हामी यहाँ छौ

हाम्रो साथमा

Sunday, May 30, 2010

PostHeaderIcon घरको याद





















-होम नाथ गिरी





भविष्य उज्वल बनाउँछु भनी बसेको छु बिदेशमा
तर म फर्किन पाईन चाडपर्व आउँदैछन स्वदेशमा
छोरो आउने आशामा बाबा-आमा बसेका छन होला
तर छोरो आउन नपाउने खबरले मन कती रोला !!





दशैंलाई भनी पालेर राखेको खसी,
शायद अब काट्न मन पनि लाग्दैन होला
नबगाउनु है बाबा-आमा पिंढीमा बसेर आँसुका खोला
अर्को साल पक्कै आउनेछ भनी मन ठुलो बनाउनु होला
म घरमा नभएपनी चाडपर्व राम्ररी मनाउनु होला !!





साथीभाई तिहारमा भैलो खेली हिंड्दा
खोइ छोरो भनी नखोज्नु होला
यो तिहारमा आउन नपाए पनी
अर्को तिहारमा आउनेछ भनी सोंच्नु होला !!





भाईटिकामा दिदीलाई भाईको याद आउला
यो सालमा दु:खी मन नगर्नु दिदी
अर्को सालको तिहार सँग-सँगै मनाउँला,
सँग-सँगै मनाउँला !!!






अल-अमाना सेक्युरिटी ग्रुप
महबुल्ला - कुवेत
२६ अगष्त २००९

0 comments:

Post a Comment