हामी यहाँ छौ

हाम्रो साथमा

Sunday, August 1, 2010

PostHeaderIcon कसैको जीवन यहाँ - माधव पोख्रेल

कसैको जीवन यहाँ


जीवन मेरो अनी तिम्रो यहाँ सबैको
तर छैन कथा जीवनको एउटै कसैको



यहाँ रुनेको आसु सँग
हाँस्नेको हाँसो मिसिदैन
यहाँ गरीबको झोलीमा
धनीको जुठो पनि पोखिदैन



जीवन चल्दै जान्छ रथको पाङग्रा सरी
भरिदै जान्छ माटो शरीरको नङ्ग्रा भरी



देखिदैन दुर क्षीतिजमा पनि
सुख प्राप्तीको कुनै किरण यहाँ
लेखिन्छ यहाँ तर गरिदैन
भत्काइन्छ तर बनाईदैन केही जहाँ



म पनि भोग्दैछु अनी तिमी पनि भोग्दै जाऊ
यो उत्पिडना यस्तै हो कहिल्यै नथाक्ने घाऊ



हिजो घात उही माथि भयो
आज पनि फेरी त्यही लुटियो
त्यही लडाँईले गुम्यो सारा
आज त्यही संसार बाट छुटियो



जहाँ भिड हुन्थियो त्यही बोली मिसाउँ थियो
सुनिदैन थियो उस्को कुरा फेरी चिच्याउ थियो



आज पनि कोही फेरी त्यही
भिडमा चिच्चाउँदैछ,कराउदैछ
शायद आस अझै छ उसलाई

त्यसैले सपनिमा पनि बर्बराउदैछ ।।।


- माधव पोख्रेल

0 comments:

Post a Comment