हामी यहाँ छौ
लिङकहरु
हाम्रो साथमा
प्रयोगकर्ताहरु
Sunday, December 26, 2010
अझै पिडा देऊ मलाई....! राजेन्द्र शर्मा "राजन" कुवैत
विछोडको पीडाले छाती चर्केको बेला नुनचुक बनेर आउनु
म चिच्चाई रहनेछु पिडामा तिमि डिस्को पार्टी धाउनु
अतितको यादले जलेको बेला तिमि आगो बनेर आउनु
जलेर म खरानी हुनेछु तिमि हावा बनेर उडाई लैजानु
तिर्खाएर ब्याकुल बनेको बेला प्रचण्ड गर्मी बनेर आउनु
जाडोले कठ्यान्ग्रिएको बेला चिसो सिरेठो बनेर आउनु
गुलाफको फूल सोची चुम्न खोजे भने काडा बनेर आउनु
सधै म अभाब मा बच्नेछु तिमि विलासितामा रमाउनु
आशुको सागरमा म पौडी रहेको बेला विष बनेर आउनु
मृतु शैयामा जलिरहादा म, तिमिले स्वागरात मनाउनु
तिम्रो जवानीको रस चुसिसकर फ्याकेछन भने तिमीलाई
म मृतु शैयामा जलिरहादा अन्तिमपटक भएपनि भेट्न आउनु
मेरो दिलको ढोका सधैको लागि खुल्ला हुनेछ तिमीलाई
मेरै नामको दुई चिम्टी सिन्दुरले खाली सिउदो सजाउनु !

Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)
0 comments:
Post a Comment