हामी यहाँ छौ

हाम्रो साथमा

Monday, December 13, 2010

PostHeaderIcon गोठालेको निधनमा अनेसास कुबेतद्रारा समवेदना व्यक्त

                          साहित्यकार गोविन्दबहादुर मल्ल 'गोठाले'को ८९ वर्षको उमेरमा निधन भएकोमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कुबेतले हार्दिक समबेदना प्रकट गरेको छ । अनेसास कुबेतका अध्यक्ष राजन रिमाल अभिलाषि द्रारा जारी गरिएको बिज्ञप्तीमा "नेपाली साहित्य आकशले एक मुर्धन्य ब्यक्तित्व गुमायकोमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कुबेतले हार्दिक समबेदना प्रकट गर्दछ । यस दुखद घडीमा वहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दछौ" उल्लेख छ ।





गोविन्द वहादुर मल्ल गोठाले
 रक्तअल्पताबाट पीडित गोठालेको मंसिर २७ गते सोमबार उपचारको क्रममा ज्ञानेश्वरस्थित हिमाल नर्सिङ होममा निधन भएको थियो । वि.स. १९७९ साल असार २६ गते ओमबहाल काठमाडौंमा जन्मिएका गोठालेले आईएससीसम्म अध्ययन गरेका छन् । उनका पल्लो घरको झ्याल, भुसको आगो, प्रेम र मृत्यु, च्यातिएको पर्दा, भोको घरलगायतका कृति प्रख्यात छन । गोठालेले गोरखा दक्षिण बाहु, त्रिभूवन प्रज्ञा पुरस्कार, वेदनिधि पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कारलगायतका पुरस्कार, मान सम्मान तथा पदक पाएका छन् ।

गोठालेका दुई छोरा चार छोरी मध्ये एक जना छोराको निधन भएको छ भने उनकी श्रीमतीको पनि गत वर्ष निधन भएको छ ।

0 comments:

Post a Comment