझेरीमा पस्केका थिए भनें सम्पूर्ण सहभागी श्रष्टाहरुको लेख, रचनालाई निष्पक्ष ढंगबाट एउटै बाकसमा मिसाएर भाग्यशाली चिट्ठाको माध्यमबाट बिजेता, उपबिजेता छानिएको थियो । भाग्यशाली बिजेताको पुरस्कार हात पार्न सफल हुनु हुनेहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरी -प्रथम, कवयत्री राज कुमारी याख्या -दित्तिय, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका उपाध्यक्ष लाल बहादुर तामाङ्ग -त्रितिय र जिवन पुनले शान्तावना पुरस्कार हात पार्न सफल हुनु भएको छ ।



पुर्वान्ह १० बजेदेखी शुरु भई अपरान्ह ३ बजे समापन भएको साहित्यिक गोष्टिमा उचित जलपान तथा ओपन बुफे खानाको व्यवस्था थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष राजन रिमालले सम्पुर्ण सहभागी एवं सहयोगी मित्रहरु र उपस्थित साहित्यिक अनुरागीहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापनको औपचारिक घोषणा गर्नु भएको थियो ।



अनेसास कुवेतको साहित्यिक गोष्टीका प्रमुख झलकहरु :









0 comments:

Post a Comment