हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Thursday, November 25, 2010
नारि - बालक गुरुङ
महिला हिंसा अन्त्यका लागि
नारि तिमी कुनै खेलौना होईनौ नबस दराज भित्र सजिएर
कौशीमा फुल्ने सयपत्रि मात्र होईनौ फुलि देउ गुलाव पनि भएर
नारि नबस विलाशिताको सजावट सरि सिमित कसैको अंङ¨ भएर
शब्दहिन् प्राणी होईनौ तिमी बस्नु पर्दैन बन्धित प्राणी भएर ॥
नारि तिमी पिजंडा भित्रको मैना होईनौ
नबस पंखेटाहरु कुंजाएर
नारि अब तिमी रुढिबाद समाजकी छोरी होईनौ
बस्नु पर्दैन डर त्रास र पावन्दि सहेर
तिमी कुनै ब्यक्तिको अंग होईनौ
बढ्न सक्छौ अघि हेपाहा मान्छेहरुको अहंकारलाई कुल्चेर ॥
हो ! तिमी खेलौना खेली देउ
गाँउ घर शहर देखी राष्ट्र निर्माणमा हो ! तिमी सृंगार सजि देउ
तराई बेंशी पहाड पर्वत पाखा पखेरा र कंदराहरुमा
ति शोषित निरिह मान्छेहरुमा भोका निमुखा साहाराहिनहरुमा ।
नारि बन्नुपर्छ तिमीले अब
घर अनि राष्ट्रको सच्चा गृहणी
स्वच्छ भावना निष्पक्ष ब्यबहार तिम्रै हो सव सृष्टि
त्यसैले अब
महिला हिंसा अन्त्यका लागी
तोडि देउ ति पिजडाका किल्लाहरु उडि देउ आफ्ना प्रतिविम्व फिन्जाई
शिक्षा र बिकासका पथहरु छरि देउ नौलो जागरणका स्वरहरु मच्चाई
तोडी देउ अब रुढिबादका संस्कारहरु मान्छेले मान्छेलाई गर्ने भेदभावहरु
तोडि देउ कुलत धारणाका बिकराल पर्खालहरु मान्छेले मान्छेलाई गर्ने दुराचारीहरु ॥
महिला हिंसा अन्त्यका लागी
नारि उठि देउ तिमी संघर्षका नारा लिएर
नारि जघन्य अपराधका कर्तुतलाई निर्मुल पारी देउ माहाकाली भएर
बढ अघि नौलौ जन उद्दारका नाराहरु लिएर
नारि उठ सवै ज्वलन्त समस्याको निराकरणी बनेर
गाउ देखि राष्ट्रसम्मको बढ नेतृत्वदायी बनेर
महिला हिंसा अन्त्यका लागी
जाग नेपालआमाकी पौरखी छोरी बनेर शक्ति र ममताको नव दुर्गा बनेर …
निरिह शोषित महिलाहरुको लागि समर्पण स्वरुप
बालक गुरुङ्ग
bhs_grg@yahoo.com

Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
0 comments:
Post a Comment