हामी यहाँ छौ

हाम्रो साथमा

Monday, November 22, 2010

PostHeaderIcon महाकविको साहित्य संझनामा -- केदार नाथ खरेल

लक्ष्य लिनु सफलताको उच्च शिक्षा लिने                                                             


ज्ञानको ज्योति फैलाउन सहयोगी बन्ने

मित्र नै हो शिक्षा हाम्रो बाटो पहिल्याई दिने

त्यो वृक्ष हो साहित्य फाँट राम्रो फल दिने ।।

(१)

प्रसिद्धी पाएका छौ साहित्य फाँटमा तिमीले

त्यही पथमा लाग्नु पर्छ टेवा दिन हामीले सबैले

सामुन्द्रिक छाल झैं ज्ञानका ज्योति थल्कि रहेछ आज

तिमी साथ नभएपनि ढुक-ढुकीमा गरेका छौ राज ।।

(२)

दर्पण झैं सामने छन, आज दिएका उपहार तिमीले

अमृत झैं रसास्वादन गर्न पाई राख्या छौं हामीले,

देशका कुना काप्चामा जब फैलायौ ज्ञान तिमीले

बल्ल खुल्यो ढोका शिक्षाको पढ्न पायौं आज हामीले ।।



(३)

कोही पनि भूल्ने छैनौं हामीहरु तिम्रा ज्ञानका पारखी

टाढा किन हुन खोज्छौं र हामीहरु साहित्यका सारथि,

चलाउने छौं संघर्ष गर्न विस्तार सँधै साहित्य पथको

सबै मिली हाँकौ आजै देखि साहित्यीक यात्रा रथको ।।

१०१ औ देवकोटा जयन्तिमा अनेसास कुबेतमा वाचन गरेको कविता

1 comments:

TCS Penpal Magazine said...

प्रकाशन/छपाई


के तपाई पुस्तक, पत्रपत्रिका निकाल्ने तर्खर गर्दै हुनुहुन्छ ?

विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् ।
साथै, हामी यहाँहरुको लेख रचनाहरुको सम्पादन, प्रूफ रिडिंग समेत गरेर आकर्षक ले-आउटमा पत्रिका, पुस्तक आदि प्रकाशन गरिदिने छौं ।
Facebook: Trichandra Shrestha
Mobile No. 9851054765
http://tcspublication.webs.com/publication.htm

Post a Comment