हामी यहाँ छौ

हाम्रो साथमा

Wednesday, February 9, 2011

PostHeaderIcon कुबेतमा पहिलो पटक सबै भन्दा ठुलो र बृहत साहित्यिक जमघट हुँदै

-आर.बि.बुढाथोकी"गाउले"



कुबेतको नेपाली समाजमा अन्य गतीबिधी नियमित रुपमा भए पनि साहित्यिक गतिबिधी कम भएको गुनासोलाई गत बर्षदेखी स्थापना भएको अन्तरास्टिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले सबैको मुख बन्द्द गरी दिएको छ। अनेसासको स्थापना लगत्तै उसले कुबेतका साहित्य प्रेमीहरुको खोजी गरी नब आगन्तुक साहित्यकार देखी कुबेतमा डेढ दशकदेखी नेपाली साहित्यको बिकास र प्रबर्दनमा लागि परेका बरिष्ट साहित्यकारहरुलाई आपसमा जमघट गर्ने जुन महान कामको शुरुवात गरेको छ यो आँफैमा सराहनिय काम छ। कुबेतमा साहित्यिक गतीबिधी लगभग शुन्य रहेको अबस्थामा अनेसास कुबेतले मात्र गत बर्ष २ पटक साहित्यक कार्यक्रमको आयोजना गरिएको थियो र यस बर्षको शुरु मै एक बृहत र कुबेतको लागि अहिले सम्मको सबै भन्दा ठुलो साहित्यिक कार्यक्रमको आयोजना गर्ने महान अभिभारामा जुटेको छ। अनेसास कुबेतको आयोजना तथा अभी-जमान स्‍मृति ट्रस्टको प्रमुख प्रायोजनमा हुन लागेको यो महान साहित्यिक जमघटमा दर्जनौ साहित्यकारहरुको उपस्थिती र अन्य संघ सस्थाका प्रतीनिधीहरुको पनि उलेख्य उपस्थित रहने अनेसास कुबेतका अध्यक्ष राजन रिमालले जानकारी गराउनु भएको छ जसका लागि उहाँले सम्पूर्ण निम्तालुहरुलाई निमत्रणा पनि पठाइ सक्नु भएको छ । कुबेतको रोयल मुगलाई रेस्टुरेन्टको हलमा यही शुक्रबार बिहान १० बजेबाट हुन लागेको यो बृहत साहित्यकारहरुको जमघटमा बरिस्ट साहित्यकार होम क्षेत्री, मधुबन पौडेल, बालक गुरुङ देखी नब आगन्तुक साहित्यकारहरुको एक अतुलनिय जमघट रहने छ। बिभिन्न लोक भाका तथा रास्टिय गीतहरुको समेत समिश्रणमा सहित मौलिक रुपमा प्रस्तुत हुने सो कार्यक्रममा दर्जनौ गित, गजल, कविता, मुक्तक, चुट्किला, कथा, सस्मरण बाचन गरिने छ। बाचन गरिएका सम्पूर्ण साहित्यिक सामग्रीबाट गोलाप्रथा गरी ३ जनालाई बिशेष उपहार पनि प्रदान गरिने छ । सो कार्यक्रममा अनेसास केन्द्रिय समितिका सदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्री तथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टको सौजन्यता रहने भएको छ।


यस बृहत साहित्यिक कार्यक्रमलाई माया गरेर योजना बनाउनेदेखी लिएर सम्पूर्ण सामाग्री सहित प्रयोजन गरेर अभी-जमान स्‍मृति ट्रस्टका तर्फबाट बरिस्ट साहित्यकार होम छेत्रीले सम्पूर्ण कुबेतबासी नेपाली साहित्य प्रेमीहरुका लागि ठुलो गुन लगाउनु भएको छ उहाँको यस महान कार्यका लागि सम्पूर्ण साहित्य प्रेमीहरुले दत्तचित्त भएर आभार ब्यक्त गरेका छन। मुस्किलले बर्षमा एउटा साहित्यिक कार्यक्रम नहुने कुबेतको नेपाली समाजमा उहाँको अनेसासको संरक्षकत्वले एउटा आयाम थपेको छ र यो निरन्तर रहने सबैले आशा लिएका छन। बिगत लामो समयदेखी खडेरी लागेको कुबेतको नेपाली समाजको साहित्य जगत उहाँको आगमनले फेरी एक पटक जुरमुराएको छ । डेढ दर्जन कृतिहरु प्रकाशन गरी सक्नु भएका बरिस्ट साहित्यकार छेत्री देश तथा बिदेशमा गरी दर्जनौ साहित्यिक संघ सस्थाहरुसँग आबद्द हुनुहुन्छ । पेशाले इन्जीनियर भएर पनि उहाँले बचेँको सम्पूर्ण समय नेपाली साहित्यका लागि खर्चदै आउनु भएको छ। उहाँका नियमित प्रकाशनहरु संसारभरका साहित्यप्रेमी हरुले निशुल्क अध्ययन गर्न पाएका छन उहाँको महान उक्ती छ मेरो पुस्तकको मुल्य दैनिक आधा घण्टा भन्नु हुन्छ मतलब तपाईंले नेपाली साहित्यका लागि दैनिक एक घण्टा दिनुस उहाँले तपाईंलाई कुरियर चार्ज समेत फ्री मा संसारको कुनै पनि कुनामा आफ्नो कोसेली स्पन्दन पठाइ दिनु हुन्छ । यहीबाट थाहा हुन्छ कि उहाँले नेपाली साहित्यलाई कती सम्म माया गर्नु हुन्छ भनेर,उहाँको यो महान अभियानमा सबै साहित्य प्रेमीहरुले साथ नदिने हो भने उसले नेपाली साहित्यलाई माया नगरेको ठहरिने छ। वालुवा मन्थनेर अमृत निकाल्ने कविका रुपमा परीचित क्षेत्री नेपाली साहित्य र हिन्दी साहित्य जगतमा निकै चर्चित ब्यक्तित्व हुनुहुन्छ।









0 comments:

Post a Comment