हामी यहाँ छौ

हाम्रो साथमा

Friday, August 20, 2010

PostHeaderIcon जानू पर्यो झारा - कविता

जानू पर्यो झारा

देश निर्माणमा उनका पौरखी हातहरु

कान्ला, गरा र आली लगाऊने सोंचहरु ।

कति महान छन तिम्रा सन्ततिका खोजहरु

खोज्दै छन देश भित्रै आफ्ना किल्लाहरु ।



जंगे पोल ऊखलेर महान कार्य गर्ने धृतहरु

हिम्मत भए काला पानीको लडाई लडौं बरु ।

छैन पाना पाना हेर पराधिनताको ईतिहास

लेण्डुप दोर्जे हैनौं हामी आफ्नै गर्ने विनास ।



देशले मागे दिन्छौ वलि गर्धन काटी हाम्रो

अनेकताको संस्कृतिमा एकता छ हाम्रो ।

पराधिनता चाहादैनौ पुर्खा हाम्रा कस्ता

किन घच्चा दिन खोज्छन मौनतामा बस्दा ।



रहन सहन भेष भुषा आफ्नै मौलिक भाषा

नाँच्छन डाँफे, मूनाल, मयूर कोईली चरी पाखा ।

विर्सदैन कोही पनि अजीव त्यो प्राकृतिक छटा

धैर्य रहला कसको मन देशनै पराई लाई सुँम्पदा ।



देशले फेरि माग्ने छ तिम्रो नै सहरा

मेची काली सीमाना मै लगाउनू छ वार

स्याउला , चोया , घोचा , साटा भए सम्म तार

मेची काली जोडने सोँचमा जानू पर्यो झारा ।।

जदौ

राजन रिमाल ( २०५९ पौष ७ )

0 comments:

Post a Comment