हामी यहाँ छौ

हाम्रो साथमा

Friday, November 26, 2010

PostHeaderIcon मेरो कलम राजन रिमाल

एका विहानै कड्केर मेरो कलमले भन्यो

Add caption
 मेरो मुख खोल्देउ

उसको मुख खोल्दै मैले प्रश्न गरे

किन ?

कलमले भन्यो

म स्वतन्त्र भएर बाँच्न चाहान्छु ।

कस्तो स्वतन्त्रता ?

मैले फेरी सोधे

तर


कलमले भन्यो अधिकार र दायित्व सहितको स्वतन्त्रता

जहाँ म मेरा पाईतालाले दुनियाँ डुल्न सकुँ

अन्याय र अत्याचारको विरुद्धमा

बिद्रोहको ज्वारभाटा सल्काउन सकुँ

गरिविले खिएको सारङगिको तार

झिन झीनाउन सकुँ

पातलीको सिँउदो पुछिदा

बारुद भएर पड्कन सकुँ

तर

म बारुद हैन

कोक्याएका पेटहरुमा

अत्याचारका मूलहरुमा

विभेदका मैदानहरुमा

अंहकारि मनहरुमा

कालापानि र जंगे पोलहरुमा

जनजिविका र शहिद आत्मको अपमानमा

म खरो भई उत्रनेछु

शान्तिको दियो बाल्न र सेता परेवा उडाउन

अनि

दुखेका मनहरुमा मलाम लगाउन

नाका नाकामा बेचिने बाटुली र पुतलीको

अस्मिता जोगाउन

म बारुद फुकेर आगो बाल्छु

तर म सलाई हैन

भन्दै मेरो कलम बर्बरायो

यसैमा अनुमति लिई मैले सोधे

संसद र संविधानको बारेमा तिमि के जान्दछौ ?

उसले तुरुन्त जवाफ दियो

त्यहाँ त 601 ले मलाई बन्धकनै बनाएका छन

त्यसैले त संविधान कोरिएन

कुरा सुनेर म वाल्ल परे

1 comments:

Anonymous said...

Wow

Post a Comment